मुख्य समाचार
अमेरिकामा अवैध रूपमा रहेका आफ्ना नागरिक फिर्ता ल्याउन भारत तयार
अमेरिकामा अवैध रूपमा रहेका आफ्ना नागरिक फिर्ता ल्याउन भारत तयार

— भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकामा 'अवैध रूपमा' बसोबास गरिरहेका भारतीय नागरिकको 'न्यायसंगत फिर्ती' का लागि तयार रहेको बताएका छन् । बुधबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई भेटेका जयशंकरले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकामा अवैधरूपमा बसिरहेका आफ्ना नागरिक फिर्ता लिन भारत तयार रहेको बताएका हुन् ।



'यदि हाम्रा नागरिक यहाँ कानुनी रूपमा बसिरहेका छैनन् र उनीहरूक हाम्रो देशका नागरिक हुन् भने हामी उनीहरुको न्यायोचित भारत फिर्तीका लागि सधैं तयार छौं,' उनले भनेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा अवैध रुपमा बसिरहेकालाई देश डिपोर्ट गर्न कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए ।

पिउ रिसर्च सेन्टरको तथ्यांकअनुसार अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेकाहरूमा भारतीयको संख्या तेस्रो स्थानमा छ । भारत पठाउने अवैध आप्रवासीहरूको प्रमाणीकरण प्रक्रिया जारी रहेको बताइएको छ ।

पछिल्ला तथ्यांकहरू अनुसार भारतले अमेरिकामा रहेका करिब १८ हजार अवैध वा कागजात नभएका भारतीयलाई निर्वासनका लागि ट्रम्प प्रशासनसँग काम गरिरहेको जनाएको छ । भारतीय विदेशमन्त्री जयशंकरले उक्त संख्याबारे यकिन हुन बाँकी रहेको जनाएका छन् ।

पिउ रिसर्च सेन्टरका अनुसार अमेरिकामा अनुमानित ७ लाख २५ हजार कागजबिहीन भारतीय आप्रवासीहरू छन् । यो मेक्सिको र एल साल्भाडोरपछिको ठूलो संख्या हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...