मुख्य समाचार
लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश
लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

— मोहमद सलाहले गरेको ५० औं युरोपेली गोलको मद्धतले लिभरपुलले लिललाई पराजित गरेको छ र च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।


लगातार सातौं जित निकाल्ने क्रममा लिभरपुलले एनफिल्डमा १० खेलाडीमा सीमित लिललाई २–१ ले पराजित गरेको हो । सलाहले ३४ औं मिनेमा गोलको खाता खोले ।


दोस्रो हाफमा आइसा मान्डीलाई दोहोरो पहेँलो कार्डमा गुमाएयता लिलका लागि जोनाथन डेविडले ६२ औं मिनेटमा गोल गरे । त्यसपछि हार्भी इलिटले ६७ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । यो जितपछि लिभरपुलको २१ अंक भएको छ र शीर्ष स्थानमा छ । यो जितपछि लिभरपुल शीर्ष दुई स्थानमा रहने पनि निश्चित भएको छ ।

उसको पछाडि बार्सिलोनाको १८ अंक छ र दोस्रो स्थानमा छ । बार्सिलोनाले अर्को खेलमा बेनफिकामाथि सनसनीपूर्ण ५–४ को जित निकाल्यो । खेलमा दुई पल्ट पछाडि रहेर पनि बार्सिलोनाले यो जित निकालेको हो । तेस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले भने बायर लेभरकुजनलाई २–१ ले हरायो र उसको १५ अंक भएको छ ।

एटलान्टाले भने स्ट्रम ग्रजलाई ५–० ले हरायो र १४ अंकमा चौथो स्थानमा रह्यो । अन्य खेलमा मोनाकोले एस्टन भिल्लालाई १–०, बोलोग्नाले बोरुसिया डर्टमुन्डलाई २–१ , पीएसजी आयनहोभनले एफके क्रभेनालाई ३–२ तथा स्टुटगार्टले स्लोभान ब्राटिस्लाभलाई २–१ ले हरायो । क्लब ब्रुग र युभेन्ट्सबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेदरल्यान्ड्स महिला क्रिकेट टोली पहिलो पटक महिला टी-२० विश्वकपमा छनोट भएको छ। नेपालमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको सुपर सिक्स अन्तर्गत पहिलो खेलमा अमेरिकालाई हराउँदै विश्वकपका लागि छनोट भएको हो। त्रिवी क्रिकेट मैदानमा अमेरिकालाई डीएलएस (डकवर्थ लुइस स्ट्रेन)को माध्यमबाट २१ रनले हराउँदै नेदरल्यानड्सले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो। टस जितेर ब्याटिङ ...
: आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरीको स्थान सुधार भएको छ। आइसीसील बुधबार सार्वजनिक गरेको वरीयतामा ऐरी आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन्। त्यस्तै कुशल भुर्तेलले पनि अलराउन्डर वरीयतामा २ स्थान सुधार गरेका छन्। उनी २६ औं स्थानबाट २४ औं स्थानमा उक्लिएका हुन्। कप्तान रोहित पौडेलको भने अलराउन्डर वरीयता खस्किएको छ। रोहित ४३ ...
आईसीसी टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र छैटौं स्थानमा उक्लिए
फागुरामको दुई गोलमा प्लानिङ ब्वाइजको पुनरागमन
— पोखरा रंगशालामा जारी एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा न्यु डायमन्ड युथ स्पोटर््स क्लबले फाइनलमा स्थान बनाएको छ । मंगलबार न्यु डायमन्डको निर्णायक जित, थाइल्यान्ड क्विन्सको लयबद्ध प्रदर्शन र पुरुषतर्फ पर्वत भलिबल संघको लगातार तेस्रो जितले च्याम्पियनसिपलाई थप रोमाञ्चक बनाएको छ । महिलातर्फ प्रभावशाली प्रदर्शन गर्दै एक खेल बाँकीमै न्यु डायमन्ड फाइनल ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम