मुख्य समाचार
अमेरिका-चीनबीच टिकटकको हिस्सेदारीमा विवाद, फेरि हुनसक्छ प्रतिबन्ध
अमेरिका-चीनबीच टिकटकको हिस्सेदारीमा विवाद, फेरि हुनसक्छ प्रतिबन्ध

: अमेरिकामा गत शनिबार चिनियाँ एप टिकटक बन्द भयो। अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने नयाँ कानुन लागू गर्दैथियो। तर, कानुन नआउँदै टिकटक आफैंले अमेरिकामा सेवा बन्द गरेको थियो।


टिकटकले अमेरिकी प्रयोगकर्तालाई 'तपाईंले अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न' भन्ने सन्देशसहित सेवा बन्द गरेको थियो। उसले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको पदभार ग्रहणपछि टिकटकलाई पुनःर्स्थापित गर्न सकिने संकेत गरेको थियो।

तर, प्रतिबन्ध भएको केही घन्टापछि नै अमेरिकामा पुनः टिकटक चलेको थियो। ट्रम्पको आश्वासनपछि टिकटक सेवा पुनः सुरु गरेको टिकटकले जानकारी दिएको थियो। ट्रम्पले सेवा सञ्चालनका लागि वातावरण बनाएको टिकटकले जनाएको थियो।




सोमबार ट्रम्पले कार्यभार सम्हालेपछि टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको कार्यान्वयन केही समयका लागि स्थगित गरेको थियो। ट्रम्प प्रशासनले चिनियाँ स्वामित्वमा रहेको टिकटकलाई ७५ दिनको समयसीमा प्रदान गर्ने निर्णय गरेको हो।

ट्रम्पको यही आश्वासले चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकामा सेवा बन्द गरेको केही घन्टामै पुनः सुचारु गरेको थियो। अमेरिकाले टिकटक कम्पनी बाइटडान्सलाई बहुमत हिस्सेदारी अमेरिकी साझेदारलाई बेच्न आग्रह गर्दै आएको छ। टिकटकले सुरक्षा जोखिम निम्त्याएको बन्दै बहुमत हिस्सेदारी नबेचेसम्म अमेरिकाले बन्द गर्ने चेतावनी दिँदै आएको थियो।

ट्रम्पले हस्ताक्षर गरेको आदेशमा टिकटकको मूल कम्पनीलाई बहुमत हिस्सेदारी किन्न अमेरिकी साझेदार खोज्न थप समय दिने उल्लेख छ। तर, उनले हस्ताक्षर गरेको निर्देशनको विवरण स्पष्ट नरहेको बीबीसीले उल्लेख गरेको छ। टिकटकलाई कि अमेरिकी साझेदारलाई बेच्ने वा बन्द गर्नेबाहेक विकल्प नरहेको ट्रम्पले प्रतिक्रिया दिएको एजेन्सीहरूले उल्लेख गरेका छन्।

अमेरिकामा टिकटकको १७ करोड प्रयोगकर्ता रहेको बताइन्छ। ट्रम्प प्रशासनले आगामी दिनमा चीनसँग गर्ने व्यवहारमा टिकटकको भविष्य निर्धारण हुने एजेन्सीहरूले बताएका छन्। त्यसै पनि चिनियाँ कम्पनी बाइटडान्स ५० प्रतिशत हिस्सेदारी अमेरिकालाई बिक्री गर्न तयार छैनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम