मुख्य समाचार
भारतीय दूतावासबाट प्राप्त भएका ६ वटा ‘हेमोडायलाइसिस’ मेसिन एक वर्षदेखि थन्किए
भारतीय दूतावासबाट प्राप्त भएका ६ वटा ‘हेमोडायलाइसिस’ मेसिन एक वर्षदेखि थन्किए

— मृगौला फेल भएका बिरामीको उपचारका लागि भारतीय दूतावासबाट प्राप्त भएका ६ वटा ‘हेमोडायलाइसिस’ मेसिन एक वर्षदेखि थन्किएका छन् । बाराको महागढीमाई र सिम्रौनगढ नगरपालिकालाई दूतावासले स्वास्थ्य मन्त्रालय मार्फत अनुदान स्वरुप उपलब्ध गराएका तीन/तीन वटा हेमोडायलाइसिस मेसिन जनशक्ति र पूर्वाधार अभावमा थन्किएका हुन् ।



भौतिक पूर्वाधार, जनशक्ति, बजेट अभावले मेसिन सञ्चालनमा ल्याउन नसकेको सिम्रौनगढ नगरपालिकालका स्वास्थ्य शाखाका कर्मचारी जयनारायण यादवले बताए । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाबाट यादवले १४ लाख ६४ हजार १ सय ६८ रुपैयाँ दरका ३ वटा मेसिन २०८० असोज ५ मा बुझेका थिए ।

महागढीमाई नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी अजय सिंहले उस्तै खालका ३ वटा मेसिन २०८० मंसिर १५ गते बुझेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका औजार उपकरण स्टोरका प्राविधिक रणबहादुर घर्ती मगरले बताए । तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतको पालामा दूतावासले दिएका मेसिन हस्तान्तरण गरिएको थियो ।

मगरका अनुसार ०८०/०८१ मा मेसिन प्रयोग गर्ने प्रतिबद्धताका साथ ती दुबै पालिकामा ८७ लाख ८५ हजार १० रुपैयाँ पर्ने (प्रति मेसिन १४ लाख ६४ हजार १ सय ६८) ३/३ वटाका दरले ६ वटा मेसिन हस्तान्तरण गरिएको बताए । मेसिन प्रयोगमा ल्याउन ताकेता भइरहेको र प्रयोग नगरे फिर्ता मगाइने उनले बताए । ‘अहिलेसम्म सञ्चालन गर्ने इच्छुक नभएको जानकारी पाएको छु । अब भने फिर्ता नै मगाउन सकिन्छ,’ उनले भने । डायलाइसिस मेसिन सञ्चालनका लागि छुट्टै कोठा, नर्ससहित ३ जना तालिम प्राप्त जनशक्ति आवश्यक हुन्छ ।

‘मेसिन कोठाको कुनामा थन्किएको छ । मुसाले काट्यो कि एक्स्पाएर भयो थाहा छैन्,’ एक स्वास्थ्यकर्मीले भने, ‘माकुराले जालो लगाइसकेको र धूलो परिरहेको छ ।’ दुवै नगरपालिका डाइलाइसिस सेवा सञ्चालनका लागि न बजेट छुटाएको छ, न प्राविधिक जनशक्ति नै तयार गरेको छ । सिम्रौनगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय ठाकुरले नगरभित्र १२ जना मिर्गौला पीडितले संघीय सरकारबाट मासिक ५ हजार सहयोग पाउने गरेका छन् ।

महागढीमाई नगरपालिकाका स्वपर्छास्थ्य शाखाका प्रमुख मनोज चौरसियाले नगरभित्रका २० जना मिर्गौला पीडितले ५ हजारका दरले सरकारी सहायता पाइरहेका छन् । ‘बिरामीले नगद सहयोग त पाएकै छन् । अझ आफ्नै पालिकामा डायलाइसिस सेवा लिन पाए सहज हुने थियो,’ चौरसियाले भने, ‘मेसिन आएर पनि संचालनमा ल्याउन नसक्दा सेवा दिन सकिएको छैन । अब चाँडै सञ्चालनको तयारी भइरहेको छ ।’


यी दुबै पालिकाको तथ्यांकमा ३२ जना मिर्गौला पीडितले डायलाइसिस सेवा लिइरहेका छन् । उनीहरु अहिले सदरमुकाम कलैया, वीरगन्ज, भरतपुर, काठमाडौंसम्म पुगेर डायलाइसिस गराउन बाध्य छन् । मधेशमा ग्रामीण क्षेत्रका मिर्गौला पीडितलाई डायलाइसिसन सुविधा पुर्याउन दूतावासमार्फत प्राप्त मेसिन वितरण गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गतका व्यवस्थापन महाशाखाका निर्देशक डा. पबमजंग रायमाझीले बताए ।

डायलाइसिस सेवा संचालन गर्न तालिम प्राप्त चिकित्सक, नर्स र प्राविधिक जनशक्ति आवश्यक हुन्छ । महागढीमाई नगर प्रमुख उपेन्द्र यादवले डाइलाइसिस सेवा सञ्चालनमा ल्याउन अझै ६/७ महिना लाग्न सक्ने बताए । मेसिन संचालनका लागि कोठाको व्यवस्था गर्न समय लाग्ने भएकाले तत्काल प्रयोगमा ल्याउन नसकिएको उनले बताए ।

