मुख्य समाचार
'रुसी जासुसी जहाज दोस्रो पटक बेलायतको जलक्षेत्रमा प्रवेश'
'रुसी जासुसी जहाज दोस्रो पटक बेलायतको जलक्षेत्रमा प्रवेश'

— रुसको जासुसी जहाज दोस्रो पटक बेलायतको जलक्षेत्रमा प्रवेश गरेको बेलायती नौसेनाले जनाएको छ । रुसी जासुसी जहाज पहिचान गरेपछि बेलायतले थप सुरक्षा उपायहरू अपनाएको जनाएको छ ।



बेलायती रक्षा मन्त्रालयका अनुसार रुसी जासुसी जहाज 'यान्तर' यसै साता इंगलिस च्यानलमार्फत बेलायती जलक्षेत्रमा प्रवेश गरेको हो । यान्तर पहिलो पटक गत नोभेम्बरमा बेलायती जलक्षेत्रमा प्रवेश गरेको थियो । त्यस क्रममा जहाजले समुद्रमुनिको महत्वपूर्ण पूर्वाधार वरपरको अवलोकन गरेको बेलायती अधिकारीहरूले जनाएका थिए ।

बेलायती पनडुब्बीले चेतावनी दिएपछि उक्त जहाज त्यहाँबाट भूमध्यसागरतर्फ गएको थियो । युक्रेनमाथि रुसी आक्रमणसँगै बाल्टिक सागरमा भएको तनावबीच अन्तर्राष्ट्रिय पानीमा रूसी जहाजल बेलायतको जलक्षेत्रमा प्रवेश गरेको समाचार सार्वजनिक भएको हो ।

बेलायती रक्षामन्त्री जोन हेलीले बेलायतले बाल्टिक सागरमा तार तथा अन्य पूर्वाधारहरूको सुरक्षा थप सुदृढ पारेको जनाएका छन् । त्यसका साथै बेलायतले समुद्री गस्ती र निगरानीका लागि उत्तर एट्लान्टिक सन्धी संगठन (नाटो) को प्रयासलाई सहयोग गर्न विमान उपलब्ध गराउन लागेको उनको भनाइ छ ।

'राष्ट्रपति पुटिनलाई मेरो सन्देश स्पष्ट छ । तपाईले के गरिरहनु भएको छ हामीलाई थाहा छ, र हामी बेलायतलाई बचाउनका लागि कडा कदम चाल्न पछि हट्ने छैनौं,' हेलीले भनेका छन् । त्यसका लागि बेलायतले नर्डिक वार्डन भनेर चिनिने उन्नत एआई प्रणाली तैनाथ गर्न लागेको हेलीको भनाइ छ ।

रुसी राष्रटपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग कुराकानी गर्दै बेलायतको आरोपबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् । यान्तरले यसै साता इंगलिस च्यानलमार्फत यात्रा गरेको विषयमा उनले थाहा नभएको बताएका सीएनएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...