मुख्य समाचार
अवैध हतियारसहित चार जना भारतीय नागरिक पक्राउ
अवैध हतियारसहित चार जना भारतीय नागरिक पक्राउ

— भीमदत्त नगरपालिका-६ ऐठपुरबाट अवैध हतियारसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।


महेन्द्रनगर बजार नजिकै बुधबार राति भारतीय नम्बरको युके ०६ एआर ०८४६ गाडीमा पेस्तोल बोकेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा भारत उत्तराखण्डको उद्यमसिंहनगर खटिमाका उद्यमसिंहनगर खटिमाका ३४ वर्षीय जीवन सिंह जिमेवाल, ३१ वर्षीय कोमल विष्ट, ३४ वर्षीय उमेद सिंह अधिकारी र २८ वर्षीय सञ्जय जेठी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार बुधबार सांझ महेन्द्रनगर आएका उनीहरुलाई एउटा गाडीमा फर्किदाखेरी पक्राउ परेका हुन् ।

‘हतियार देखिएको सुचना आएपछि हामीले चेकजांच गरेका हौं, हतियार मात्रै देखियो, गोली थिएन,’ एसपी जोशीले भने, ‘गाडीमा मदिरा पनि भेटिएको छ, उनीहरु खानपिनका लागि आएजस्तो देखिन्छ ।’ पक्राउ परेकाहरुका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
विद्यार्थी कम्ती भएका सीटीईभीटीका शिक्षालय बन्द वा समायोजन गर्न सुझाव
— नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ जनालाई कैद सजाय तोकेको छ । खरिद ...
— प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेशी तोकिएको छ । सर्वोच्च अदालत उक्त रिटमाथिको सुनुवाइका लागि पुस २ गतेका लागि पेशी तोकेको हो । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति संविधान र राष्ट्रहितविपरीत रहेको कांग्रेसका सांसदको तर्क छ । कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभामा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला ...
निर्माण व्यवसायी उठ्नै नसक्ने गरी ठेक्का तोडियो : अध्यक्ष सिंह
— भौतिक, पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीले निर्णय नगर्दा पनि आयोजना रूग्ण बनेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् । 'कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीका कारण पनि आयोजना रूग्ण बनेका छन्,' उनले भने, 'आयोजना ...