मुख्य समाचार
अमेरिकामा जन्मसिद्ध नागरिकता हटाउने ट्रम्पको आदेश अदालतद्वारा रोक
अमेरिकामा जन्मसिद्ध नागरिकता हटाउने ट्रम्पको आदेश अदालतद्वारा रोक

: गैर-अमेरिकी आमाबाबुका सन्तानलाई जन्मकै आधारमा अमेरिकी नागरिकता दिने प्रावधान अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमाथि अदालतले १४ दिनका लागि रोक लगाएको छ। संघीय अदालतका न्यायाधीश जोन कोफेनरले वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगन राज्यबाट दायर गरिएको निवेदनमा यो फैसला सुनाएका हुन्।


सीएनएनका अनुसार बहसको क्रममा न्यायाधीश जोन कफेनरले न्याय विभागका वकिललाई रोक्दै सोधे, 'यो आदेशलाई कसरी संवैधानिक मान्न सकिन्छ? यो त दिमाग नै हल्लाउने खालको छ। यो स्पष्ट रूपमा असंवैधानिक आदेश हो।'


न्यायाधीश कफेनरले ४० वर्षभन्दा बढी समयदेखि बेन्चमा बसे पनि आजसम्म यति असंवैधानिक मुद्दा नदेखेको बताए। मुद्दाको अर्को सुनुवाइ फेब्रुअरी ५ मा हुनेछ।
ट्रम्पले शपथ ग्रहणको दिन जनवरी २० मा एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाएका थिए। यो फैसलाले अमेरिकामा प्रत्येक वर्ष जन्मिने १.५ लाख नवजात शिशुहरूको नागरिकता खतरामा परेको आलोचकहरुले जनाएका छन्। उक्त आदेश कार्यान्वयन गर्न ३० दिनको अवधि, अर्थात् फेब्रुअरी १९ सम्म समय दिइएको छ।

ट्रम्पसँग संवैधानिक अधिकार नभएको दावी

ट्रम्पको उक्त निर्णयपछि मंगलबार २२ राज्यका महान्यायाधिवक्ताहरूले दुई संघीय जिल्ला अदालतमा उक्त आदेश उल्टाउन माग गर्दै मुद्दा दायर गरेका थिए। संयुक्त राज्य अमेरिका जन्मसिद्ध नागरिकता वा जस्ट सोली (माटोको अधिकार) को सिद्धान्त लागू हुने ३० देशहरू मध्ये एक हो।

उनीहरुले राष्ट्रपति र कांग्रेस (संसद) सँग १४ औं संशोधन अन्तर्गत जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाउने संवैधानिक अधिकार नभएको मुद्दा दायर गरेका छन्। न्यु जर्सीका महान्यायाधिवक्ता म्याथ्यू प्लेट्किनले राष्ट्रपति शक्तिशाली व्यक्ति भए पनि राजा नभएको बताए। उनले संविधान पुनर्लेखन गर्न नसक्ने बताए।

अमेरिकामा जन्मसिद्ध नागरिकता बढ्दै

१८६५ मा अमेरिकी गृहयुद्ध समाप्त भएपछि जुलाई १८६८ मा अमेरिकी कांग्रेसले १४ औं संशोधनलाई अनुमोदन गरेको थियो। त्यसमा देशमा जन्मेका सबै अमेरिकीहरू नागरिक हुन् भनिएको थियो। यस संशोधनको उद्देश्य दासत्वको शिकार भएका अश्वेत मानिसहरूलाई अमेरिकी नागरिकता प्रदान गर्नु थियो।

संशोधनमा संयुक्त राज्य अमेरिकामा जन्मेका सबै बालबालिकाहरूलाई समावेश गर्ने गरी व्याख्या गरिएको छ। उनीहरूका आमाबाबुको आप्रवासन स्थिति जेसुकै भए पनि अमेरिकामा जन्मेकै आधारमा सबैले नागरिकता पाउने गरेका छन्।

यस कानूनको फाइदा उठाउँदै धेरै देशका मानिसले अमेरिका गएर बच्चा जन्माउने प्रचलन बढेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...