मुख्य समाचार
सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

— सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले बुधबार सिरहा नगरपालिका-१७ भन्सार गेट छेउबाट उनीहरूलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा गोलबजार नगरपालिका-७ का २५ वर्षीय हृदय सिंह र गोलबजार नगरपालिका-८ का २२ वर्षीय धर्मेन्द्र यादव छन् । प्रहरीका अनुसार, मोटरसाइकलमा आइरहेका उनीहरूमध्ये चालक सिंहको साथबाट ब्राउन सुगर बरामद भएको हो ।


सिंहको साथबाट बरामद गरिएको ब्राउन सुगर ५ ग्राम २०० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो, जनकपुर र इलाका प्रहरी कार्यालय, माडरको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सिरहा जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् । सभामुख घिमिरेले अरब संसद्‍का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् । ‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी ...
। गृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गर्दै दलित अधिकारकर्मीले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा केन्द्रीय कार्यालय, सानेपा पुगेको टोलीले विरोध प्रदर्शन गरेको हो । टोलीले केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा गृहमन्त्रीकै ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विनिता कठायतले सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जिल्ला जिल्ला घुमाउँदैमा आफ्नो पार्टी नडराएको दाबी गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभामा शून्य समय लिएर बोल्ने क्रममा सांसद कठायतले रास्वपालाई तर्साउने र बदनाम गराउने काम भएको हो भने त्यसबाट नडराउने बताएकी हुन् । ‘रास्वपालाई तसाईदिउँ, बदनाम गराउँ, ठगको बिल्ला भिराउँ, रविलाई सिध्याएर रास्वपा ...
। निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकले सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता पाउने भएका छन् । शुक्रबार बसेको चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबीचमा सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय ...
। विदेश पठाउने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ घर भएका ३६ वर्षीय रमेशकुमार डिसी, रोल्पाको गंगादेव गाउँपालिका–५ का ४१ वर्षीय जै बहादुर वली र मकवानपुरको थाहा नगरपालिका–२ का ३८ वर्षीय रबीन कार्की छन् । डिसीले सिंगापुर पठाउने भन्दै १ जनाबाट १० लाख ठगी ...