मुख्य समाचार
सिनेटबाट अनुमोदन भएसँगै हेगसेथले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको नेतृत्व सम्हाल्ने
सिनेटबाट अनुमोदन भएसँगै हेगसेथले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको नेतृत्व सम्हाल्ने

— अमेरिकी माथिल्लो सदन सिनेटले फक्स न्युजका पूर्व प्रस्तोता पीट हेगसेथलाई रक्षामन्त्रीमा अनुमोदन गरेको छ । सिनेटबाट अनुमोदन भएसँगै हेगसेथले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको नेतृत्व सम्हाल्नेछन् ।


एक सय सदस्यीय सिनेटमा भएको मतदानमा उनको पक्ष र विपक्षमा बराबर मत दिएपछि उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिएका हुन् । दक्षिणपन्थी टिप्पणीकार हेगसेथ यौन दुर्व्यवहार र मद्यपानको मुद्दामा विवादित व्यक्ति हुन् । पूर्वसैनिक अधिकारीसमेत हेगसेथले युद्धमा महिलाहरूलाई भूमिका दिन नहुने बताउँछन् ।

रिपब्लिकन पार्टीका तीनजना सिनेटरहरूले उनको नियुक्तिको विरोध गरेका छन् । केन्टकीका मिच म्याकोनेल, मेनका सुसान कोलिन्स र अलास्काका लिसा मुर्कोस्कीले हेगसेथको मनोनयनको विरोध गरेका हुन् । कोलिन्स र मुर्कोव्स्कीले यसअघि नै उनको विगत र अनुभवहीनताका आधारमा उनी रक्षामन्त्रीका लागि अयोग्य भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...