मुख्य समाचार
लिभरपुल र बर्नमाउथले फराकिलो जित निकाल्दा आर्सनलको कठिन जित
लिभरपुल र बर्नमाउथले फराकिलो जित निकाल्दा आर्सनलको कठिन जित

। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल र बर्नमाउथले फराकिलो जित निकालेका छन् । लिभरपुलले इप्सविच टाउन तथा बर्नमाउथले शीर्ष चारको नोटिङहाम फरेस्टलाई फराकिलो अन्तरले हराएका हुन् ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले इप्सविचलाई ४-१ को अन्तरले हरायो । लिभरपुलको जितमा कोडी गाक्पोले २ गोल गरे भने मोहमद सालाह र डोमिनिक सोबोस्लाईले १-१ गोल गरे । इप्सविचका लागि खेलको अन्तिममा जाकोब ग्रिभ्सले सान्त्वना गोल फर्काए ।




जितपछि अन्यभन्दा एक खेल कम खेलेको लिभरपुलले २२ खेलबाट ५३ अंक जोडेर ६ अंकको अग्रता कायम राखेको छ । पराजित इप्सविच १६ अंकसहित १८औं स्थानमा छ ।

अर्को खेलमा बर्नमाउथले शीर्ष चारको नोटिङहामलाई ५-० गोलअन्तरले हराएको हो । बर्नमाउथको जितमा डांगो आउताराले ह्‍याट्रिक गर्दा जस्टिन कुलिभर्ट र एन्टोन सेमेन्योले १-१ गोल गरे । जितपछि बर्नमाउथ २३ खेलबाट ४० अंक सहित बर्नमाउथ सातौं स्थानमा छ भने नोटिङहाम ४४ अंकसहित तेस्रो स्थानमा छ ।



शीर्ष चारको अर्को टोली आर्सनलले पनि कठिन जितसहित दोस्रो स्थानमा यथावत् रहेको छ । १० खेलाडीमा सीमित आर्सनलले सोही अवस्थाको वुल्भ्सलाई १-० ले हराएर महत्वपूर्ण ३ अंक जोडेको हो ।

आर्सनलका लागि रिचर्ड कालाफिओरीले ७४औं मिनेटमा एक मात्र गोल गरे । खेलमा दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाएपछि दश खेलाडीमा रहेर खेल अन्त्य गरेका थिए ।

आर्सनलका लेविस स्केलीले पहिलो हाफ र व्ल्भसका जोए गोमेजले दोस्रो हाफमा रातो कार्ड पाएका थिए । जितपछि आर्सनलले २३ खेलबाट ४७ अंक जोड्दै दोस्रो स्थानमा कायमै रहँदा वुल्भ्स १६ अंकसहित १७औं स्थानमा छ ।

अर्को खेलमा साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको न्युकासल युनाइटेड पनि ४१ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ । सिटी समान अंक भएपनि गोल अन्तरमा न्युकासल पछि छ । त्यस्तै एभर्टनले ब्राइटनलाई १-० गोलअन्तरले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...