मुख्य समाचार
ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग भएको घोषणा
ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग भएको घोषणा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग भएको घोषणा गरेका छन् । यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्दै उनले भनेका छन्, ‘यो एक ठूलो फैसला हो ।’

ट्रम्पका अनुसार अमेरिकाले अन्य देशको तुलनामा डब्ल्यूएचओमा आबद्ध हुँदा अनुचित मूल्य चुकाइरहेको छ । ट्रम्पले विश्व स्वास्थ्य संगठन कोरोना लगायतका महामारीमा असफल भएको भन्दै आलोचना गर्दै आएका छन् ।




मंगलबार ह्वाइटहाउसमा कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले संयुक्त राष्ट्रसंघले डब्ल्यूएचओमार्फत् अमेरिकालाई पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाए ।

अमेरिका पेरिस जलवायु सम्झौताबाट पनि बाहिरिएको छ । शपथ ग्रहणको केही घण्टापछि उनले पेरिस सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका हुन् ।



विश्व स्वास्थ्य संगठन र पेरिस सम्झौताबाट बाहिरिएपछि यस क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनको असरका कारण नवीकरणीय ऊर्जाको आवश्यकतामा बहस भइरहेका बेला ट्रम्पले भने जीवाष्म इन्धनको प्रयोगमा जोड दिँदै आएका छन् । अमेरिकामा ऊर्जाको आवश्यकता पूर्ति गर्ने क्रममा ‘नेशनल इनर्जी इमर्जेन्सी’ घोषणा गर्ने उनले बताएका छन् । साथै अमेरिकामा तेल र ग्याँस उत्खनन बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

अमेरिका फेरि पनि उत्पादक देश बन्ने बताउँदै उनले भने, ‘हामीसँग विश्वकै धेरै प्राकृतिक ग्याँस र तेल छ । हामीले यसको पूर्ण उपयोग गर्ने छौं ।’ त्यसक्रममा ट्रम्पले ‘ड्रिल बेबी ड्रिल’को नारा पनि लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी अधिकारीहरूले सिरियामा अमेरिकी सैन्य हमलामा अल कायदाका एक नेता मारिएको दाबी गरेका छन्। अधिकारीहरूले उक्त नेताको सिरियामा आक्रमण गरी तीन अमेरिकीहरूको हत्या गर्ने इस्लामिक स्टेट आतंककारीसँग सीधा सम्बन्ध रहेको बताएका छन्। अमेरिकी केन्द्रीय कमान्डले एक विज्ञप्तिमा शुक्रबार उत्तरपश्चिम सिरियामा भएको आक्रमणमा बिलाल हसन अल-जसिम मारिएको भनेको छ। विज्ञप्तिमा अमेरिकी र सिरियाली कर्मचारीहरूलाई मार्ने र घाइते ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउने धम्की दिएपछि आठवटा युरोपेली देशले विरोध गरेका छन् । यसअघि ग्रिनल्यान्ड गाभ्ने आफ्नो योजनामा असहमत हुने देशहरुमाथि भन्सार शुल्क बढाइने चेतावनी उनले दिएका थिए । ट्रम्पले डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्डस् र फिनल्यान्डमाथि १ फेब्रुअरीदेखि भन्सार शुल्क १० प्रतिशतले बढाउने बताइसकेका छन् । उनले यो शुल्क २५ ...
— ग्रिनल्यान्डवासीले राजधानी नुकमा भेला भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड अधिग्रहण योजनाको विरोध गरेका छन् । युरो न्युजले स्थानीय अधिकारीहरुलाई उद्रृत गर्दै यस प्रदर्शनमा ग्रिनल्यान्डको कुल जनसंख्याको झन्डै एक चौथाई सहभागी भएको जनाएको छ । ग्रिनल्यान्डमा झन्डै ५६ हजार जनसंख्या बसोबास गर्छ । यो प्रदर्शन ग्रिनल्यान्डको इतिहासकै ठूलो प्रदर्शन रहेको अधिकारीहरुले बताएका छन् । ग्रिनल्यान्डकी प्रधानमन्त्री ...
— ईरानका सर्वोच्च नेता अली खामेनेईले हजारौं मानिसहरु आन्दोलनमा मारिएको स्वीकारेका छन् । शनिबार सार्वजनिक मन्तव्य जारी गर्दै उनले आन्दोलनमा हजारौं मानिस मारिएको र केही मानिसहरु अमानवीय रुपमा मारिएको स्वीकार गरे । ‘ईजरायल र अमेरिकासँग जोडिएकाहरुले ठूलो क्षति निम्त्याए र हजारौंको हत्या गरे,’ खामेनेईलाई उद्रृत गर्दै ईरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ, ‘हामी अमेरिकी राष्ट्रपतिलाई यो मृत्युमा अपराधी ...
— संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नह्यानले सबैका लागि अझ स्थिर र समृद्ध भविष्य निर्माणतर्फ युएई निरन्तर काम गर्दै जानेमा जोड दिएका छन् । जनवरी १७ मा मनाइने वार्षिक एकताको दिवसको अवसरमा सामाजिक सञ्जाल 'एक्स'मा सन्देश पोस्ट गर्दै शेख मोहम्मदले युएईको दीर्घकालीन दृढता तथा जनताको अटल संकल्प रहेको बताए । 'यस ...