मुख्य समाचार
अमेरिकामा अवैध रूपमा रहेका आफ्ना नागरिक फिर्ता ल्याउन भारत तयार
अमेरिकामा अवैध रूपमा रहेका आफ्ना नागरिक फिर्ता ल्याउन भारत तयार

— भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकामा 'अवैध रूपमा' बसोबास गरिरहेका भारतीय नागरिकको 'न्यायसंगत फिर्ती' का लागि तयार रहेको बताएका छन् । बुधबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई भेटेका जयशंकरले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकामा अवैधरूपमा बसिरहेका आफ्ना नागरिक फिर्ता लिन भारत तयार रहेको बताएका हुन् ।



'यदि हाम्रा नागरिक यहाँ कानुनी रूपमा बसिरहेका छैनन् र उनीहरूक हाम्रो देशका नागरिक हुन् भने हामी उनीहरुको न्यायोचित भारत फिर्तीका लागि सधैं तयार छौं,' उनले भनेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा अवैध रुपमा बसिरहेकालाई देश डिपोर्ट गर्न कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए ।

पिउ रिसर्च सेन्टरको तथ्यांकअनुसार अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेकाहरूमा भारतीयको संख्या तेस्रो स्थानमा छ । भारत पठाउने अवैध आप्रवासीहरूको प्रमाणीकरण प्रक्रिया जारी रहेको बताइएको छ ।

पछिल्ला तथ्यांकहरू अनुसार भारतले अमेरिकामा रहेका करिब १८ हजार अवैध वा कागजात नभएका भारतीयलाई निर्वासनका लागि ट्रम्प प्रशासनसँग काम गरिरहेको जनाएको छ । भारतीय विदेशमन्त्री जयशंकरले उक्त संख्याबारे यकिन हुन बाँकी रहेको जनाएका छन् ।

पिउ रिसर्च सेन्टरका अनुसार अमेरिकामा अनुमानित ७ लाख २५ हजार कागजबिहीन भारतीय आप्रवासीहरू छन् । यो मेक्सिको र एल साल्भाडोरपछिको ठूलो संख्या हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...