मुख्य समाचार
ट्रम्पको जन्मसिद्ध नागरिकता हटाउन खोज्ने कार्यकारी आदेश रोक्न माग गर्दै संघीय अदालतमा मुद्दा दायर
ट्रम्पको जन्मसिद्ध नागरिकता हटाउन खोज्ने कार्यकारी आदेश रोक्न माग गर्दै संघीय अदालतमा मुद्दा दायर

— डेमोक्रेटिक राज्यका महान्यायाधिवक्ताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता हटाउन खोज्ने कार्यकारी आदेश रोक्न माग गर्दै मंगलबार संघीय अदालतमा मुद्दा दायर गरेका छन् ।


सोमबार पदभार ग्रहण गरेलगत्तै ट्रम्पले अमेरिकामा गैरकानूनी रूपमा रहेका महिलाका सन्तान वा कानुनी रूपमा स्थायी बासिन्दा नभएकाहरूका सन्तानलाई राहदानी, नागरिकता प्रमाणपत्र र अन्य कागजात उपलब्ध नगराउन निर्देशन दिने आदेश जारी गरेका थिए ।


तर उनको आदेशविरूद्ध मासाचुसेट्सको संघीय अदालतमा १८ वटा राज्यले मुद्दामा दायर गरेका हुन् । मुद्दामा सान फ्रान्सिस्को र वासिङ्टन डीसी सहरहरू पनि संलग्न रहेका सीएनएनले जनाएको छ ।

मुद्दामा ट्रम्पको आदेशले अमेरिकी संविधानको १४ ‍औं संसोधन उल्लंघन भएको दाबी गरिएको छ । अमेरिकी संविधानले अमेरिकी माटोमा जन्मेकाहरू जन्मका आधारमा स्वत: नागरिक हुने व्याख्या गरेको छ । 'संयुक्त राज्य अमेरिका वा यसको अधिकार क्षेत्रको अधिनमा जन्मेका सबै व्यक्तिहरू संयुक्त राज्य अमेरिका र उनीहरू बस्ने राज्यका नागरिक हुन्,' अमेरिकी संविधानको १४ ‍औं संशोधनमा उल्लेख छ ।

'हाम्रो राष्ट्रको ठूलो वाचा यो हो कि यहाँ जन्मेका सबै संयुक्त राज्य अमेरिकाका नागरिक हुन्, र अमेरिकी सपना हासिल गर्न सक्षम छन्,' न्युयोर्कका महान्यायाधिवक्ता लेटिटिया जेम्सले सीबीएस न्यूजसँग भनेका छन् । मुद्दामा राष्ट्रपतिको कार्यकारी आदेशको कार्यान्वयन प्रारम्भिक आदेशमार्फत रोक्न र अन्ततः अमान्य घोषित गर्न माग गरिएको छ ।

डेमोक्रेटिक राज्यहरू क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेयर, हवाई, मेइन, मेरिल्याण्ड, मासाचुसेट्स, मिसिगन, मिनेसोटा, नेभाडा, न्युजर्सी, न्युमेक्सिको, न्युयोर्क, नर्थ क्यारोलाइना, रोड आइल्याण्ड, भर्मन्ट र विस्कन्सिन राज्यले ट्रम्पको आदेशविरूद्ध मुद्दा दायर गरेका हुन् ।

क्यालिफोर्नियाका महान्यायाधिवक्ता रब बोन्टाले एक विज्ञप्ति जारी गर्दै जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने राष्ट्रपतिको कार्यकारी आदेश प्रष्ट रूपमा असंवैधानिक भएको जनाएका छन् । 'हामी यो आदेश प्रभावकारी हुनबाट तुरुन्तै रोक्न र यस आदेशबाट प्रभावित अमेरिकामा जन्मेका बालबालिकाहरूको अधिकार कायम सुनिश्चित गर्न अदालतलाई आग्रह गरिरहेका छौं,' उनले भनेका छन् ।




इलिनोइ, एरिजोना, वासिङ्टन र ओरेगन राज्यले पनि कार्यकारी आदेशविरूद्ध वासिङ्गटन राज्यको सियाटलस्थित संघीय अदालतमा छुट्टै मुद्दा दायर गरेका छन् । इलिनोइका महान्यायाधिवक्ता क्वामे राउलले एक विज्ञप्ति जारी गर्दै अमेरिकी सर्वोच्च अदालतले दुईपटक समर्थन गरेको जन्मसिद्ध नागिरकताको अधिकारलाई अस्वीकार गर्नु समाधान नभएको बताएका छन् ।

ट्रम्पले आफ्नो आदेश ३० दिनभित्र लागू गर्न निर्देशन दिएका छन् । तर यो आदेश जारी भएलगत्तै अमेरिकन सिभिल लिबर्टीज युनियन र अन्य पैरवी समूहहरूले यसलाई चुनौति दिँदै मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...