मुख्य समाचार
मुस्ताङमा निरन्तर हावाहुरी, स्थानीय जनजीवन प्रभावित
मुस्ताङमा निरन्तर हावाहुरी, स्थानीय जनजीवन प्रभावित

: हिमाली जिल्ला मुस्ताङमा बुधवार बिहानदेखि निरन्तर बेजोडको हावाहुरी चल्ने क्रम रोकिएको छैन । निरन्तरको हावाहुरीले स्थानीय नागरिकको दैनिकी प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।


मुस्ताङमा बेजोडको उत्तरी हावाहुरीका कारण जोमसोम स्थित पर्यटन तथा उद्योग कार्यालयको जस्ताको छानो उडाएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए । कार्यालयको जस्ताले छाएको छानो हावाहुरीले उडाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले डोरीको सहायतले पुन छानोलाई यथास्थानमा फिट गरिएको मुस्ताङका डिएसपी बोगटीले बताए । हावाहुरीले सरकारी कार्यालयको छानो उडाएको भए पनि त्यहाँ रहेका सरकारी अभिलेख तथा भौतिक सम्पत्तीमा कुनै क्षति नभएको डिएसपी बोगटीको भनाइ छ ।





यसैगरी मुस्ताङमा निरन्तको उन्मादको बेजोड हावाहुरीको असरले घरपझोङ—३ पुथाङ एयरपोर्टको एक होटल र घरपझोङ—३ स्याङमा रहेको यात्रु प्रतिक्षालयको छानो उडाएर आशिंक क्षति तुल्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । प्रहरी श्रोतका अनुसार मुस्ताङमा २४ घण्टा अघि बेजोडको हावाहुरी चलेको र सो क्रम अझै नरोकिएको जनाएको छ । ‘मुस्ताङमा उन्मादको बेजोड हावाहुरी चलिरहेको छ, नागरिकहरु हावाहुरीका कारण घर बाहिर निस्कन नसक्ने अवस्था सृजना भएको छ,’ डिएसपी बोगटीले थपे,‘हिउँदयाममा हावा चल्नाने मानवीय तथा भौतिक जोखिम बढेको छ, हामीले स्थानीय नागरिकलाई हावाहुरीबाट बच्न र क्षति हुन नदिन सर्तक गर्न सूचित गरेका छौं ।’

मुस्ताङमा अत्यधिक हावाहुरीको प्रभावले बिद्युत् र इन्टरनेट सेवा नियमित हुन नसकेको डिएसपी बोगटीले उल्लेख गरे । हावाहुरीबाट घर र वस्तीमा क्षति हुन सक्ने र आगलागीका घटना हुनसक्ने भएकाले सर्तक रहन जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ । प्रहरीले हावाहुरीबाट कुनै विपदजन्य घटना भएमा तुरुन्तै नजिकैको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्नसमेत अनुरोध गरेको छ ।

मुस्ताङमा ढुंगा र माटोले बनेका घरहरुमा जस्ता र सख्खर माटोले छानो छाउने भएको र यसप्रकारका घरहरुमा हावाहुरीबाट विपदजन्य घटना निम्तिन सक्ने डिएसपी बोगटीले स्पष्ट पारे । मुस्ताङमा हिउँदयामको अनुकुल मौसममा समेत हिमपात हुन सकिरहेको छैन । हावाहुरी चलेपछि हिउँ पर्न मौसम बाधक बन्छ । विगतका वर्षहरूमा माघ महिनासम्म ३-४ पटकसम्म हिमपात हुन्थ्यो । तर यसपटक हिमपात हुने लक्षण देखिँदैन ।
अन्य जिल्लामा हिमपात भए पनि मुस्ताङमा हिउँ नपरेकोले स्थानीय किसान आश्चार्यचकित भएका छन् । हिउँ परेमा अन्नबाली सप्रिने र हिउँकै कारण हिउँ पर्यटनमा टेवा पुग्ने बताइन्छ । यसवर्ष हिउँ नपर्दा कृषि र पर्यटनमा असर पुगेको छ । हिउँदयामको हिउँ कृषकका लागि वरदान सावित हुने भए पनि उत्तरी हावाहुरीले गर्दा मुस्ताङमा हिउँ पर्न बाधा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउनेसक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्णरूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ...
: प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले 'नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३' स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने यो निर्णय गरेको हो। प्रधानमन्त्री सचिवालयका अनुसार सरकारले ...
: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा आयोजित सो पक्षको बागमती प्रदेशस्तरीय भेलाले पार्टीको बृहत एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको कांग्रेस नेता डा ...
: नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका हुन्। समितिको संयोजक तारामान गुरूङ रहेका छन्। सदस्यमा धना खतिवडा,रमेशप्रसाद धमला र बजरंग नेपाली चयन भएका छन्।
: नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै महानिरीक्षक कार्कीले घरायसी प्रयोजनका लागि ल्याइने सानो परिमाणको सामान समातेर ठूलो तस्करीमा संलग्नलाई छुट दिने ...