मुख्य समाचार
नेपालआईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको ‘सुपर फोर’ मा पुग्न कठिन
नेपाल आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको ‘सुपर फोर’ मा पुग्न कठिन

— नेपालको आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको दोस्रो चरणमा पुग्ने सम्भावना निकै कमजोर बनेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा स्कटल्यान्डले सोमबार नेपाललाई नाटकीय खेलमा १ विकेटले हरायो ।


नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । नेपालले अब बुधबार अस्ट्रेलियासँग खेल्नेछ । समूह ‘डी’ मा अस्ट्रेलियाको ४ तथा बंगलादेश

र स्कटल्यान्डको २–२ अंक छ । नेपाल अंकविहीन छैन । समूहका शीर्ष तीन टोली ‘सुपर फोर’ मा पुग्ने प्रावधान छ । स्कटल्यान्ड र बंगलादेश समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो पटक यू–१९ महिला ट्वान्टी–२० विश्वकप खेलिरहेको नेपालले अन्तिम खेलमा अस्ट्रेलियालाई पराजित गरेमा मात्र ‘सुपर फोर’ पुग्ने झिनो सम्भावना रहन्छ । वाईएसडी यूकेएम क्रिकेट ओभलमा रचना चौधरीले १७ औं ओभरमा पिपा स्प्रोल र माइसे माकेइरालाई आउट गर्दा ७४ रनको विजय लक्ष्य पाएको स्कटल्यान्ड ५८–९ को स्थितिमा पुग्यो । तर, ग्याब्रियला फोन्टेनला र क्रिस्टी म्याकोलको अन्तिम जोडीले अविजित १६ रनको साझेदारी गरेर स्कटल्यान्डलाई रोमाञ्चक विजय दिलाए ।

फोन्टेनला ९ बलमा १ चौकासहित १२ र म्याकोल ४ बलमा १ चौकासहित ६ रनमा अविजित रहे । स्प्रोलले स्कटल्यान्डबाट सर्वाधिक ३५ रन बनाइन् । उनले ४७ बल खेल्दै ३ चौका प्रहार गरिन् । नेपालबाट रचना र सिमानाले २–२ तथा कप्तान पूजा महतो र कृष्मा गुरुङले १–१ विकेट लिए । रचनाले ३ ओभरमा १३ र सिमानाले ४ ओभरमा १६ रन खर्चेका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रनमा अलआउट भयो । पूजाले सर्वाधिक २७ रन बनाइन् । उनले ४३ बल खेल्दै ३ चौका प्रहार गरिन् । ओपनर सावित्री धामीले ११ बलमा १ चौकासहित १० रन बनाइन् । उपकप्तान सोनी पाख्र्रिनविना खेलेको नेपालबाट अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सना प्रविन १, ज्योत्सनिका मरासिनी र किरण कुँवर ४–४, कृष्मा २, सिमाना १, एलिसा यादव ३, रचना शून्य र रिया शर्मा २ रनमा आउट भए । अनु कडायत ५ रनमा अविजित रहिन् । स्कटल्यान्डबाट माकेइराले ५ विकेट लिइन् । उनले ३.५ ओभरमा १५ रनमात्र खर्चेकी थिइन् । एमी बाल्डी र नायमा शेखले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकपको समूह चरणका खेलअघि नेपाली क्रिकेट टोलीले यूएई र क्यानडासँग वार्म अप खेल खेल्ने भएको छ । समाचार संस्था सिजार स्पोर्ट्स ग्लोबलमा उल्लेख भएअनुसार नेपालले यूएईसँग फेब्रुअरी ३ मा क्यानडासँग फेब्रुअरी ५ मा अभ्यास खेल खेल्नेछ । त्यसअघि नेपाली टोलीले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल खेल्ने तालिका छ । टी-२० ...
। छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा आर्मी सशस्त्र प्रहरी बल एपीएफसँग ३–० को सोझो सेटमा पराजित भयो । आर्मी पहिलो खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब र दोस्रो खेलमा नेपाल पुलिस ...
। नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको सुपर सिक्स पुग्‍ने सम्भावना समाप्त भएको हो। १४१ रनको बलियो लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ६८ रनमा ९ विकेट गुमाएको अवस्थामा इनिङ सकियो । कप्तान इन्दु बर्माले चोटका कारण ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचन समितिले अन्तरिम आदेश रद्द गरिपाउँ भन्दै दायर गरेको रिटमाथि उच्च अदालत पाटनमा सुनुवाइ प्रक्रिया अघि बढाइएको छ। यसअघि गत माघ ४ गते पाटन उच्च अदालतले एन्फाको निर्वाचन प्रक्रिया रोक्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेशको विरुद्धमा एन्फा निर्वाचन समितिले दायर गरेको रिटमाथि सुनुवाइ भएको हो । न्यायाधीशद्वय ...
चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा आइतबार जावलाखेल युथ क्लबलाई ३-० ले पराजित
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम