मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष राष्ट्रिय टिमको प्रशिक्षकमा अस्ट्रेलियाली म्याट रसलाई नियुक्त
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष राष्ट्रिय टिमको प्रशिक्षकमा अस्ट्रेलियाली म्याट रसलाई नियुक्त

— अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष राष्ट्रिय टिमको प्रशिक्षकमा अस्ट्रेलियाली म्याट रसलाई नियुक्त गरेको छ । यसको औपचारिक घोषणा भने गरिएको छैन । तर उनी काठमाडौं आइसकेका छन् । उनले सभापति कपको बिहीबार दशरथ रंगशालामा भएको खेल हेरेका थिए ।


रस यूईएफए प्रो लाइसेन्सप्राप्त प्रशिक्षक हुन् । उनले यसअघि दक्षिण कोरियाली महिला राष्ट्रिय टोली सम्हालेका थिए । उनले सन् २०२० देखि २०२३ सम्म यो जिम्मेवारी लिएका हुन् । उनले स्विडिस महिला टोली भिन्सी जियाके पनि सम्हालिसकेका छन् । औपचारिक रूपमा उनले पुरुष टिम भने सम्हालेका छैनन् ।


यसअघिका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँगको अनुबन्ध सकिएयता पुरुष टोलीमा मुख्य प्रशिक्षक रिक्त थियो ।

एन्फाले महिला राष्ट्रिय टिमको प्रशिक्षकमा राजेन्द्र तामाङलाई नै दोहोर्‍याउन लागेको छ । यसबारे पनि औचापरिक कुनै घोषणा भएको छैन । महिला टिमले दुई सातापछि फोर नेसन्स कप खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सन्चो नभएका कार्लोस अल्कारेजले पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय गरेका छन् । अब उपाधि भिडन्तको उनको सामना नोभाक जोकोभिचसँग हुनेछ । जो च्याम्पियन भए पनि कीर्तिमान बन्नेछ । विश्व नम्बर एक खेलाडी अल्कारेजले शुक्रबार तेस्रो वरीयताका जर्मन प्रतिद्वन्द्वीलाई ६–४, ७–६ (७/५), ६–७ (३/७), ६–७ (४/७), ...
— लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई सजिलै ४–१ ले हराएको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि ह्युगो एकिटिकेले दुई गोल गरे । यस जितपछि लिभरपुल ३९ अंकमा पाँचौंमा रह्यो । न्युकासल भने ३३ अंकमा दसौं स्थानमा छ । त्यस अगाडि आर्सनलले लिड्स युनाइटेडलाई ४–० ले हराएर शीर्षमा आफ्नो अग्रतालाई सात अंक बनाएको थियो । यस्तै ...
— बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ र यसका लागि उसले एल्चेलाई सजिलै ३–१ ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाको ५५ अंक भएको छ । रियल भने ५१ अंकमा दोस्रो स्थानमा छ । बार्सिलोनाको जितमा लामिन यामल, फेरान टोरेस र मार्कस रसफोर्डले एक एक गोल गरे । शीर्ष ...
— चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार दशरथ रंगशालामा आयोजित मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय यू–२० टोलीले युनान प्रान्तीय युवा टोली चीनविरुद्धको ३–१ को जित पाएको छ । अन्तिम समयमा तीन गोल गरेपछि नेपाली यू–२० टोलीले जित हात पारेको हो । पहिलो हाफमा एक गोलले पछि परेको स्थितिमा नेपालबाट सुक्रिया मिया, कप्तान बिर्सना चौधरी र सजनी स्याङ्तानले गोल गरेका थिए । खेलको ...
— महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमार्फत दुई देशबीचको सम्बन्ध सुदृढ बन्दै गइरहेको बताएकी छन् । चिनियाँ नयाँ वर्ष २०२६ को अवसरमा आयोजित नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मानमा आधारित रहेको बताइन् । उनले खेलकुद र संस्कृतिलाई ...