मुख्य समाचार
ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग भएको घोषणा
ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग भएको घोषणा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग भएको घोषणा गरेका छन् । यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्दै उनले भनेका छन्, ‘यो एक ठूलो फैसला हो ।’

ट्रम्पका अनुसार अमेरिकाले अन्य देशको तुलनामा डब्ल्यूएचओमा आबद्ध हुँदा अनुचित मूल्य चुकाइरहेको छ । ट्रम्पले विश्व स्वास्थ्य संगठन कोरोना लगायतका महामारीमा असफल भएको भन्दै आलोचना गर्दै आएका छन् ।




मंगलबार ह्वाइटहाउसमा कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले संयुक्त राष्ट्रसंघले डब्ल्यूएचओमार्फत् अमेरिकालाई पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाए ।

अमेरिका पेरिस जलवायु सम्झौताबाट पनि बाहिरिएको छ । शपथ ग्रहणको केही घण्टापछि उनले पेरिस सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका हुन् ।



विश्व स्वास्थ्य संगठन र पेरिस सम्झौताबाट बाहिरिएपछि यस क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनको असरका कारण नवीकरणीय ऊर्जाको आवश्यकतामा बहस भइरहेका बेला ट्रम्पले भने जीवाष्म इन्धनको प्रयोगमा जोड दिँदै आएका छन् । अमेरिकामा ऊर्जाको आवश्यकता पूर्ति गर्ने क्रममा ‘नेशनल इनर्जी इमर्जेन्सी’ घोषणा गर्ने उनले बताएका छन् । साथै अमेरिकामा तेल र ग्याँस उत्खनन बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

अमेरिका फेरि पनि उत्पादक देश बन्ने बताउँदै उनले भने, ‘हामीसँग विश्वकै धेरै प्राकृतिक ग्याँस र तेल छ । हामीले यसको पूर्ण उपयोग गर्ने छौं ।’ त्यसक्रममा ट्रम्पले ‘ड्रिल बेबी ड्रिल’को नारा पनि लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
फ्रान्समा जुन महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृत्युको सङ्ख्यामा झन्डै ३० प्रतिशत वृद्धि भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नआएकाले वास्तविक सङ्ख्या यसभन्दा बढी हुन सक्ने जनाएको छ । पब्लिक हेल्थ फ्रान्सका अनुसार जुन २२ देखि सुरु भएको सातामा अघिल्लो साताको तुलनामा दुई हजार २५ ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना युरोपेली नेटो सहयोगी राष्ट्रहरूप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। अमेरिका-इरान युद्धमा युरोपेली राष्ट्रहरूले समर्थन नगरेको र रक्षा खर्चमा ठूलो असमानता रहेको भन्दै ट्रम्पले गठबन्धनमा युरोपेली मुलुकको वर्तमान योगदानलाई हास्यास्पद र सम्बन्धलाई एकतर्फीको संज्ञा दिएका हुन्। टर्कीको राजधानी अङ्कारामा आगामी जुलाई ७ र ८ मा हुन गइरहेको नेटो शिखर सम्मेलनको सङ्घारमा ...
। अमेरिका र इरानबीच अप्रिलमा सुरु भएको वार्ताका क्रममा इजरायलले इरानका विदेशमन्त्री अब्बास अराघची र संसद्का सभामुख मोहम्मद बाकर गालिबाफलाई निशाना बनाउन सक्ने अमेरिकालाई डर थियो। यसै कारणले गर्दा अमेरिकाले मध्यपूर्वका केही सहयोगी राष्ट्रहरूमार्फत तेहरानलाई सतर्क रहन सन्देश पठाएको थियो। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, यदि यी दुवै वार्ताकारको हत्या भएमा युद्धविराम र शान्ति प्रक्रिया भङ्ग हुने अमेरिकालाई ...
। अमेरिका र इजरायलको हमलामा मारिएका इरानका सवोच्च नेता आयतुल्लाह अलि खामेनी र उनका परिवारको शव अन्तिम श्रद्धाञ्जलीका लागि मस्जिदमा राखिएको छ । इरानको राजधानी तेहरानको एक मस्जिदमा उनीहरूको शव राखिएको हो । खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन केही विदेशी पाहुना पनि तेहरान पुगेका छन् । उनीहरूले प्रार्थनासभामै सहभागी भएर श्रद्धाञ्जली अर्पण गरेका समाचार छन् जसमा पाकिस्तानका गृहमन्त्री ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को पहिलो राष्ट्रिय रेल सेवा सुरु भएको छ । लामो समयदेखि प्रतिक्षा गरिएको यस एक्सप्रेस ट्रेन नेटवर्क सर्वसाधारणका लागि खुला गरिएको हो । यो रेल सेवाले यस क्षेत्रका ११ वटा सहरहरूलाई जोड्नेछ। मध्य पूर्वी देशमा सञ्चालन भएको पहिलो रेल सेवा मङ्गलबार स्थानीय समयानुसार बिहान ५:३४ बजे ओमानको खाडीमा रहेको फुजैराहबाट प्रस्थान ...