मुख्य समाचार
मुस्ताङमा निरन्तर हावाहुरी, स्थानीय जनजीवन प्रभावित
मुस्ताङमा निरन्तर हावाहुरी, स्थानीय जनजीवन प्रभावित

: हिमाली जिल्ला मुस्ताङमा बुधवार बिहानदेखि निरन्तर बेजोडको हावाहुरी चल्ने क्रम रोकिएको छैन । निरन्तरको हावाहुरीले स्थानीय नागरिकको दैनिकी प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।


मुस्ताङमा बेजोडको उत्तरी हावाहुरीका कारण जोमसोम स्थित पर्यटन तथा उद्योग कार्यालयको जस्ताको छानो उडाएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए । कार्यालयको जस्ताले छाएको छानो हावाहुरीले उडाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले डोरीको सहायतले पुन छानोलाई यथास्थानमा फिट गरिएको मुस्ताङका डिएसपी बोगटीले बताए । हावाहुरीले सरकारी कार्यालयको छानो उडाएको भए पनि त्यहाँ रहेका सरकारी अभिलेख तथा भौतिक सम्पत्तीमा कुनै क्षति नभएको डिएसपी बोगटीको भनाइ छ ।





यसैगरी मुस्ताङमा निरन्तको उन्मादको बेजोड हावाहुरीको असरले घरपझोङ—३ पुथाङ एयरपोर्टको एक होटल र घरपझोङ—३ स्याङमा रहेको यात्रु प्रतिक्षालयको छानो उडाएर आशिंक क्षति तुल्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । प्रहरी श्रोतका अनुसार मुस्ताङमा २४ घण्टा अघि बेजोडको हावाहुरी चलेको र सो क्रम अझै नरोकिएको जनाएको छ । ‘मुस्ताङमा उन्मादको बेजोड हावाहुरी चलिरहेको छ, नागरिकहरु हावाहुरीका कारण घर बाहिर निस्कन नसक्ने अवस्था सृजना भएको छ,’ डिएसपी बोगटीले थपे,‘हिउँदयाममा हावा चल्नाने मानवीय तथा भौतिक जोखिम बढेको छ, हामीले स्थानीय नागरिकलाई हावाहुरीबाट बच्न र क्षति हुन नदिन सर्तक गर्न सूचित गरेका छौं ।’

मुस्ताङमा अत्यधिक हावाहुरीको प्रभावले बिद्युत् र इन्टरनेट सेवा नियमित हुन नसकेको डिएसपी बोगटीले उल्लेख गरे । हावाहुरीबाट घर र वस्तीमा क्षति हुन सक्ने र आगलागीका घटना हुनसक्ने भएकाले सर्तक रहन जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ । प्रहरीले हावाहुरीबाट कुनै विपदजन्य घटना भएमा तुरुन्तै नजिकैको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्नसमेत अनुरोध गरेको छ ।

मुस्ताङमा ढुंगा र माटोले बनेका घरहरुमा जस्ता र सख्खर माटोले छानो छाउने भएको र यसप्रकारका घरहरुमा हावाहुरीबाट विपदजन्य घटना निम्तिन सक्ने डिएसपी बोगटीले स्पष्ट पारे । मुस्ताङमा हिउँदयामको अनुकुल मौसममा समेत हिमपात हुन सकिरहेको छैन । हावाहुरी चलेपछि हिउँ पर्न मौसम बाधक बन्छ । विगतका वर्षहरूमा माघ महिनासम्म ३-४ पटकसम्म हिमपात हुन्थ्यो । तर यसपटक हिमपात हुने लक्षण देखिँदैन ।
अन्य जिल्लामा हिमपात भए पनि मुस्ताङमा हिउँ नपरेकोले स्थानीय किसान आश्चार्यचकित भएका छन् । हिउँ परेमा अन्नबाली सप्रिने र हिउँकै कारण हिउँ पर्यटनमा टेवा पुग्ने बताइन्छ । यसवर्ष हिउँ नपर्दा कृषि र पर्यटनमा असर पुगेको छ । हिउँदयामको हिउँ कृषकका लागि वरदान सावित हुने भए पनि उत्तरी हावाहुरीले गर्दा मुस्ताङमा हिउँ पर्न बाधा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभा निर्वाचनको लागि रौतहटमा १८ वटा मतदान केन्द्र र १ मतदान स्थल थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार दिएको २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा यस वर्ष १८ वटा मतदान केन्द्र र एउटा मतदानस्थल थप गरिएको हो। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा ५ सय २३ वटा मतदान केन्द्र रहेकोमा यस वर्ष १८ वटा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पाँच दिनसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर शुक्रबार काठमाडौं फर्किएका छन् ।आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा आफ्नो निर्वाचन क्षेत्रमा एक दर्जन बढी कार्यक्रममा सरिक भएर शुक्रबार काठमाडौं फर्किएका हुन् । माघ १२ गते सर्लाही आइपुगेका थापाले पाँच दिनसम्म क्षेत्र ...
: मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोकिएर दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले ...
वनमन्त्री चिडियाखानाबाट सरे
: गौशाला नगरपालिकाले मातहतका क्रसर उद्योगहरुले मरहा खोलामा अवैध उत्खनन तथा प्रशोधन गरेको भेट्टिएपछि बन्द गर्न पत्राचार गरेको छ। नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने मरहा खोलामा गत माघ ११ र १२ गते अवैध उत्खनन गरेको नाप जाँच भएपछि त्यस स्थानमा रहेको ८ क्रसर उद्योगको ढुवानी, प्रशोधन र उत्खननमा रोक लगाएको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम