मुख्य समाचार
रेल दुर्घटनामा एकै परिवारका ३ सहित ७ नेपालीको मृत्यु
रेल दुर्घटनामा एकै परिवारका ३ सहित ७ नेपालीको मृत्यु

: भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा सात नेपालीको मृत्यु भएको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै यो दुर्घटनामा सात नेपालीले ज्यान गुमाएको जानकारी दिएको छ। कैलालीका २, अछामका ४ र बाँकेका १ जनाको मृत्यु भएको परराष्ट्रले जनाएको छ।


मृत्यु हुनेमा कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी छन्। त्यस्तै अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मौसारा कामी विश्वकर्मा, ६० वर्षीया जोक्ला उर्फ कला कामी र बाँकेका ३२ वर्षीय राधेश्याम राधको रेल दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनामा ४ जना नेपाली घाइते भएका छन्। तीमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका १ जनालाई जलगाउँको गोदावरी अस्पतालमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार १३ जनाको मृत्यु भएको हो। उक्त रेल दुर्घटना बुधबार साँझ भएको हो।




रेलमा आगो लागेको हल्ला फैलिएपछि यात्रुहरू आत्तिएर रेलको डिब्बाबाट धमाधम अर्को लिकमा हाम फाल्न थालेका थिए। यसैबीच सोही लिक भएर बेंगलुरुबाट नयाँदिल्लीका लागि १२६२७ नम्बरको कर्नाटक एक्सप्रेस रेल हुइँकिएर आउँदै थियो। त्यही बीचमा हामफाल्दा यात्रुहरू किचिएर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउनका लागि र घाइतेहरूको शीघ्र उपचारका लागि नेपाल सरकारले काठमाडौंंस्थित भारतीय दूतावासमार्फत भारतलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...