मुख्य समाचार
दाहालद्वारा प्रस्तुत तीस पृष्ठको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरे
दाहालद्वारा प्रस्तुत तीस पृष्ठको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरे

माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको भर्खरै सम्पन्न छैटौं पूर्ण बैठकले अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत तीस पृष्ठको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । अध्यक्ष दाहालले छैटौं बैठक रूपान्तरण, एकता र विजयको बैठक बन्न पुगेको संश्लेषण गर्नुभएको छ ।


यसअघि पार्टीका उपमहासचिवद्वय हरिबोल गजुरेल र जनार्दन शर्माले लिखित पूरक मत राख्नुभएकामा अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनले मूलभूत विषय सम्बोधन गरेकाले उहाँहरू दुवैले सो प्रतिवेदनलाई समर्थन गर्नुभएको छ ।


अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको शीर्षक नै ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प, आजको आवश्यकता’ रहनुले बैठकको मुख्य जोड पार्टी रूपान्तरण नै हो भन्ने भावलाई अभिव्यक्त गरेको छ । पछिल्लो सरकारमा रहँदा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा महाअभियान चलाएको पार्टी र त्यसका नेता कार्यकर्ता आफैं पनि रूपान्तरण हुनुपर्ने आवश्यकतामा बैठकले जोड दिएको छ ।

पहिलो चरणमा पार्टी केन्द्रीय समितिदेखि प्रदेश पदाधिकारीसम्मकाले आफ्नो सम्पत्ति र आयस्रोतसहितको विवरण पार्टीमा पेस गर्नुपर्ने, त्यसलाई लेखा परीक्षण आयोगले अध्ययन तथा छानबिन गर्ने र गलत देखिएमा कारबाहीको सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । राजनीतिक दलको सन्दर्भमा गर्न खोजिएको यस नयाँ थालनीले पार्टी रूपान्तरणमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा छ ।

नेता–कार्यकर्ताको जीवनशैली, रहनसहन र आचरण सर्वहारावर्गीय मान्यता अनुरूप हुनुपर्नेमा सबैको जोड रहेको छ । यससँगसँगै बैठकमा सहिद परिवार, बेपत्ता परिवार, जनयुद्धका घाइते तथा अपांगता भएका योद्धाहरूको हेरचाह, संरक्षण र सम्मानमा पार्टीले विशेष ध्यान दिनुपर्ने आवाज उठेको छ ।

संघ र प्रदेश सरकारमा नभए पनि १२३ स्थानीय सरकार प्रमुख जितेको माओवादीले त्यसलाई नमुनाका रूपमा महत्त्वका साथ हाँक्ने विषयलाई विशेष जोड दिएको छ । हरेक स्थानीय सरकारमा समाजवादका भ्रूणको खोजी गर्न समाजवाद उन्मुख स्थानीय सरकारको साझा घोषणापत्र जारी गरिने प्रतिबद्धता जनाइएको छ ।

महाधिवेशनको बहस




माओवादी केन्द्रको आठौं महाधिवेशन २०७८ पुस ११–१८ र २०८० फागुन १–३ मा प्रथम विधान अधिवेशन सम्पन्न भएको थियो । यस बैठकमा नियमित नवौं महाधिवेशनमा वा विशेष महाधिवेशनमा जाने भन्नेमा पनि सघन बहस चलेको थियो । यस सम्बन्धमा स्वयं अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा नै बहस खुला गरिएको थियो ।

व्यापक छलफल पश्चात् पहिलो ६ महिना ‘जनतासँग माओवादी’ अभियान सञ्चालन गर्ने र दोस्रो ६ महिनामा नियमित महाधिवेशनमा जाने तय भएको छ । आठौं महाधिवेशनमा प्रस्तुत र पारित ‘समाजवादको नेपाली बाटो’ लाई अझ व्यापक बहस, छलफल र अन्वेषणपछि विचार संश्लेषण गर्ने र प्रथम विधान महाधिवेशनबाट पारित संगठनात्मक संरचना अनुसार प्रत्यक्ष निर्वाचनबाट नेतृत्व निर्वाचित गर्ने तय भएको छ । यसरी हेर्दा २०८२ सालको मंसिर–पुसमा नवौं महाधिवेशन सम्पन्न गर्ने गरी यो विषय टुंगो लागेको छ ।

