मुख्य समाचार
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने

। आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र राखिएको छ । नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच तालमेल मिलेपछि परिचयपत्र एपमा राखिएको सूचना प्रविधि विभागका निर्देशक रमेश शर्मा पौडेलले जानकारी दिए ।

उनले अनलाइनखबरसँग भने, ‘हामीले मंगलबार दिउँसोबाट नागरिक एपभित्रै राष्ट्रिय परिचयपत्र देखिने गरी ल्याएका छौं।अब राष्ट्रिय परिचय पत्र छापिएर आएका सबै नागरिकको परिचयपत्र त्यहाँ हेर्न सकिनेछ।’




उनका अनुसार नागरिक एपभित्र ‘नेसनल आईडी’ अप्सनमा गएर त्यहाँ आफ्नो परियचपत्र नम्बर (निन नम्बर) राखेपछि सम्बन्धित नागरिकको परिचयपत्र देखापर्छ । गत कात्तिक २ को मन्त्रिपरिषद् बैठकले अन्तरआबद्धताका लागि स्वीकृति दिएको थियो।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपलाई थप प्राविधिक परीक्षण गरिएपछि आजदेखि प्रयोगमा ल्याइएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक युवराज कट्टेलले बताए ।



उनले भने, ‘सूचना प्रविधि विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आवश्यक सबै परीक्षणपछि राष्ट्रिय परिचयपत्र सबै नागरिकले अनुभूत हुनेगरी सार्वजनिक गरेका छौं।’ सूचना प्रविधि विभाग र नागरिक एपबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको थियो ।

अब राष्ट्रिय परिचय पत्र नम्बर (निन) पाएका १ करोड ६१ लाख नागरिकले राहदानी, बैंक अकाउन्ट, टेलिकमको सिमकार्ड लगायतका सेवा सहजै लिन पाउनेछन् ।-शिवराज अधिकारी,निर्देशक,पञ्जीकरण विभाग
यता, सूचना प्रविधि विभागका निर्देशक पौडेलेका अनुसार आज मात्रै १ हजारभन्दा बढीको आवेदन परेको छ भने हाल करिब ५५ लाख प्रयोगकर्ताले नागरिक एप डाउनलोड गरेका छन्। यस्तै एन्ड्रोइडमा ४९ लाख १० हजार ५ सय ९६, एप्पलको आईओएसमा ६ लाख १२ हजार १ सय १५ र वेबसाइटमा २ हजार ३२७ पटक डाउनलोड भइसकेको छ। एपमा हाल ३५ वटा निकायका ६२ वटा सेवा तथा सूचना आबद्ध गरिएको छ। नेपाल राष्ट्र बैंकले आगामी १ माघदेखि राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा बैंक खाता खोल्ने निर्देशन दिएको थियो ।


राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत हालसम्म १ करोड ६५ लाखभन्दा बढी नागरिकको विवरण दर्ता भइसकेको र हालसम्म ६० लाखभन्दा बढी परिचयपत्र छापिएको पञ्जीकरण विभागका निर्देशक एवं प्रवक्ता प्रमुख शिवराज अधिकारीले जानकारी दिए।

उनले अनलाइनखबरसँग भने, ‘हालसम्म १ करोड ६५ लाखभन्दा बढी नागरिकको विवरण दर्ता भइसकेको छ भने १ करोड ६१ लाख निन नम्बर (राष्ट्रिय परिचयपत्र नम्बर) पाएका नम्बर पाएका छन् । निन नम्बर (राष्ट्रिय परिचयपत्र) पाएकाले अब राहदानी बनाउन मिल्‍छ। साथै सरकारले दिने सेवाहरूमा प्रयोग गर्न सक्‍नेछन् ।’



