मुख्य समाचार
महाकाली राजमार्गमा पहिरो खस्दा सडक खनिरहेको जेसीबी पल्टियो, चालक घाइते
महाकाली राजमार्गमा पहिरो खस्दा सडक खनिरहेको जेसीबी पल्टियो, चालक घाइते

— दार्चुलाको महाकाली नगरपालिका-५ ठड्याभीरमा सडक बनाउने क्रममा पहिरो खस्दा एक्साभेटर (जेसीबी) पल्टिएको छ । शुक्रबार बिहान सडक माथिबाट सुख्खा पहिरो खस्दा सडक खनिरहेको जेसीबीलाई पनि नदीतर्फ खसालेको हो । दुर्घटनामा जेसीबीका चालक घाइते भएका छन् ।


पहिरोले एक्साभेटर खसालेको र चालक जाजरकोटको जुनीचाँदे गाउँपालिका-११ घर भएका २६ वर्षीय रेशम बुढामगर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले स्काभेटरमा पुरिएका चालकको सुरक्षाकर्मीले उद्दार गरेर जिल्ला अस्पताल पुर्‍याएका छन् ।


प्रदेश ०३ -०१- ००३ क ७४०५ नम्बरको एक्साभेटर महाकाली नदी किनारसम्म पुगेको छ । सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
प्रगतिवादी भन्ने केहीले प्रत्येक वर्ष रट लगाइरहन्छन्, ‘स्वस्थानी व्रत उचित छैन’, ‘महिला हिंसालाई उक्साउँछ’ ‘व्रत नबस’ ‘कथा नभन’ नसुन।’ यो लाखौं मानिसको आस्थामाथि प्रहार भएन र ! व्रत कसरी बस्ने भन्ने वा कथालाई कसरी ग्रहण गर्ने भन्ने कुरा व्यक्ति वा ऊ बसेको समाजको सरोकारको कुरा भयो। माथि नै भनियो, एउटै स्वस्थानी व्रतलाई अनेक किसिमबाट मनाइन्छ। मानिसले ...
: अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रेको काम अलपत्र पार्ने कार्यालय, निर्माण व्यवसायीलगायत टिमलाई स्थानीयले बाटो छेकेर घेराबन्दी गरेका छन्। १६ किलोमिट सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएर अलपत्र पार्ने अमर कन्स्ट्रक्सन, कार्यक्रम कार्यान्वयन गर्ने ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वय एकाइ पोखरा तथा कर्जा प्रवाह गर्ने निकाय एसियाली विकास बैंकका प्रतिनिधिहरू संयुक्त अनुगमन गर्न आउँदा स्थानीयले बाटो ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका छन्। प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले निर्वाचन आयोगको कार्यतालिका अनुसार चुनावी प्रचार प्रसार सुरू हुनुअघि फाल्गुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका हुन् । घोषणापत्रका विषयमा पार्टीहरूले विज्ञहरूसँग छलफल समेत गरिसकेको उनले बताए। त्यस्तै महासचिव पोखरेलले अहिले ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन हुने बताएका छन् । काठमाडौं–४ मा शनिबार चुनाव लक्षित एक कार्यक्रममा उनले आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ मार्फत् वडाबाटै उम्मेदवार चुनिने पनि बताए । ‘अब नयाँ स्थानीय चुनावभन्दा, नयाँ प्रदेशको चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ,’ सभापति थापाले भने, ‘र, नेपाली कांग्रेसको ...
— राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को काठमाडौं मण्डिखाटारस्थित घरको झ्यालमा तोडफोड भएको छ । झ्यालको ग्रिल फुटाएको अवस्थामा देखिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । ‘ग्रिल फुटेको अवस्थामा भेटिएको छ,’ उनले भने, ‘आफन्तले जानकारी गराएपछि हामीले थप अनुसन्धान सुरु गरेका छौं ।' चोरी गर्ने नियतले नै झ्यालको ग्रिल ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम