मुख्य समाचार
ट्रम्पले नयाँ कार्यदेश जारी गरेको पहिलो दिन नै करिब ५ सय आप्रवासीहरू पक्राउ
ट्रम्पले नयाँ कार्यदेश जारी गरेको पहिलो दिन नै करिब ५ सय आप्रवासीहरू पक्राउ

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्यदेश जारी गरेको पहिलो दिन नै करिब ५ सय आप्रवासीहरू पक्राउ परेका छन्। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका करिब ५ सय आप्रवासीहरूलाई प्रकाउ गरिएको बीबीसीले जनाएको छ।


ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार ट्रम्प प्रशासनले पहिलो ३३ घण्टामा उनीहरूलाई पक्राउ गरेको हो। ट्रम्प प्रशासनले उनीहरूलाई कागजात नभएका अपराधीहरूको संज्ञा दिएको छ।

आप्रवासनसम्बन्धी नयाँ कार्यदेश जारी गरेलगत्तै ट्रम्प प्रशासनले सीमा गस्ती, अध्यागमन र भन्सार प्रवर्तनलगायत सम्बन्धित निकायलाई आफ्नो नीति कार्यान्वयनका लागि कडा निर्देशन दिएको छ। लेभिटले गैरकानुनी तरिकाले बसिरहेका अपराधिहरूलाई छिट्टै देश निकाला गरिने बताए। पक्राउ परेकाहरूलाई प्रक्रिया पुर्‍याएर तुरुन्तै डीपोर्ट गरिने र गैरकानुनी तरिकाले बसिरहेकाहरूको खोजी तीव्र पारिने उनले बताए।




ट्रम्पले आप्रवासन नीतिलाई एजेन्डा नै बनाएर चुनावमा होमिएका थिए। गत सोमबार सपथग्रहण गर्नेवित्तिकै उनले आप्रवासनसम्बन्धी विभिन्न कार्यदेशहरू जारी गरेका थिए। जसमा उनले अमेरिकाको दक्षिणी सीमा अर्थात् मेक्सिकोसँग जोडिएको सीमामा आपतकालीन घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका थिए। ट्रम्पले अमेरिकी सीमाहरू बन्द गर्ने र मानव बेचबिखनसहितका आपराधिक गतिविधिलाई रोक्ने घोषणा गरेका थिए।

आप्रवासीले जन्म दिएका बच्चाले स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्था खारेज गरेका थिए। अमेरिकामा रहेका शरणार्थीहरूको पुनर्वास नीतिमा पनि फेरबदल गरिएको थियो। त्यस्तै बाइडेन प्रशासनले सुरु गरेको योजनालाई पनि ट्रम्पले रोक लगाएका थिए। बाइडेनले क्युबा, हाइटी, निकारगुआ र भेनेजुयलाबाट करिब २० हजार आप्रवासीलाई अमेरिकामा शरण दिने घोषणा गरेका थिए। ट्रम्पले उक्त योजना उल्टाएका हुन्।

ट्रम्पले जारी गरेका नीतिहरूलाई द्रूत गतिमा कार्यान्वयन गरिरहेका छन्। अमेरिकामा जन्म दिने बच्चाले 'जन्मसिद्ध अधिकार' पाउने व्यवस्थालाई पनि ट्रम्पले खारेज गरेका थिए। यो नीति १ फेब्रुअरीदेखि लागु हुने बीबीसले जनाएको छ। अमेरिकामा गैरकानुनी बसिरहेका आप्रवासीले जन्माउने बच्चाहरूले १९ फेब्रअरीपछि जन्मसिद्ध अधिकार पाउनेछैन।

त्यस्तै डीईआइ अर्थात् विविधता, समानता र समावेशीकरणसम्बन्धी कार्यक्रम लुकाउने प्रयासबारे उजुरी गर्न आह्वान गरिएको छ। १० दिन भित्र यस खालको जानकारी नदिइए प्रतिकूल परिणाम आउने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...