उनका अनुसार अब राष्ट्रियपत्र नम्बर (निन) पाएका १ करोड ६१ लाख नागरिकले राहदानी, बैंक अकाउन्ट, टेलिकमको सिमकार्ड लगायतका सेवा सहजै लिन पाउनेछन् । ‘निन नम्बर पाइसकेका नागरिकले अब छापिएर आएको राष्ट्रिय परिचयपत्र भौतिक रुपमा नलिइकन राहदानी, टेलिकमको सिम, बैंक अकाउन्टलगायत सरकार दिने डिजिटल सेवा लिन सक्‍नेछन्,’ उनले भने, ‘ त्यसको लागि सम्बन्धित सरकारी अधिकारीहरूले क्यूआर र निन नम्बरलाई स्क्यान गरेर भेरिफिकेशन गर्नेछन्।’

यसका साथै २० लाख नागरिकले छापिएर आएको आफ्नो राष्ट्रिय परिचयपत्र भौतिक रुपमै पाइसकेको निर्देशक अधिकारीको भनाइ छ। उनका अनुसार ५५ लाख वटा कार्ड विभिन्न जिल्लामा पठाइएका छन् मुगु, डोल्पा र हुम्लाबाहेक देशभरबाट परिचयपत्रका लागि नागरिकले विवरण दर्ता गराएका छन् । देशभर राष्ट्रिय परिचयपत्र नम्बर लिन भने अनेक सकस झेलिरहेको नागरिकहरूले गुनासो गरिरहेका छन् ।

तर पछिल्लो समय धेरै सेवा दिने कार्यालयले प्रक्रिया झञ्झटिलो बनाएर सेवाग्राहीबाट अतिरिक्त लाभ लिनेदेखि विचौलियालाई फाइदा हुने काम गरिरहेकाले नागरिक एप प्रणालीको प्रयोग बढाउन सके सेवाग्राहीले सरकारी कर्मचारीको अनुहार नै हेर्नु नपर्ने व्यवस्थासम्म पुग्न सकिने दाबी अधिकारीहरुको छ ।

नागरिक एप प्रणालीले नागरिकले चाहेमा एपमार्फत स्वीकति दिएको अवस्थामा मात्रै एउटा सेवाका लागि अर्को प्रणालीबाट तथ्यांक तान्छ । अहिले नागरिक एपबाट ‘क्यूआर कोड’ स्क्यान गरेर वा निन नम्बरबाट दुई मिनेटमै बैंकमा खाता खोल्न र र राहदानी विभागमा फारम भर्न सकिन्छ ।

यसैगरी सरकारी कार्यालयहरुले आफ्नो सेवालाई स्क्यान प्रणालीबाट राखे भने एपमार्फत सेवाग्राहीले स्क्यान गरेर आफ्नो विवरण कार्यालयसम्म पठाउन सक्ने अवस्था भइसकेको छ ।

नागरिक एपमार्फत प्रणालीहरु लिंक गर्दा नागरिकको तथ्यांक सुरक्षित हुने थप कानुनी तथा प्राविधिक व्यवस्था गरेर यसको विश्वसनीयता बढाउन सकिने विज्ञहरु बताउँछन् ।

सूचना प्रविधि विज्ञ मनोहर भट्टराई एउटा सरकारी कार्यालयले खिचेको फोटो, लिएको बायोमेट्रिक र संकलन गरेको विवरण अर्को कार्यालयको प्रणालीसँग जोड्नसके सेवाग्राहीले कार्यालय पिच्छे यस्ता कागजात पेश गर्नु नपर्ने बताउँछन् ।

‘लाइन हटाएर प्रभावकारी अनलाइन प्रणाली प्रयोगमा ल्याउन सबैभन्दा ठूलो कुरा राजनीतिक–प्रशासनिक प्रतिवद्धता चाहिन्छ’, उनी भन्छन्, ‘यसलाई कार्यरुप दिन संस्थागत क्षमता वृद्धि र दक्ष जनशक्ति आवश्यक पर्छ । तर प्रशासनिक र राजनीतिक तहमा इच्छाशक्ति पनि चाहिन्छ ।’

अनलाइनबाट सरकारी सेवा दिन एउटा राष्ट्रिय अवधारणा चाहिने भन्दै उनले सेवा लिन रातिदेखि लाइन बस्नुपर्ने बाध्यता अब आधा घटेर जाने उनको भनाइ छ ।

सरकारले चाहेमा विश्वको जुनसुकै ठाउँबाट केही समयमै उत्कृष्ट प्रविधि भित्र्याएर अनलाइन सेवा प्रभावकारी बनाउन सक्ने उनी बताउँछन् । ‘तर, नेता र प्रशासकमा त्यसो गर्ने इच्छाशक्ति ल्याउन भने हामीले सकेनौं’, सूचना प्रविधि विज्ञ भट्टराई भन्छन् ।


नागरिक एपबाट थप के-के सुविधा पाउन सकिन्छ ?

सरकारले ल्याएको नागरिक एपबाटै केही दिनमै सिंहदरबार प्रवेश गर्न आवश्यक पाससमेत लिन सकिने व्यवस्था गर्दैछ । एपमार्फत आफू जान चाहेको मन्त्रालयलाई पासका लागि अनुरोध गर्ने र मन्त्रालयले स्वीकृत गरेपछि एपमा नोटिफिकेसन आउने व्यवस्था गर्न लागेको सूचना प्रविधि विभागका निर्देशक रमेश शर्मा पौडेल बताउँछन् ।

उनका अनुसार नागरिक एपमा स्क्यानको अप्सन आउनेछ र सिंहदरबारको गेटमा टाँसिने क्यूआर कोडमा स्क्यान गरेर पासको आधिकारिकता जाँचेपछि भित्र जान पाइनेछ।

यस्तै नागरिक एपमार्फत नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतले दिंदै आएको सेवा सुविधाहरु पनि थप हुँदैछ । नागरिक एपबाटै प्रक्रिया पूरा गरेर केही मिनेटमै स्थायी लेखा नम्बर (प्यान) लिन सकिन्छ ।

प्रहरीबाट चारित्रिक प्रमाणपत्र लिन समेत नागरिक एपमा सेवा उपलब्ध गराइसकेको छ भने हेलो सरकारमा आफ्नो गुनासो र उजुरी दर्ता गर्न समेत नगरिक एपमार्फत सेवा दिइएको उनको भनाइ छ ।

त्यतिमात्रै नभएर ट्राफिक नियम उल्लंघन गर्दा क्यूआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले प्रणालीमा चिट नम्बर, उल्लंघन गरेको नियम र जरिवाना रकम भर्नेछन् । यस्तो ई–चलानको नोटिफिकेसन (डिजिटल चिट) चालकको नागरिक एपमा आउनेछ । र, त्यहाँ ‘पे नाउ’को अप्सनमा चिट नम्बर राखेर मोबाइल बैंकिङ वा डिजिटल वालेटबाट तुरुन्तै जरिवाना तिर्न सकिनेछ ।



नागरिक एपमा अहिले प्रयोगकर्ताले नागरिकता, राहदानी, लाइसेन्स, प्रेस कार्ड, स्वास्थ्य बीमा कार्ड, शैक्षिक प्रमाणपत्र, मतदाता परिचयपत्र, लोकसेवा, वैदेशिक रोजगारको श्रम स्वीकृत गर्ने प्रणाली, वैदेशिक अध्ययनको लागि नो अब्जेक्सन लिने प्रणाली, प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपाल विद्युत प्राधिकरण तथा केयूकेएलको महशुल प्रणालीलाई लिंक गर्न सक्नेछन् । मौसम पूर्वानुमान र वैदेशिक विनियम दरको जानकारी दिनेसम्मका सुविधा नागरिक एपमा राखिएको छ ।

यो एपमा स्थानीय तहको वेबसाइट र त्यसका सेवालाई लिंक गर्न सक्ने गरी प्रणाली तयार गरिएको छ । अहिले पनि स्थानीय तहका वेबसाइटका सबै विवरणहरु एपबाटै हेर्न सकिन्छ ।

