मुख्य समाचार
अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प
अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प

: अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सपथ लिएका छन्। सोमबार क्यापिटल हिलमा आयोजित भव्य समारोहमा राष्ट्रपति ट्रम्पले सपथ लिएका हुन्।


उनको सपथग्रहण समारोहमा पूर्व राष्ट्रपति जो बाइडेन, जर्ज बुस, बिल क्लिन्टन, बाराक ओबामा, विभिन्न देशका राष्ट्र प्रमुख र विश्वकै धनाढ्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। समारोहमा चर्चित स्टारहरू पनि सहभागी थिए। समारोहमा एलन मस्क, मार्क जुकरवर्ग, सुन्दर पिचाइलगायत पनि सहभागी थिए।

सपथग्रहण गर्नुअघि ट्रम्पले आफैंले तोडेको परम्परालाई पुनःर्जीवन दिएका थिए। उनले ह्वाइट हाउसको उत्तरी पोर्टिकोमा रहेको बाइडेन निवास पुगेका थिए, जहाँ वर्तमान राष्ट्रपति बाइडेनलाई उनलाई स्वागत गरेका थिए।




अमेरिकामा नवनिर्वाचित र वर्तमान राष्ट्रपतिबीच चिया परम्परा रहँदै आएको छ। सन् १८३७ मा राष्ट्रपति मार्टिन भ्यान बुरेन र एन्ड्रयू ज्याक्सनबाट यो परम्परा सुरु भएको थियो। तर, २०२१ मा बाइडेन राष्ट्रपति निर्वाचित हुँदा ट्रम्पले चिया परम्परालाई तोडेका थिए। उनले बाइडेनलाई चिया निम्तोमा नबोलाई सत्ता हस्तान्तरण गरेका थिए।

गत नोभेम्बर ६ मा डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा विजयी भएका थिए। अमेरिकाको लोकप्रिय मतसहित उनी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए। यसअघि बाइडेनसँग पराजित भएका ट्रम्प सन् २०१३ मा हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको ४५औं राष्ट्रपति बनेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— युरोपेली देशमाथि भन्सार शुल्क बढाउने चेतावनीबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हटेका छन् । उनले यसअघि ग्रिनल्यान्ड कब्जा गर्ने आफ्नो योजनामा असहमत हुने युरोपेली देशमाथि भन्सार शुल्क वृद्धि गर्ने योजना गरेका थिए । १ फेब्रुअरीदेखि ती देशबाट आउने सामाग्रीमा १०प्रतिशत भन्सार लगाइने र उक्त शुल्क वृद्धि भएर २५ प्रतिशतसम्म पुग्नसक्ने उनको चेतावनीथियो । तर, बुधबार उत्तर ...
। इराकको पश्चिमी मरुभूमिमा अवस्थित रणनीतिक रूपमा सबैभन्दा महत्त्वपूर्ण मानिने अल-असद एयरबेसबाट अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन सेना पूर्ण रूपमा फिर्ता भएको छ। सन् २०१४ मा इस्लामिक स्टेट (आईएसआईएस) विरुद्धको युद्ध सुरु भएयता पहिलो पटक यो विशाल सैन्य आधार क्षेत्रको सम्पूर्ण प्रशासनिक र सुरक्षा कमान्ड इराकी सुरक्षा बललाई हस्तान्तरण गरिएको हो। यो कदमलाई इराकको सार्वभौमिकता र मध्यपूर्वको ...
। सन् २०२६ सम्म आइपुग्दा स्ट्रेट अफ होर्मुज विश्वको सबैभन्दा जोखिमपूर्ण भू-राजनीतिक अखडा बनेको छ। इरानभित्रको आन्तरिक अशान्ति, अमेरिकाको आक्रामक व्यापार नीति र अत्याधुनिक इलेक्ट्रोनिक वारफेयरको त्रिवेणीले विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्गलाई संकटको मोडमा पुर्‍याएको छ। अहिलेको संकटको मुख्य कारण इरानभित्र भइरहेको देशव्यापी विरोध प्रदर्शन हो। इरानी मुद्रा ‘रियाल’ को भारी अवमूल्यनका कारण यो आन्दोलन चर्किएको हो। ...
— बंगलादेशमा आइतबार बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का विद्यार्थी नेताहरुले निर्वाचन आयोग घेराऊ गरेका छन् । उनीहरुले निर्वाचन आयोग पूर्वाग्रही भएको र प्रहरी तथा सीमा रक्षकहरुले टुलुटुलु हेरेर बसेको आरोप लगाए । १२ फेब्रुअरीमा हुने राष्ट्रिय मतदानअघि बीएपनपीको विद्यार्थी संगठन (जातीयतावादी छात्र दल ‘जेसीडी’ ) ले दोहोरो नागरिकताधारीहरुलाई पनि उम्मेदवारीको अवसर दिनुपर्ने पक्षमा लबिङ गरिरहेको ...
: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको २५ प्रतिशत भन्सार शुल्कका कारण भारतले रुसबाट कच्चा तेल खरिद गर्न बन्द गरेको दाबी गरेका छन्। स्विट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को बैठकमा बोल्दै बेसेन्टले अमेरिकी कर नीतिले भारत–रुसबीचको ऊर्जा व्यापारमा प्रत्यक्ष प्रभाव पारेको बताएका हुन्। भारत लामो समयदेखि रुसबाट ठूलो परिमाणमा कच्चा तेल ...