‘तालिम गराएर जनशक्ति तयार गरिसकेका छौं,’ उनले भने, ‘मेसिन जडान गर्न अर्को नयाँ भवन नै बन्दैछ, त्यसैमा बन्दोबस्त गर्छौ ।’ महागढीमाईमा प्राप्त मेसिन नगरपालिकाको बरियारपुर स्वास्थ्य चौकीमा राखिएको छ ।

सिम्रौनगढ नगर प्रमुख किशोरीप्रसाद कलवारले नगर अस्पतालमा यहीँ माघभित्र डायलाइसिस सेवा सञ्चालनमा ल्याउने दाबी गरे । उनले भने, ‘एमबीबीएस, नर्स र अन्य कर्मचारी भर्ना गर्ने प्रक्रियामा छौं । माघमै संचालन गर्ने तयारी छ ।’ डाइलायसिस सञ्चालन गर्न नर्सिङ महाशाखामार्फत तालिम लिनु पर्ने हुन्छ । नगर प्रमुख कलवारले माघभित्रै संचालनमा ल्याउने दाबी गरे पनि तालिम प्राप्त जनशत्ति तयार हुन ४ देखि ५ महिना लाग्ने स्वास्थ्यकर्मी बताउँछन् ।

सिम्रौनगढमा कोरोनाकालका झन्डै १ करोड खर्चेर सञ्चालन गरेको नगर अस्पताल तीन वर्षयता लथालिङ अवस्थामा छ । अस्पतालको डिजिटल एक्सरे, अल्ट्रासाउन्ड, प्रयोगशाला, इमरजेन्सी, फार्मेसी, बिरामी भर्ना सेवा तीन वर्षयता बन्द छ । यो अस्पतालमा करारमा सेवा दिँदै आएका एमबीबीएस डा. जितेन्द्र यादवले बिरामीलाई ओपिडी सेवा दिने गरेका छन् । राजनीतिक किचलोले नगर अस्पताल बन्द जस्तै रहेको अस्पतालका एक कर्मचारीले बताए ।

नगर अस्पतालमा कार्यरत २३ जना कर्मचारीको करार थप नगरेपछि सेवा ठप्प प्रायः बनेको हो । ती कर्मचारीकाअनुसार नगर अस्पताल सञ्चालन गर्न नगरपालिकाबाट बजेट समेत छुट्याइएको छैन । बाराकै सुवर्ण गाउँपालिका निवासी सिम्रौनगढ नगर अस्पतालका करारका डा. जितेन्द्रका बाबु संविधानसभा सदस्य ६७ वर्षीय रामअयोध्या यादव पनि मिर्गौला पीडित छन् ।

उनले ३० किमी टाढा वीरगन्ज पुगेर सातामा दुईपटक डायलाइसिस गराउँदै आएका छन् । वीरगन्ज गएर प्रतिपटक ६ खर्चेर तीन वर्षदेखि डायलाइसिस गराइरहेको उनले बताए । ‘यहाँ मेसिन सञ्चालनमा आएको भए बुवालाई आफ्नै निगरानीमा डायलाइसिस गराउन सक्थे, मेसिन सञ्चालनमा नआएकोले सेवा लिन सकिएको छैन ।’

नगर अस्पतालको बेहाल अवस्थामा डायलाइसिस सेवा सुरु हुनेमा अन्यौल रहेको उनले बताए । जिल्लामा अहिले कलैया प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा उपलब्ध छ । कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय गुप्ताले पाँच वटा मेसिनबाट दैनिक १०/१२ जन मिर्गौलाका बिरामीलाई डायलाइसिस सुविधा दिइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकामा राज्य सरकारलाई एआईसम्बन्धी नीति बनाउन रोकेपछि संघ सरकारको आलोचना
मोरङको लेटाङ नगरपालिका–२ की १२ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरिएको घटना एक बालिकाको ज्यान लिने अपराधमा मात्रै सीमित रहेन
। इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) नेपालको आयोजनामा १५औं इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप यही पुस ३ देखि काठमाडौंमा हुने भएको छ। सो विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी गराएका छन्। आइओएफटिसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ भने आइओएफटिसी नेपाल त्यसको सहयोगी संस्था हो। सन् २००० मा सुरु ...
माथिल्लो अरुण आयोजना निर्माणका लागि काटियो दुई हजार बढी रुख
। युरोपमा एकजना शुक्रकिटदाताको शरीरमा क्यान्सरको जोखिम बढाउने एक आनुवंशिक उत्परिवर्तन अर्थात् जेनेटिक म्युटेसन भएको पत्ता लागेसँगै उनको वीर्यबाट जन्मिएका १ सय ९७ जना बालबालिका जोखिममा परेका छन्। एउटा व्यापक तथा गहन अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएसँगै त्यसले ठूलो तरंग सिर्जना गरेको छ। युरोपियन ब्रडकास्टिङ युनियनको अनुसन्धानात्मक पत्रकारिता सञ्जाल अन्तर्गत बीबीसीलगायतका विभिन्न १४ वटा सार्वजनिक सेवा ...