यस पटकको माओवादी केन्द्रीय समिति बैठकमा विगतमा माओवादीबाटै विभाजित भएका विप्लव नेतृत्वको नेकपासहितका घटकसँगको एकताको विषयले पनि यथेष्ट स्थान पायो । विगतमा फरकफरक स्कुलिङ भएका पार्टीसँग पर्याप्त तयारी र छलफलबिना गरिएको एकता दिगो हुन नसकेको कटु अनुभवसहित समान स्कुलिङ र विचार मिल्ने घटकसँगको एकतालाई प्राथमिकतामा राख्नेमा सहभागीको जोड थियो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्र राय यादव नेतृत्वको नेसपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), प्रभु शाह नेतृत्वको आम जनता पार्टीसँग एकताका निम्ति उच्चस्तरीय एकता संवाद समिति बनाउने निर्णय बैठकले लिएको छ । तत्कालका लागि माओवादी घटकसँगको एकतामा जोड दिए पनि क्रमिक रूपले समाजवादतिर जान चाहने अन्य वाम तथा प्रगतिशील शक्तिसँगको एकताका लागि पनि छलफल खुला राखिएको छ ।

बहसमा जेन–जी

विश्वका अन्य मुलुक जस्तै नेपालमा जेन–जी पुस्ताले जबर्जस्त रूपमा समाजमा आफ्नो भूमिका र प्रभाव बढाउँदै लगेको देखिन्छ । यो यस्तो पुस्ता हो जो मानव समुदायले आविष्कार गरेका नवीनतम सूचना प्रविधिबाट अभूतपूर्व रूपमा शिक्षित, दीक्षित र प्रभावित छ । जेन–जी पुस्ता एकप्रकारले सामाजिक सञ्जाल, फेसबुक, इन्स्टाग्राम, टिकटक पुस्ता हो ।

हिजोको पुस्ताले समाजमा घटेका घटना, अन्तर्विरोध र परिवेशका आधारमा धारणा बनाउँथ्यो । तर जेन–जी पुस्ताले समाजमा भन्दा पनि सामाजिक सञ्जालमा आउने बहस, तरंग र तुफानका आधारमा दृष्टिकोण निर्माण गर्दछ । यसले समाजका परम्परागत मानकहरू क्रमशः भत्कँदै गएका र नयाँ नयाँ मानकहरू स्थापित हुँदै गएका छन् । यो पुस्ताका लागि हिजोको अर्थशास्त्र, हिजोको समाजशास्त्र र हिजोको राजनीतिशास्त्रका मानकहरूले काम गर्न छाड्दै गएको देखिन्छ ।

यसको सबभन्दा ठूलो प्रभाव राजनीतिक प्रणाली र निर्वाचनहरूमा देखिन थालेको छ । ०७९ को आमनिर्वाचनमा जेन–जी पुस्ताको उदयसँगै थुप्रै परिघटनाहरू देखापरे । नयाँ नयाँ राजनीतिक दल र नेतृत्वको रातारात उदय भयो । यो विगतमा दल र नेता जन्मने तरिका विल्कुल भिन्न थियो । वर्षार्ैं जेल बसेका, लामो संघर्ष गरेका र पार्टी जीवनको शृंखलाबद्ध अभ्यास गरेका मानिस नेता बन्ने चलन ०७९ को चुनावमा एकहदसम्म भत्कियो । सामाजिक सञ्जालका विभिन्न माध्यममा छाएका मानिसहरू रातारात नेता भए । जेन–जी पुस्ताको चासो र हस्तक्षेपले चुनावलाई विभिन्न तरहले प्रभावित गरेको देखियो ।

आगामी ०८४ सालको चुनावमा जेन–जी पुस्ताको हस्तक्षेप अझ बढेर जानेछ । उनीहरू आफू स्वयं मात्र होइन आफ्नो परिवार र समाजलाई समेत प्रभावित गर्ने ठाउँमा पुग्नेछन् । तर उनीहरूले पार्ने प्रभाव सकारात्मक नै मात्र हुन्छ भन्ने ग्यारेन्टी चाहिँ छैन । यो पुस्तामा हुर्किएको एउटा डरलाग्दो मनोवृत्ति के हो भने यो पुस्तालाई सत्य र तथ्यभन्दा बढी ‘भाइरल’ विषयले गाँजिरहेको देखिन्छ । यसका नकारात्मक आयामबाट बच्नका लागि सूचना प्रविधि साक्षरता, मिडिया साक्षरता र डिजिटल साक्षरता बढाउनु आवश्यक छ ।

विगतमा युवा पुस्ताको राजनीति र निर्वाचनमा चासो कम थियो । तर जेन–जी पुस्ताको आगमनसँगै राजनीति र निर्वाचनमा युवा सहभागिता र सचेतना गुणात्मक रूपले बढेको छ । जेन–जी पुस्ताले आगामी चुनावमा धेरैको हिसाब बिगार्न सक्छ र नयाँ–नयाँ हिसाब कायम गर्न सक्छ ।

जेन–जी पुस्ता आफूले सोचेजस्तो र खोजेजस्तो समाज र राजनीति चाहन्छ । यसै पृष्ठभूमिमा जनयुद्ध नदेखेको, नभोगेको यो पुस्तासँग कसरी आफ्नो विचार, राजनीति र नेतृत्व स्थापित गर्ने भन्ने सवालमा पहिलो पटक महत्त्वपूर्ण छलफल भएको छ । अध्यक्ष दाहालको प्रतिवेदनले यस विषयलाई प्राथमिकताका साथ समेटेको छ ।

– बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालमा बालयौन दुराचारमा ९ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको संघीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर गरेको छ । अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार आफ्नो बेवसाइटमा कुम्ब्सलाई दोषी ठहर गरेको जानकारी सार्वजनिक गरेको हो । नेपालमा सजाय काटेर फर्किएका उनलाई अमेरिकी कानुन प्रवर्तन निकायले सेप्टेम्बर २०२५ ...
: लागुऔषध नियन्त्रण ब्युरोले ४.२५८ किलोग्राम कोकेनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६२ वर्षीया कोलोम्बियाली महिला योनेथ गार्जोन कैसेडो र ३१ वर्षीया महिला रेबेका पुल्ले रहेका छन्। ब्युरोका अनुसार कोलोम्बियाली महिला असार ३१ गते कतार एयरवेजको उडान नम्बर क्यूआर–६४६ मार्फत कोलोम्बियाबाट दोहाहुँदै काठमाडौं आएकी थिइन्। उनलाई काठमाडौं महानगरपालिका–१६ स्थित ठमेल क्षेत्रबाट पक्राउ गरिएको ...
— भक्तपुरमा एकैदिन छुट्टाछुटै स्थानमा खसेर ३ जनाकाे मृत्यु भएकाे छ । भक्तपुरकाे सूर्यविनायक नगरपालिकास्थित घाम्पेडाँडाकाे एक हाेटलबाट खसेर बर्दिया घर भई हाल भक्तपुरकाे सल्लाघारी बस्ने २७ वर्षीय राज कार्कीको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । जन्मदिन मनाउने क्रममा कार्कीसहित साथीहरु जमघट भएकाे र झगडा भएकाे प्रहरीले जनाएकाे छ । घटनापछि कार्कीका साथीहरू र झगडा छुट्टाउन ...
: सरकारले जनसम्पर्क बढी हुने सरकारी कार्यालयको सेवा प्रवाहलाई सहज,सरल र बिचौलियामुक्त बनाउन एकद्वार सेवा प्रणाली लागू गर्ने निर्णय गरेको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको बैठकले मालपोत,नापी,यातायात,श्रम,जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत बढी सेवाग्राहीको चाप हुने कार्यालयमा एकद्वार सेवा प्रवाहको व्यवस्था गर्ने निर्णय गरेको हो। बैठकले निवेदन वा उजुरी लेख्न नजान्ने सेवाग्राहीलाई सहजीकरण गर्न सम्बन्धित ...
: प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाए। उनले व्यवसायीहरूका जायज मागहरू कार्यान्वयनमा लैजानका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम