मुख्य समाचार
नेपालले जितसहित आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको यात्रा टुंग्याए
नेपालले जितसहित आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको यात्रा टुंग्याए

— कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले जितसहित शुक्रबार आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको यात्रा टुंग्याएको छ । नेपालले आयोजक मलेसियालाई ७ विकेटले पराजित गरेको थियो ।



पूजाले ४ विकेट लिनुका साथै अविजित २३ रन बनाएपछि नेपालले सहज जित हात पारेको हो । पहिलोपल्ट यू–१९ विश्वकप खेलिरहेको नेपाल समूह चरणको खेलमा क्रमशः बंगलादेशसँग ५ विकेट, स्कटल्यान्डसँग १ विकेट र अस्ट्रेलियासँग ८३ रनले पराजित भएपछि दोस्रो चरण पुग्न असफल रह्यो ।

जोहोर क्रिकेट एकेडेमी ओभलमा शुक्रबार भएको प्लेअफमा पूजाले उत्कृष्ट बलिङ गरिन् । उनले ३.५ ओभरमा ९ रनमात्र खर्चेर ४ विकेट लिएपछि टस हारेर ब्याटिङ गर्न निम्त्याइएको मलेसिया १६.५ ओभरमा ४५ रनमै अलआउट भयो । मलेसियामा भइरहेको यू–१९ महिला ट्वान्टी–२० विश्वकपमा उनले आफ्नो विकेट संख्या ९ पुर्‍याएकी छन् । उनी हाल प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी सूचीमा शीर्षमा छिन् ।

पूजालाई साथ दिनेक्रममा रचना चौधरीले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ३ विकेट लिइन् । रिया शर्माले ४ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर र सिमाना केसीले ३ ओभरमा ९ रन खर्चेर १–१ विकेट लिए ।

ओपनरद्वय सना प्रविन १ र सावित्री धामी ३ रनमै आउट भए पनि पूजाले २३ रन बनाएपछि नेपालले ११ ओभरमै ४७ रन पूरा गरेको थियो । प्लेयर अफ द म्याच पूजाले ३२ बल खेल्दै ४ चौका प्रहार गरिन् । ज्योत्सनिका मरासिनी ७ रनमा आउट भइन् । सिमाना ४ रनमा अविजित रहिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...