मुख्य समाचार
नेटफ्ल्क्सिको विश्वब्यापी सब्सक्राइबर संख्या ३० करोड १६ लाख पुगेको छ, ‘स्क्विड गेम २’ले आए धेरै दर्शक
नेटफ्ल्क्सिको विश्वब्यापी सब्सक्राइबर संख्या ३० करोड १६ लाख पुगेको छ, ‘स्क्विड गेम २’ले आए धेरै दर्शक

। सन् २०२४ मा नेटफ्ल्क्सिको विश्वब्यापी सब्सक्राइबर संख्या ३० करोड १६ लाख पुगेको छ । विश्वकै सबैभन्दा ठूलो फिल्म र सिरिजको यो ओटीटी प्लाटफर्मले गतवर्षको तथ्यांक सार्वजनिक गरेको हो ।

अक्टोबर-डिसेम्बर अवधिमा ९.१८ मिलियन सशुल्क सदस्य थपिएका थिए । सन् २०२४ को तेस्रो चौंथाइमा प्लाटफर्मका ५.१ मिलियन सशुल्क ग्राहक थपिएका छन् । सो अवधिमा विश्वब्यापी २८२.७२ मिलियन सब्सक्राइबर थपिएका छन् । यो भनेको अघिल्लो वर्षको भन्दा १४ प्रतिशतले वृद्धि हो ।




वर्षको अन्त्यतिर रिलिज भएको ‘स्क्विड गेम सिजन २’ र ज्याक पौल-माइक टाइसनको लाइभ बक्सिङ इभेन्टमार्फत नेटफ्ल्क्सिले सर्वाधिक धेरै सब्सक्राइड आकर्षित गर्न सक्यो । यो जानकारी नेटफ्ल्क्सिले सेयर होल्डर्सलाई समेत पत्रमार्फत गराएको छ ।

सो वर्षमा अमेरिका र क्यानडामा ४.८२ मिलियन, युरोप-मध्यपूर्व र अफ्रिकामा ५ मिलियन, ल्याटिन अमेरिकामा ४.१५ मिलियन र एसिया प्रशान्त क्षेत्रमा ४.९४ मिलियन ग्राहक थपेको छ । नेटफ्ल्क्सिको न्यूनतम सब्सक्राइब मूल्य ४.२० डलर छ । यसरी कूल सब्सक्राइब गर्दा प्लाटफर्मले १०.११ बिलियन डलर कमाइ गरेको वालस्ट्रिट जर्नलले जनाएको छ ।



सन् २०२५ मा नेटफ्ल्क्सिले अमेरिका, क्यानडा, पोर्चुगल र अर्जेन्टिनामा शुल्कमा वृद्धि गर्दैछ । यसवर्ष नेटफ्ल्क्सिले ‘स्ट्रेन्जर थिंग्स’ र ‘स्क्विड गेम’को अन्तिम सिजन रिलिज गर्ने तयारी गरिरहेको छ । सन् २०२४ मा नेटफ्ल्क्सिका ३०० मिलियन (३० करोड) ग्राहक थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनबाट सुरु भएको चर्चा छ । बिहीबार साँझ अभिनेत्री लेना डनहाम, स्विफ्टका लामो समयदेखि सहकार्य गर्दै आएका निर्माता ज्याक एन्टोनोफलगायत दम्पतीका चर्चित साथी औपचारिक पोशाकमा कार्यक्रममा पुगेका देखिएका थिए । हवाई दृश्यमा कालो एसयूभीहरूको लामो लर्को सेतो क्यानोपी ...
। एआईबाट आफ्ना मौलिक गीतलाई तोडमोड गरेर पुनरुत्पादन गर्ने तथा प्रतिलिपि अधिकार उल्लंघन गर्ने ९५ युट्युब च्यानलविरुद्ध कलाकार विमल अधिकारीले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् । केही दिनअघि उनले दर्ता गराएको उजुरीमा ती युट्युब च्यानलबाट क्षतिपूर्ति पाउनुपर्ने र कार्वाही हुनुपर्ने माग गरेका छन् । आफ्ना डेढसय जति गीतलाई एआईबाट तोडमोड गरेर सोसल मिडियामा हालिएको र ...
। पपगायक सुगम पोखरेलले आफ्ना मौलिक गीतलाई एआईबाट तोडमोड गरेर डिजिटल प्लाटफर्ममा हाल्नेविरुद्ध कानुनी कार्वाहीको चेतावनी दिएका छन् । उनले संगीतकर्मी समेत रहेका प्रधानमन्त्री बालेनको ध्यानाकर्षण पनि गराएका छन् । सामाजिक सञ्जालमार्फत सुगमले आफ्ना गीतलाई त्यसरी सोसल मिडियामा पोस्ट गर्नेको एकाउन्टको स्क्रिन सट पनि सेयर गरेका छन् । उनले यस्तो कार्य गैरकानुनी रहेको बताउँदै कानुनी दायरामा ...
। पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारेको हलिउड फिल्म ‘तेन्जिङ’को प्रदर्शन ९ अक्टोबरमा हुने भएको छ । नेपालमा छायांकन भएको यो फिल्ममा शेर्पाको भूमिकामा गेन्डेन फुन्टसोक र एडमन्ड हिलारीको भूमिकामा टम हिडल्टसनले अभिनय गरेका छन् । प्रविधि कम्पनी एप्पलले यो फिल्म निर्माण गरेको हो । एप्पल प्लसमा चाहिँ १६ अक्टोबरमा आउनेछ । यो फिल्मलाई सगमाथा क्षेत्र, ...
। काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ गरेको छ । महानगरले शुक्रबार खुलामञ्चमा विशेष कार्यक्रम आयोजना गर्दै महोत्सवको सुरुआत गरेको हो । महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले महोत्सवको उद्घाटन गरिन् । महोत्सवको पहिलो दिन अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरियो । महानगरपालिकाका अनुसार ...