मुख्य समाचार
रेल दुर्घटनामा परेकाहरूको शव आफन्तको जिम्मा लगाइयो
रेल दुर्घटनामा परेकाहरूको शव आफन्तको जिम्मा लगाइयो

— भारतमा रेल दुर्घटनामा परी ज्यान गुमाएका सबैको शव आफन्तजनको जिम्मा लगाइएको छ । भारतीय रेल्वेले मृतकहरूको शवलाई उनका आफन्तजनले चाहेको स्थानसम्म पुर्‍याएको छ ।


दिल्लीस्थित नेपाली दूतावासले त्यसका लागि समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दूतावासका कन्सुलर नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माका अनुसार मृतक ७ जना नेपाली नागरिकमध्ये ४ जनाको दाहसंस्कार उनका परिवारजनले भारतमै गरेका छन् । ३ जनालाई नेपाल पठाइएको उनले बताए ।


दुर्घट्नामा ज्यान गुमाएकी कैलालीका कमला नवीन भण्डारीका छोरा टपेन्द्रले घट्नास्थलबाट एम्बुलेन्समा आमाको शव घर ल्याउन लागेको बताए । एम्बुलेन्सको व्यवस्था भारतीय रेल्वेले गरेको छ । आफन्तजनले चाहेका स्थानसम्म मृतकको शवलाई पठाइएको एसएसपी शर्माले जानकारी दिए ।

शव जिम्मा लगाएसँगै काजकिरियाका लागि रेल्वेले प्रत मृतक ५० हजार रुपैयाँ भारु नगदै आपन्तलाई दिएको छ । केन्द्र र प्रदेश सरकारले गरी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । एसएसपी शर्माले राहतको बाँकी रकम पनि मृतकका परिवारले पाउने बताए । यस विषयमा भारतीय पक्षसँग लागातार संवाद भइरहेको उनले जनाएका छन् ।
लखनऊबाट मुम्बई गइरहेको पुष्पक एक्सप्रेसमा बुधबार साँझ आगलागीको हल्ला फैलिएपछि त्यसमा रहेका यात्रुले चेन तानेर रेललाई रोकाएका थिए । डराएका यात्रुहरू रेल रोकिनासाथ धमाधम त्यहाँबाट हाम्फालेका थिए । त्यहीबेला अर्को लिकमा आइरहेको कर्नाटक एक्सप्रेसको चपेटमा हामफालेका कतिपय यात्रु परेका थिए । कर्नाटक एक्सप्रेसले किचिएर १२ जना यात्रुको निधन भएको थियो । त्यसमध्ये ७ नेपाली हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी, लछिराम पासी अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा र ४२ वर्षीया मौसारा कामी विश्वकर्माको निधन भएको हो । त्यस्तै, अछामकै ६० वर्षीया जोक्ला उर्फ कला कामी र बाँकेका ३२ वर्षीय रोश्याम राधको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...