मुख्य समाचार
नेपाल प्रहरीको नियन्त्रणमा रहेका एक जना नाइजेरियन नागरिक फरार
नेपाल प्रहरीको नियन्त्रणमा रहेका एक जना नाइजेरियन नागरिक फरार

। नेपाल प्रहरीको नियन्त्रणमा रहेका एक जना नाइजेरियन नागरिक फरार भएका छन् ।

अध्यागमन विभागको निर्देशनमा वलुवासोगो ग्लोरी ओडे नाम गरेका नाइजेरियन नागरिकलाई प्रहरीले भोजपुरको पौवादुम्मा गाउँपालिका–३ बाट प्रहरीले हिजो (सोमबार) साँझ पक्राउ गरेको थियो ।




फुटबल खेलमा सहभागी भएको अवस्थामा फेला पारी पक्राउ परेका ती व्यक्ति को १ झ ६१६ नम्बरको गाडीमा राखेर अध्यागमन विभाग, मुद्दा शाखा कालिकास्थान काठमाडौंका लागि ल्याईंदै गरेको अवस्थामा फरार भएका हुन् ।

प्रहरीका अनुसार उनी मंगलबार साँझ लगभग ६ बजेको समयमा सिन्धुलीको खुर्कोट आसपासबाट शौचालय गराउने क्रममा हाम फालेर फरार भएको प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार उनको हुलिया कालो ज्योक, कालो ट्राृजर, कपाल छोटो (कर्ली), कालो वर्णका अन्दाजी २५ वर्षको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुकुम पूर्वमा प्रहरीले ठूलो परिमाणमा भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व मातहतका विभिन्न इकाइहरूले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा ९ नाल भरुवा बन्दुक फेला परेको हो। इलाका प्रहरी कार्यालय काँक्री, रुकुम पूर्वले पुस २४ गते भूमे गाउँपालिका–२ ढुसीडाँडास्थित बनमाराको जंगलमा लुकाइ छिपाइ राखिएको अवस्थामा १ नाल साबुत र ६ नाल ...
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सभापति बन्नका लागि आग्रह गरेको दाबी गरेका छन्। विशेष महाधिवेशनको उद्‍घाटन सत्रमा सम्बोधन गर्दै उनले आफू र विश्वप्रकाश शर्मा उनकै निवास गएर उक्त आग्रह गरेको बताए। 'कार्यवाहक सभापतिको घरमा हात जोडेर सभापति बन्नुस् भनेका छौं। त्यति गर्दा पनि उहाँहरूको उपस्थिति आज भएन। य दुःखद कुरा हो,' ...
: ठूलो परिमाणको लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानले लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणको लागुऔषध सहित उनीहरूलाई पक्राउ गरेको डीएसपी भीषणबाबू राईले बताए। आइतबार बिहान प्रहरी हवलदार खेम बरालको कमाण्डमा खटिएको तीन जनाको गस्ती टोलीले धरान उप–महानगरपालिका–१७ मा कालाबञ्जारबाट धरानतर्फ आउँदै गरेको को १८ प ४२५६ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो। ...
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्रा केस्रा) केलाएर छलफल गरिने बताएका छन्। आइतबार काठमाडौंमा सुरू भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा संकलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट ...
: विराटनगरका सडकमा वर्षौँदेखि देखिँदै आएको सिटी सफारी (ई–रिक्सा)को अव्यवस्थित, असुरक्षित र मनपरी सञ्चालनलाई अन्त्य गर्ने उद्देश्यसहित नयाँ अभियान सुरु गरिएको छ। यात्रु सुरक्षालाई केन्द्रमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले अघि सारेको ‘सुरक्षित चालक’ अभियानअन्तर्गत अब विराटनगरमा चल्ने सिटी सफारी चालक ट्राफिक प्रहरीद्वारा प्रशिक्षित, प्रमाणित र स्पष्ट पहिचानसहित सडकमा देखिने छन्। अभियानमार्फत लाइसेन्सविहीन चालक, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम