मुख्य समाचार
रुसले युक्रेन युद्धका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार
रुसले युक्रेन युद्धका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार

— रुसले युक्रेन युद्धका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको जनाएको छ । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले युक्रेन युद्धबारे ट्रम्पसँग 'समान, पारस्परिक र सम्मानजनक वार्ता' का लागि तयार रहेको जनाएको हो ।


यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध हास्यास्पद भएको जनाउँदै युद्ध नरोकिएमा मस्कोविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।


'हामीले आउन बाँकी थप संकेतहरूको प्रतीक्षा गरिरहेका छौं,' रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन् । ट्रम्पले प्रतिबन्ध लगाउने धम्कीमा कुनै नयाँ कुरा नदेखेको उनको भनाइ छ ।

बुधबार संयुक्त राष्ट्रसंघका लागि रुसी नियोग उपप्रमुख दिमित्री पोल्यान्स्कीले क्रेमलिनले कुनै पनि थप कदम चाल्नु अघि युद्ध अन्त्य गर्न सम्झौतामा ट्रम्पले के चाहन्छन भनेर जान्न आवश्यक रहेको बताएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार युक्रेनसँगको युद्ध अन्त्य नगरे रुसलाई थप कर र प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । युक्रेनी विदेशमन्त्रीले ट्रम्पले दिएको चेतावनीको स्वागत गरेका छन् ।

स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चमा बोल्दै युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले भने, 'हामी राष्ट्रपति ट्रम्पबाट आएका त्यस्ता कडा सन्देशहरूलाई साँच्चै स्वागत गर्दछौं ।'

यो मुद्दामा ट्रम्प विजयी हुनेमा युक्रेन विश्वस्त रहेको उनको भनाइ छ । 'यसले युद्ध अन्त्य गर्न र दीर्घकालीन, न्यायपूर्ण र व्यापक शान्ति प्राप्त गर्न कूटनीतिक प्रयासहरूमा नयाँ गतिशीलता ल्याउनेछ,' उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...