यसैगरी नागरिक एपमा व्यक्तिगत कागजात समावेश हुने र यसलाई सेवा प्रवाहमा पनि जोडेमा सरकारी कामकाजका लागि कागजपत्र बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्त हुने उनको दाबी छ ।

‘अब सरकारले व्यक्तिका सबै सरकारी परिचयपत्रहरु एकै ठाउँ (नागरिक एप)मा राख्ने तयारी गरेको छ, जसका कारण सरकारी सेवा लिन सक्ने गरी केही काम भइसकेका छन् भने केही अन्तिम चरणमा छन् ।’ उनले भने ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारमा सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गरेका थिए ।

उनले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका थिए भने सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न सक्ने र लगानी स्वदेश र विदेशमा आदानप्रदान हुने खालका सहजीकरणका व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको भन्दै आइटी उद्यमीहरूले प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद पनि दिएका थिए ।



अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आए पनि सरकारले केही अत्यावश्यक सेवालाई डिजिटलाइज्ड गर्ने पनि प्रधानमन्त्री ओलीले स्पष्ट गरेका थिए ।

प्रधानमन्त्री ओलीलेका भनेका थिए, ‘अब हामी एकै दिन कम्पनी दर्ता, भ्याट दर्तादेखि अरु चिजहरु घरमै बसेर गर्न सकिने प्रणाली विकास गर्दैछौ,म यो गर्न चाहन्छु भनेर गर्न सक्ने त्यो प्रविधिको सुरु गर्दैछौं र त्यो छोटो समयभित्र हामी सफल बनाउँछौं ।’

सरकारले २ माघ २०७५ मा नागरिक एप सार्वजनिक गरेको थियो । २०७४ को आम चुनावपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले यो एप निर्माण गरेर प्रयोगमा ल्याएको थियो ।

२०७८ सालमा ओली सरकारबाट बाहिरिएपछि अरु सरकारले यो एपलाई अपडेट राख्ने, सेवाहरु अन्तरआवद्ध गर्ने र एपलाई प्राविधिक रुपमा चुस्त राख्ने काम गरेनन् । एपका लागि वर्षमा ५० लाख रुपैयाँ बजेट पनि नपाएपछि राष्ट्रिय सूचना प्रविधि केन्द्रले एपको विकास र यसैमार्फत सेवा लिन सक्ने प्रणाली नै बनाएन ।

त्यसपछि ओली सरकारमा आइसकेपछि नागरिक एपलाई थप प्रभावकारी बनाउने गरी कामलाई निरन्तरता दिन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। माइक्रोसफ्ट र ओपनएआईले मङ्गलबार उनीहरूको ऐतिहासिक कृत्रिम बौद्धिकता साझेदारीको व्यापक सुधारको घोषणा गरेका छन् । यसले दुवै कम्पनीहरूलाई उनीहरूको घनिष्ठ सहयोग कायम राख्दै अझ बढी स्वतन्त्रता प्रदान गर्दछ। ओपनएआई वेबसाइटमा सम्प्रेषित एक ब्लग पोष्टका अनुसार माइक्रोसफ्टले पुनर्गठित ओपनएआईको लगभग २७ प्रतिशत हिस्सा ओगटेको छ । यो हिस्सा अनुसार लगभग १३५ अर्ब डलर बराबरको लगानी माइक्रोसफ्टको ...
: अल्बानियाकी एआई मन्त्री डिएला गर्भवती छिन्। डिएला आर्टिफिसियल इन्टेलिजेन्समा आधारित विश्वकै पहिलो मन्त्री हुन्। उनले ८३ बच्चा जन्माउन लागेकी छन्। उनी रोबोटबाट गर्भवती भएको अल्बानियाका प्रधानमन्त्री एडी रामाले घोषणा गरेका हुन्। जर्मनीको बर्लिनमा आयोजित ग्लोबल डायलग सम्मेलनको क्रममा अल्बानियाकी प्रधानमन्त्री रामाले यो घोषणा गरेर सबैलाई चकित पारेका थिए। तर एआई ...
आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपन एआईले च्याट जीपीटी एटलास नामक वेब ब्राउजर लञ्च गरेको छ । एआई क्षमतायुक्त यो ब्राउजरले बजारमा प्रवेश गर्ने वित्तिकैबाट गुगलका लागि ठूलो चुनौती खडा गर्न सुरु गरिदिएको छ । च्याट जीपीटीको वेब ब्राउजर लञ्च भएको भोलिपल्टै इन्टरनेट जाएन्ट गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्यमा भारी गिरावट देखियो । सोही कारणले कम्पनीको बजार ...
: च्याटजीपीटी निर्माता ओपनएआईले आफ्नो पहिलो एआई–सञ्चालित वेब ब्राउजर ʻच्याटजीपीटी एटलसʼ लन्च गरेको छ। यसलाई धेरै विश्लेषकले गुगल क्रोमको सबैभन्दा ठुलो प्रतिद्वन्द्वीको रूपमा हेरेका छन्। कम्पनीका सीईओ साम अल्टम्यानले एटलसले परम्परागत ब्राउजर अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्ने बताए। यसले ठेगाना पट्टीको सट्टा सिधै च्याटजीपीटी इन्टरफेसबाट काम गर्ने उनले बताए। एटलसको पहिलो संस्करण हाल एप्पल ...
: दोलखाको गौरीशंकर गाउँपालिका–९ नाँ गाउँमा नेपाल टेलिकमको सेवा पुगेको छ। नेपाल टेलिकमले गाउँमा नमस्तेको मोबाइल टेलिफोन सेवा सञ्चालनमा ल्याएको हो। योसँगै नाँ गाउँका बासिन्दाले पहिलोपटक मोबाइल नेटवर्कमार्फत सञ्चार सुविधा पाउन थालेका छन्। नेपाल टेलिकमको सेवा सुचारु भएपछि गाउँमा सञ्चार सहज र प्रभावकारी बनेको वडा नं. ९ का वडाअध्यक्ष निमागेली शेर्पाले बताए। टेलिकम सेवाको विस्तारले ...
जापान विशेष
आजको विनिमय दर
स्वास्थ्य
‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले दुवै पार्टीमा तरंग ल्याएको छ । एकीकृत समाजवादीमा एकता माओवादीसँग कि एमालेसँग भन्नेमा ध्रुवीकरण भइरहेको छ । पार्टीको नेतृत्व पुनर्गठन नगरी हुने एकताको कुनै अर्थ नरहने केही नेताहरूको धारणा छ । यसै सन्दर्भमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी : अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने भनिएको छ। यो प्रक्रिया कहाँ पुग्यो ? अध्यक्षले वार्ता समिति बनाउनुभएको भन्ने कुरा पनि सुनेको हो । माओवादी पक्षबाट पनि वार्ता समिति बनेको भन्ने कुरा सुनिएको छ । उहाँहरूले वर्कआउट गर्नुभएको छ भन्ने कुरा पत्रपत्रिकाबाट