मुख्य समाचार
चेल्सीले इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई ३–१ ले हराए
चेल्सीले इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई ३–१ ले हराए

— दोस्रो हाफको उत्कृष्ट प्रदर्शनको मद्दतले चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सलाई ३–१ ले हराएको छ र लिग तालिकाको शीर्ष चारमा प्रवेश गरेको छ । चेल्सीले लिगमा पाँच खेलको हार क्रमलाई पनि टुंग्याएको छ ।


स्टायनफोर्ड ब्रिजमा भएको खेलमा टोसिन एबाराबोयोले चेल्सीका लागि पहिलो गोल गरे । पहिला हाफको इन्ज्युरी समयमा उल्भसका लागि म्याट डोहर्टीले बराबरी गोल फर्काए । त्यसपछि चेल्सीका लागि मर्क कुकुरेला र नोनी माडुकेले गोल गरे ।

यो जितपछि चेल्सीको २२ खेलबाट ४० अंक भएको छ । चौथो स्थानमा प्रवेशका लागि उसले ३८ अंकमा रहेको म्यानचेस्टर सिटीलाई उछिनेको हो । उल्भ्सको रेलिगेसनबाट बच्ने संघर्ष कायम रह्यो र उसको १६ अंक मात्रै छ ।

यस्तै सोमबार नै स्पेनी ला लिगामा भएको खेलमा भिल्लारियलले रियल मार्लोकालाई ४–० ले हरायो । इटालीको सिरी ए मा भने कोमो १९०७ ले युडिनेजीमाथि ४–१ को जित हात पार्‍यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र छैटौं स्थानमा उक्लिए
फागुरामको दुई गोलमा प्लानिङ ब्वाइजको पुनरागमन
— पोखरा रंगशालामा जारी एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा न्यु डायमन्ड युथ स्पोटर््स क्लबले फाइनलमा स्थान बनाएको छ । मंगलबार न्यु डायमन्डको निर्णायक जित, थाइल्यान्ड क्विन्सको लयबद्ध प्रदर्शन र पुरुषतर्फ पर्वत भलिबल संघको लगातार तेस्रो जितले च्याम्पियनसिपलाई थप रोमाञ्चक बनाएको छ । महिलातर्फ प्रभावशाली प्रदर्शन गर्दै एक खेल बाँकीमै न्यु डायमन्ड फाइनल ...
— स्पेनका कार्लोस अल्कारेजको दाबी छ, आफ्नो खेलमा जहिले पनि सुधार भइरहेको छ । त्यही दाबीमा टिकेर उनले मंगलबार पहिलो पटक अस्टे«लियन ओपन टेनिसको सेमिफाइनल यात्रा तय गरेका छन् । अब त्यहाँ उनको भिडन्त हुनेछ, जर्मनीका एलेक्जान्डर जेभरेजसँग । महिलातर्फ एउटा सेमिफाइनलमा भने युक्रेनकी एलिना स्भिटोलिनाले आर्यना सबालेन्काको सामना गर्ने भएको छ । स्पेनी नम्बर एक खेलाडी अल्कारेजले अस्टे«लियाकै ...
: एन्फा राष्ट्रिय लिग २०८२ मा त्रिभुवन आर्मी क्लब र लालीगुराँस क्लबले गोलरहित बराबरी खेलेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलीले कुनै पनि गोल निकाल्न सकेनन्। आजको खेलमा आर्मीसँगको बराबरीसँगै लालीगुराँस अंक तालिको शीर्ष स्थानमा उक्लिएको छ। पछिल्लो ३ खेलमा जित निकाल्दै लालीगुराँस शीर्षमा उक्लेको हो। आजको दोस्रो खेल प्लानिङ ब्वाइएज युनाइटेड र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम