मुख्य समाचार
चालु आर्थिक वर्षको छ महिनामा वीरगन्जबाट पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
चालु आर्थिक वर्षको छ महिनामा वीरगन्जबाट पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन

— चालु आर्थिक वर्षको छ महिनामा वीरगन्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।



गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको छ । चालु आवको छ महिनामा ४२ अर्ब २४ करोड रुपैयाँ बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

चालु आवको छ महिनामा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड रुपैयाँ राजस्व दाखिला भएको छ ।

चालु आवको छ महिनामा आठ अर्ब नौ करोड रुपैयाँ बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटिएफ) आयातबाट एक अर्ब एक करोड रुपैयाँ तथा ३६ करोड २० लाख रुपैयाँ बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड रुपैयाँ राजस्व सङ्कलन भएको जनाइएको छ ।

आव २०८०/८१ को छ महिनामा ८८ अर्ब ७८ करोड रुपैयाँ बराबरका पाँच थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नगद कारोबारको सीमा बढाउनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले व्यवसायीहरूलाई समस्या भएको भन्दै नगद कारोबारको सीमा बढाउन आग्रह गरे। बैंकिङ पहुँच देशका सबै स्थानमा पुग्न नसकेको अवस्थामा पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न ...
दाङको पहिचान बन्दै बधिया भाले, फस्टाउँदै व्यापार
। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन आचारसंहिताका कारण नेपाल निर्माण व्यवसायी महासंघको निर्धारित २६औं साधारणसभा तथा निर्वाचन स्थगित भएको छ । महासंघले १५ देखि १७ माघमा साधारणसभा तथा १३औं अधिवेशन आयोजना गरेको थियो । तर, निर्वाचन आयोगले पत्र पठाउँदै निर्वाचन आचारसंहिता लागु भएको स्मरण गराइ साधारणसभा स्थगित गर्न भनेको हो । सोही अनुसार महासंघको पूर्वनिर्धारित कार्यक्रम ...
। नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सुधार गर्न अहिले उपयुक्त समय रहेको बताएका छन् । विगतमा दलीय खिचातानीका कारण समयमै नीतिगत निर्णय नहुने गरेको बताउँदै वर्तमान सरकारलाई नीतिगत सुधार गर्न सहज हुने बताए । आज अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा विगतमा नीतिगत निर्णय गर्न मन्त्रीलाई विषयगत जानकारी समेत नहुने गर्दा अलमलमा समेत पर्ने ...
— वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तब्य चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या चालु आर्थिक वर्षको ६ महिनामा एक लाख १९ हजार ५७६ पुगेको छ । निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरका अनुसार यो अवधिमा ७२ हजार ५०८ स्वदेशी, ३९ हजार ७९३ विदेशी र सार्क राष्ट्रका ७ हजार २७५ ले निकुञ्ज घुमेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम