मुख्य समाचार
ट्रम्पले एआई प्रवर्द्धन गर्न ५०० अर्ब डलरको लगानी गरिने बताए
ट्रम्पले एआई प्रवर्द्धन गर्न ५०० अर्ब डलरको लगानी गरिने बताए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पूर्वाधार प्रवर्द्धन गर्न ठूलो मात्रामा लगानी गर्ने घोषणा गरेका छन्।

बीबीसीका अनुसार ट्रम्पले एआई प्रवर्द्धन गर्न ५०० अर्ब डलरको लगानी गरिने बताएका छन् । यसबाट एक लाख नयाँ रोजगारी सिर्जना हुने उनको विश्वास छ।




ट्रम्पले सफ्टबैंकका प्रमुख कार्यकारी अधिकृत मासायोसी सन, ओपेनएआईका प्रमुख साम अल्टम्यान र ओर्‍याकलका अध्यक्ष ल्यारी एलिसनसँगै ह्वाइट हाउसमा स्टारगेट परियोजना उद्घाटन गरेका हुन् ।

ट्रम्पले यसका लागि पूर्वराष्ट्रपति जो बाइडेनले जारी गरेको एआईसम्बन्धी कार्यकारी आदेशलाई उल्ट्याई दिएका छन् ।



आगामी पाँच वर्षमा प्रविधि क्षेत्रका ठूला कम्पनीहरू ओर्‍याकल, ओपन एआई र सफ्टबैंकले गर्नेछन्।

ट्रम्पले यसका लागि नयाँ अमेरिकी एआई कम्पनी ‘स्टारगेट’ स्थापना गर्ने पनि घोषणा गरेका छन्।

ओर्‍याकलका वरिष्ठ अधिकारी एलिसनले टेक्सासमा डेटा सेन्टर निर्माण गर्ने काम पहिले नै सुरु भइसकेको जानकारी दिएका छन्। हाल त्यहाँ १० वटा भवन निर्माणाधीन छन् र थप १० भवन पनि निर्माण गर्ने ओर्‍याकलको योजना रहेको छ ।

ओपन एआई कम्पनीका प्रमुख साम अल्टम्यानले यसलाई यो युगको सबैभन्दा महत्वपूर्ण परियोजनाको संज्ञा दिएका छन् । उनको भनाइ छ, ‘यो ट्रम्पबिना सम्भव हुने थिएन।‘

सफ्टबैंक कम्पनीका मासायोसी सनले ट्रम्पका भनाइलाई दोहोर्‍याउँदै भने, ‘यो अमेरिकाको स्वर्ण युगको सुरुवात हो।‘

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...