मुख्य समाचार
कारसँग मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु
कारसँग मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

— भक्तपुरमा कारसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी भोजपुरको पात्लेपानी गाउँपालिका-६ घर भई हाल काठमाडौँको पेप्सीकोलामा बस्दै आएका २९ वर्षीय राजु राईकी श्रीमती २३ वर्षीया सपना राईको मृत्यु भएको हो ।


मध्यपुरथिमि नगरपालिका-२ दिव्येश्वरीस्थित क्षमावती ग्रुप कम्पनी अगाडि पेप्सीकोलाबाट मगरगाउँतर्फ जाँदै गरेको बा.प्र. ०१-०२७ च.९२७ नम्बरको कारलाई सोही दिशातर्फ जाँदै गरेको बा.५० प. ७४१ नम्बरको मोटरसाइकलले गत सोमबार अपरान्ह ठक्कर दिएको थियो ।


श्रीमती र तीन वर्षीय छोरीलाई पछाडि राखेर राजुले नै उक्त मोटरसाइकल कुदाइरहेका थिए । दुर्घटनापछि घाइते भएकी श्रीमती राईलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज पुर्‍याइएको थियो । उपचारकै क्रममा बुधबार चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार छोरी ईश्वरी राईको उपचार पश्चात डिस्चार्ज गरिएको छ । प्रहरीले कार चालक बुढानीलकण्ठ-४ बस्ने कृष्णप्रसाद गौतमलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई तिहाइ जितेर मुलुकको नेतृत्व सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम महाधिवेशनमा जुटेको छ । पार्टी स्थापनाको चौथो वार्षिकोत्सव पारेर ७ असारदेखि चितवनमा उद्घाटन हुने महाधिवेशनले नीति र नेतृत्व चयन गर्ने कार्यसूची छ । गत ३० वैशाखको निर्णय बमोजिम वडा, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रीय महाधिवेशनसम्म आइपुग्दा रास्वपाले सिंगो पार्टी संरचनालाई अनुमोदित ...
। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कोट अर्बमले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ । नेपाल सरकारले शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरूका विषयमार्फत भ्रष्‍टाचारको उन्मूलन, शासकीय सुधार हुने कुरामा विश्‍वास गरी यसमार्फत अमेरिकी कम्पनीहरूले नेपालमा लगानी गर्न उत्साहित ...
। करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका-४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार प्रत्येक वर्षझैँ यस वर्ष ...
। चिनियाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्र अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटवार्ता गरेको छ । मन्त्रालयमा भएको भेटवार्तामा अध्यक्ष हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको बताउँदै त्यसका लागि हुवावेले नेपालसँग काम गर्न चाहेको बताएका छन् । उनले आफ्नो कम्पनीसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले नेपालसँग सहकार्य ...
। शैक्षिकसत्र २०८३/८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुनः आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमको पहिलो र दोस्रो सूचीमा मनोनयनमा नपरेका र अन्तिम मनोनयन (र्‍यापअप) मा समावेश हुन चाहने परीक्षार्थीले विषय र शिक्षण संस्थाको प्राथमिकताक्रम छनोट गरी अनलाइन फाराम भर्न सूचित गरेको छ । यस वर्षका लागि महानगरपालिका भित्रका ...