सुनिएको छ । स्थायी कमिटीको यो बीचमा अब त्यो अध्यक्षले तोके बमोजिमकै मान्छे पठाएको हो । स्थायी कमिटीको बैठकमा यो बृहत्तर वामपन्थी एकता र ध्रुवीकरणको लागि वार्ता समिति बनाएका थियौं- बेदुराम कमरेडको अध्यक्षतामा फलानो फलानो नेताहरू भएको भनेर तीन जनाको नाम सार्वजनिक गर्नुभयो। त्यसपछि एकताका आधारहरू प्रस्तुत पनि गर्नुभएको थियो । ती एकताका आधारहरूमा सम्भावित वामपन्थी पार्टीहरूसँगको त्यति ठूलो अन्तरक्रिया, अन्तरघुलन अथवा इन्गेजमेन्ट नभएको, विप्लव नेतृत्वको नेकपासँग अथवा एमाले, अरू अरू पार्टीसँग नभएको, अलि अर्थपूर्ण ढंगले माओवादीसँग चाहिँ भएको, माओवादीसँग त एकता, नाम, झन्डासम्मका कुराहरू भइसकेको भन्ने कुरा त्यो स्थायी कमिटीको बैठकमा बताउनुभएको थियो। त्योभन्दा धेरै डेभलपमेन्ट त आज केन्द्रीय कमिटीको बैठक छ, त्यही ल्याउनुहुन्छ होला । त्योभन्दा धेरै चिज थाहा छैन। यो एकता प्रक्रियाप्रति तपाईंको धारणा के छ? वामपन्थी एकता, ध्रुवीकरणको पक्षमा त उभिँदै आएकै हो । जतिबेला पार्टीहरू कमजोर हुन्छन्, त्यतिबेला झन्डै वामपन्थी पार्टीहरूले एकताको गफ गरिरहेको इतिहास छ। एकता आफैंमा सुन्दर र राम्रो कुरा हो। एकताको विरोधी हुनुपर्ने पनि छैन । एकता विरोधी कोही हुन पनि सक्दैन। तर एकता प्रक्रियाभित्र के एजेन्डा छन् ? कस्ता शक्ति छन् ? र उनीहरूसँग हामी के एजेन्डामा, कस्तो रूपान्तरणमा एकता चाहिरहेका छौँ ? भन्ने कुरा बैठकमा एजेन्डाभित्र प्रवेश गरेपछि त्यसका मत मतान्तर राख्न सकिन्छ। समग्रमा बाहिर ब्यानरको हिसाबले एकता भन्ने कुरा सकारात्मक हो, राम्रो कुरा हो । त्यसको विरोध गर्नुपर्ने, असहमति राख्नुपर्ने कुनै कारण छैन। तर एकता प्रक्रियाभित्रका रुचिहरू, त्यहाँभित्रको कन्टेन्ट, विचारधाराको प्रश्न, एक हिसाबले एजेन्डाकै प्रश्न भनौँ न, त्यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ। बैठकमा एजेन्डासहित कुराहरू स्पष्ट आयो भने बल्ल आफ्नो मत राख्न सकिएला । अहिलेलाई त यति नै भन्न सकिन्छ कि एकता विरोधी त कोही पनि छैन, कोही हुनै सक्दैन, किनकि एकता सबैको लागि प्रिय चिज हो। तर त्यहाँभित्र सही विश्लेषण गरेर, नेपाली समाजको, नेपाली राजनीतिको, परिस्थितिको सही विश्लेषण गरिसकेपछि, इतिहासको संश्लेषण गरेर नीति, कार्यक्रम, विचारधाराको प्रश्नमा क्लियर गरेर त्यसपछि अझ एजेन्डा आउँछन्, कार्यक्रमिक हिसाबले त्यहाँ के गर्ने भन्ने आधारमा एकता कस्तो हुने, के हुने भन्ने कुराको निर्क्योल गर्छ र एकताले नेपाली समाजलाई कस्तो मैसेज दिन्छ भन्ने कुराको पनि निर्क्योल गर्छ। समाजवादीमा माओवादीसँग एकता गर्ने कि एमालेसँग एकता गर्ने कि भन्ने दुइटा खालको विचारधारा देखिन्छ नि ? अब हामी समाजवादीहरूको ठूलो हिस्साको मान्छेहरूको लागि एकता एमालेसँग हुनु राम्रो हो । किनकि एमाले नै हामीले निर्माण गरेको पार्टी हो । त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठन/पुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो । तर अब त्यो एकता किन सम्भव भएन र, त्यो बाटोतर्फ किन वार्ता समितिले संवाद गरेन र माओवादीसँग मात्रै डायलग गरिरहेको छ भन्ने प्रश्न पनि सम्भवत: यो बैठकमा हामीले उठाउँछौँ।
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम