मुख्य समाचार
लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश
लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

— मोहमद सलाहले गरेको ५० औं युरोपेली गोलको मद्धतले लिभरपुलले लिललाई पराजित गरेको छ र च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।


लगातार सातौं जित निकाल्ने क्रममा लिभरपुलले एनफिल्डमा १० खेलाडीमा सीमित लिललाई २–१ ले पराजित गरेको हो । सलाहले ३४ औं मिनेमा गोलको खाता खोले ।


दोस्रो हाफमा आइसा मान्डीलाई दोहोरो पहेँलो कार्डमा गुमाएयता लिलका लागि जोनाथन डेविडले ६२ औं मिनेटमा गोल गरे । त्यसपछि हार्भी इलिटले ६७ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । यो जितपछि लिभरपुलको २१ अंक भएको छ र शीर्ष स्थानमा छ । यो जितपछि लिभरपुल शीर्ष दुई स्थानमा रहने पनि निश्चित भएको छ ।

उसको पछाडि बार्सिलोनाको १८ अंक छ र दोस्रो स्थानमा छ । बार्सिलोनाले अर्को खेलमा बेनफिकामाथि सनसनीपूर्ण ५–४ को जित निकाल्यो । खेलमा दुई पल्ट पछाडि रहेर पनि बार्सिलोनाले यो जित निकालेको हो । तेस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले भने बायर लेभरकुजनलाई २–१ ले हरायो र उसको १५ अंक भएको छ ।

एटलान्टाले भने स्ट्रम ग्रजलाई ५–० ले हरायो र १४ अंकमा चौथो स्थानमा रह्यो । अन्य खेलमा मोनाकोले एस्टन भिल्लालाई १–०, बोलोग्नाले बोरुसिया डर्टमुन्डलाई २–१ , पीएसजी आयनहोभनले एफके क्रभेनालाई ३–२ तथा स्टुटगार्टले स्लोभान ब्राटिस्लाभलाई २–१ ले हरायो । क्लब ब्रुग र युभेन्ट्सबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार लेन्सलाई २–० ले पराजित गर्दै फ्रान्सेली लिग वानको उपाधि जितेको छ । पीएसजी फ्रान्सेली लिग च्याम्पियन भएको यो लगातार पाँचौं पल्ट हो । खविचा क्वारत्सखेलियाले पीएसजीका लागि गोलको खाता खोलेपछि इब्राहिम एमबापेले दोस्रो गोल थपे । यससँगै पीएसजीले लिग तालिकामा नौ अंकको निर्णायक अग्रता लिएको छ । लिगमा अब ...
— लिग च्याम्पियन इन्टर मिलानले बुधबार लाजियोलाई २–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको छ र यससँगै घरेलु कप डबलको उपलब्धी हात पारेको छ । इन्टरले यसअघि इटालीको सिरी ए पनि जितेको थियो । रोममा भएको खेलमा एडम मरुसिचको आत्मघाती गोलमा अगाडि रहेको इन्टरका लागि लउटारो मार्टिनेजले एक गोल थपे । यो सिजन सबै खाले ...
— अबको महिना दिनभन्दा कम समयमा ३२ वर्षपछि अमेरिकामा फिफा विश्वकप फर्किने छ । सन् १९९४ पछि अमेरिकाले पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरिरहेको छ । जुन ११ देखि जुलाई १९ सम्म हुने विश्वकपको अमेरिका आयोजक, क्यानडा र मेक्सिको सहआयोजकका रूपमा छन् । अमेरिकी क्षेत्रमा संयुक्त आयोजना हुने फिफा विश्वकप २०२६ नजिकिएसँगै आयोजक देशहरूमा फुटबलको ...
। फिफा विश्वकप २०२६ का लागि ब्राजिलले प्रारम्भिक टोली घोषणा गरेको छ । ब्राजिलले स्टार फुटबलर नेयमारलाई समेट्दै ५५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । चोटका कारण लामो समय बाहिर रहेका नेयमार प्रारम्भिक टोलीमा समेटिएका हुन् । गोेलरक्षकः एलिसन, बेन्टो, एडर्सन, ह्युगो सौजा, जोन र वेभर्टन । डिफेन्डरः मार्किन्होस, थियागो सिल्भा, गाब्रियल मगल्हाएस, ग्लेसन ब्रेमर, लिओ परेरा, रोजर ...
। फिफा विश्वकप २०२६ मा डेब्यू गर्ने तयारीमा रहेको कुराकाओ टिमका प्रशिक्षक फ्रेड रुटेनले टिमबाट राजीनामा दिएका छन् । रुटेनले आफ्नो पद छाड्ने निर्णय गरेको कुराकाओ फुटबल फेडेरेसन (एफएफके) ले पुष्टी गरेको छ । प्रशिक्षक रुटेन र फेडेरेसनका अध्यक्षबीच भएको खुला तथा रचनात्मक छलफलपछि यो निर्णय लिइएको फेडेरेसनले जनाएको छ । कुराकाओको फुटबल, खेलाडीहरूको हित र राष्ट्रिय टोली ...