मुख्य समाचार
रियल मड्रिडले स्पानिस ला लिगामा रियल भाल्लाडोलिडलाई ३-० ले पराजित
रियल मड्रिडले स्पानिस ला लिगामा रियल भाल्लाडोलिडलाई ३-० ले पराजित

। केलिएन एमबाप्पेको ह्याट्रिक मदतमा रियल मड्रिडले स्पानिस ला लिगामा रियल भाल्लाडोलिडलाई ३-० ले पराजित गरेको छ । यो जितपछि रियलले शीर्ष स्थानमा ४ अंकको अग्रता समेत बनाएको छ ।

फ्रेन्च स्टार एमबाप्पेले रियलको जर्सीमा पहिलो ह्याट्रिक गरेका हुन् ।




भाल्लाडोलिडको मैदानमा भएको खेलमा रियलका एमबाप्पेले ३०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ५७औं मिनेटमा दोस्रो गोल गरेका एमबाप्पेले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

ह्याट्रिकपछि ला लिगामा एमबाप्पेले गोल संख्या १५ पुर्‍याएका छन् र उनी बार्सिलोनाका रोवर्ट लेवान्डोस्की (१६) भन्दा एक गोलले मात्र पछाडि छन् । यस्तै सबै खाले प्रतियोगितामा एमबाप्पेले यस सिजन २२ गोल गरेका छन् ।



जितपछि रियलले २१ खेलबाट ४९ अंक जोडेको छ । समान खेलबाट ४५ अंकसहित एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ । एक खेल कम खेलेका बार्सिलोना र एथ्लेटिक क्लब विल्वाओको समान ३९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...