मुख्य समाचार
महाकाली राजमार्गमा पहिरो खस्दा सडक खनिरहेको जेसीबी पल्टियो, चालक घाइते
महाकाली राजमार्गमा पहिरो खस्दा सडक खनिरहेको जेसीबी पल्टियो, चालक घाइते

— दार्चुलाको महाकाली नगरपालिका-५ ठड्याभीरमा सडक बनाउने क्रममा पहिरो खस्दा एक्साभेटर (जेसीबी) पल्टिएको छ । शुक्रबार बिहान सडक माथिबाट सुख्खा पहिरो खस्दा सडक खनिरहेको जेसीबीलाई पनि नदीतर्फ खसालेको हो । दुर्घटनामा जेसीबीका चालक घाइते भएका छन् ।


पहिरोले एक्साभेटर खसालेको र चालक जाजरकोटको जुनीचाँदे गाउँपालिका-११ घर भएका २६ वर्षीय रेशम बुढामगर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले स्काभेटरमा पुरिएका चालकको सुरक्षाकर्मीले उद्दार गरेर जिल्ला अस्पताल पुर्‍याएका छन् ।


प्रदेश ०३ -०१- ००३ क ७४०५ नम्बरको एक्साभेटर महाकाली नदी किनारसम्म पुगेको छ । सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाई दिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने बागलुङ काठेखोला गाउँपालिका–३ घर भएका २२ वर्षीय सन्दिप थापा मगर, काठमाडौं महानगरपालिका–३ बस्ने ४३ वर्षीय निरबहादुर कार्की, काठमाडौं महानगरपालिका–९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका–२ घर भएका ३९ ...
: जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ । जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिए । पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा पहिचान गरी उक्त जग्गाको ...
— सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्राडा जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्वडीनसमेत रहनुभएका डा अग्रवालले मुलुकको स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका ...
: नेकपा संयुक्तले असफलताको बाटोमा नजानका लागि आफ्ना कमजोरीहरु सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार काठमाडौंको माइतीघरमा पत्रकार सम्मेलन गर्दै नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पूर्ववर्ती सरकार जस्तै वर्तमान सरकार असफल नहोस् भन्ने नेपाली जनताले अपेक्षा गरेको भन्दै आफ्ना कमजोरीहरु सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकार बनेको डेढ महिना पनि नबित्दै ...
— रुपन्देहीका स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र पर्ने अतिक्रमित जग्गा खाली गर्न धमाधम सूचना प्रकाशित गर्न थालेका छन् । बुटवल उपमहानगरपालिकाले वैशाख पहिलो साता सडकपेटी र उच्च अदालतको जग्गामाथिको अतिक्रमण हटाएपछि अन्य स्थानीय तहहरूले पनि यसलाई तीव्रता दिएका हुन् । उपमहानगरले सडक पेटी ओगटेर भइरहेको व्यापार र सडक दायाँबायाँ गरिएको अतिक्रमण हटाएको थियो । लगत्तै जिल्ला प्रशासनको ...