मुख्य समाचार
ट्रम्पको जन्मसिद्ध नागरिकता हटाउन खोज्ने कार्यकारी आदेश रोक्न माग गर्दै संघीय अदालतमा मुद्दा दायर
ट्रम्पको जन्मसिद्ध नागरिकता हटाउन खोज्ने कार्यकारी आदेश रोक्न माग गर्दै संघीय अदालतमा मुद्दा दायर

— डेमोक्रेटिक राज्यका महान्यायाधिवक्ताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता हटाउन खोज्ने कार्यकारी आदेश रोक्न माग गर्दै मंगलबार संघीय अदालतमा मुद्दा दायर गरेका छन् ।


सोमबार पदभार ग्रहण गरेलगत्तै ट्रम्पले अमेरिकामा गैरकानूनी रूपमा रहेका महिलाका सन्तान वा कानुनी रूपमा स्थायी बासिन्दा नभएकाहरूका सन्तानलाई राहदानी, नागरिकता प्रमाणपत्र र अन्य कागजात उपलब्ध नगराउन निर्देशन दिने आदेश जारी गरेका थिए ।


तर उनको आदेशविरूद्ध मासाचुसेट्सको संघीय अदालतमा १८ वटा राज्यले मुद्दामा दायर गरेका हुन् । मुद्दामा सान फ्रान्सिस्को र वासिङ्टन डीसी सहरहरू पनि संलग्न रहेका सीएनएनले जनाएको छ ।

मुद्दामा ट्रम्पको आदेशले अमेरिकी संविधानको १४ ‍औं संसोधन उल्लंघन भएको दाबी गरिएको छ । अमेरिकी संविधानले अमेरिकी माटोमा जन्मेकाहरू जन्मका आधारमा स्वत: नागरिक हुने व्याख्या गरेको छ । 'संयुक्त राज्य अमेरिका वा यसको अधिकार क्षेत्रको अधिनमा जन्मेका सबै व्यक्तिहरू संयुक्त राज्य अमेरिका र उनीहरू बस्ने राज्यका नागरिक हुन्,' अमेरिकी संविधानको १४ ‍औं संशोधनमा उल्लेख छ ।

'हाम्रो राष्ट्रको ठूलो वाचा यो हो कि यहाँ जन्मेका सबै संयुक्त राज्य अमेरिकाका नागरिक हुन्, र अमेरिकी सपना हासिल गर्न सक्षम छन्,' न्युयोर्कका महान्यायाधिवक्ता लेटिटिया जेम्सले सीबीएस न्यूजसँग भनेका छन् । मुद्दामा राष्ट्रपतिको कार्यकारी आदेशको कार्यान्वयन प्रारम्भिक आदेशमार्फत रोक्न र अन्ततः अमान्य घोषित गर्न माग गरिएको छ ।

डेमोक्रेटिक राज्यहरू क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेयर, हवाई, मेइन, मेरिल्याण्ड, मासाचुसेट्स, मिसिगन, मिनेसोटा, नेभाडा, न्युजर्सी, न्युमेक्सिको, न्युयोर्क, नर्थ क्यारोलाइना, रोड आइल्याण्ड, भर्मन्ट र विस्कन्सिन राज्यले ट्रम्पको आदेशविरूद्ध मुद्दा दायर गरेका हुन् ।

क्यालिफोर्नियाका महान्यायाधिवक्ता रब बोन्टाले एक विज्ञप्ति जारी गर्दै जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने राष्ट्रपतिको कार्यकारी आदेश प्रष्ट रूपमा असंवैधानिक भएको जनाएका छन् । 'हामी यो आदेश प्रभावकारी हुनबाट तुरुन्तै रोक्न र यस आदेशबाट प्रभावित अमेरिकामा जन्मेका बालबालिकाहरूको अधिकार कायम सुनिश्चित गर्न अदालतलाई आग्रह गरिरहेका छौं,' उनले भनेका छन् ।




इलिनोइ, एरिजोना, वासिङ्टन र ओरेगन राज्यले पनि कार्यकारी आदेशविरूद्ध वासिङ्गटन राज्यको सियाटलस्थित संघीय अदालतमा छुट्टै मुद्दा दायर गरेका छन् । इलिनोइका महान्यायाधिवक्ता क्वामे राउलले एक विज्ञप्ति जारी गर्दै अमेरिकी सर्वोच्च अदालतले दुईपटक समर्थन गरेको जन्मसिद्ध नागिरकताको अधिकारलाई अस्वीकार गर्नु समाधान नभएको बताएका छन् ।

ट्रम्पले आफ्नो आदेश ३० दिनभित्र लागू गर्न निर्देशन दिएका छन् । तर यो आदेश जारी भएलगत्तै अमेरिकन सिभिल लिबर्टीज युनियन र अन्य पैरवी समूहहरूले यसलाई चुनौति दिँदै मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...