मुख्य समाचार
पर्यटकीय खेल र्‍याफ्टिङमा अब राष्ट्रिय प्रतियोगिता आयोजना हुने
पर्यटकीय खेल र्‍याफ्टिङमा अब राष्ट्रिय प्रतियोगिता आयोजना हुने

। साहसिक पर्यटकीय खेल र्‍याफ्टिङमा अब राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले आफ्नो वार्षिक विकास कार्यक्रम अन्तर्गत ‘नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप २०८१’ (अल्ट्रा र्‍याफ्टिङ म्याराथन) आयोजना गर्न लागेको जनाएको छ ।




यसअघि र्‍याफ्टिङलाई साहसिक पर्यटकीय गतिविधिका रूपमा मात्र हेरिन्थ्यो । प्रतियोगिता १६ र १७ माघमा सञ्चालन गरिने परिषद्ले जनाएको छ । परिषद् अनुसार मनकामना (फिस्लिङ) बाट देवघाटसम्म यो प्रतियोगिता चल्ने छ ।

परिषद्ले प्रतियोगितामा सहभागी हुन इच्छुक टिमलाई आह्वान गरेको छ । प्रतियोगितामा सहभागी हुन आउने सबै टिमले खेल सामग्री (लाइफ ज्याकेज, हेल्मेट, प्याडल, र्‍याफ्ट) सहित आफैं व्यवस्थापन गर्नुपर्ने छ ।



टिमका सबै खेलाडी पौडी खेल्न जानेको हुनुपर्ने सर्त राखिएको छ । मादक पदार्थ सेवन निषेध गरिएको छ । प्रतियोगिताका विजेताले नगद, मेडल र प्रमाणपत्र पाउने छन् । हरेक टिममा ७ जना खेलाडी हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— युरोपा लिगका लिग चरणका खेल बिहीबार सकिएका छन् । लियोन तथा एस्टन भिल्ला शीर्ष दुईमा रहे । यस्तै मिडट्जल्यान्ड, रियल बेटिस, पोर्टो, ब्राग, फ्रेबर्ग र रोमा शीर्ष आठमा रहेर अन्तिम १६ मा प्रवेश गरेका छन् । यस्तै नवौंदेखि २४ औं स्थानसम्म रहने टिमले अब अन्तिम १६ मा प्रवेशका लागि प्ले अफ खेल्नेछन् । अन्तिम दिनका प्रमुख ...
: नेदरल्यान्ड्स महिला क्रिकेट टोली पहिलो पटक महिला टी-२० विश्वकपमा छनोट भएको छ। नेपालमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको सुपर सिक्स अन्तर्गत पहिलो खेलमा अमेरिकालाई हराउँदै विश्वकपका लागि छनोट भएको हो। त्रिवी क्रिकेट मैदानमा अमेरिकालाई डीएलएस (डकवर्थ लुइस स्ट्रेन)को माध्यमबाट २१ रनले हराउँदै नेदरल्यानड्सले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो। टस जितेर ब्याटिङ ...
: आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरीको स्थान सुधार भएको छ। आइसीसील बुधबार सार्वजनिक गरेको वरीयतामा ऐरी आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन्। त्यस्तै कुशल भुर्तेलले पनि अलराउन्डर वरीयतामा २ स्थान सुधार गरेका छन्। उनी २६ औं स्थानबाट २४ औं स्थानमा उक्लिएका हुन्। कप्तान रोहित पौडेलको भने अलराउन्डर वरीयता खस्किएको छ। रोहित ४३ ...
आईसीसी टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र छैटौं स्थानमा उक्लिए
फागुरामको दुई गोलमा प्लानिङ ब्वाइजको पुनरागमन
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम