मुख्य समाचार
अमेरिकाको ४७ औं राष्ट्रपतिमा ट्रम्प, २ सय कार्यकारी आदेश जारी गर्ने तयारी
अमेरिकाको ४७ औं राष्ट्रपतिमा ट्रम्प, २ सय कार्यकारी आदेश जारी गर्ने तयारी

— अमेरिकामा गत नोभेम्बरमा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । ट्रम्पले सोमबार १२ बजे (नेपाली समयानुसार १०:४५ बजे) अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ लिँदैछन् । ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबर्ट्सले क्यापिटल रोटुन्डामा आयोजित विशेष समारोहमा सपथ गराउनेछन् ।

'म यो कुराको गम्भीरतापूर्वक शपथ लिन्छु कि म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको पदलाई निष्ठापूर्वक निर्वाह गर्ने छु र आफ्नो पूर्ण क्षमताअनुसार अमेरिकाको संविधानको संरक्षण, बचाउ र रक्षा गर्ने छु' भन्ने वाक्यांश वाचन गरेसँगै ट्रम्प औपचारिक रूपमा अमेरिकाको ४७औं राष्ट्रपति बन्नेछन् । ट्रम्पसँगै जेडी भान्सले अमेरिकाको ५० औं उपराष्ट्रपतिको शपथ लिँदैछन् ।


सामान्यत: शपथ ग्रहण समारोह युएस क्यापिटोलको बाहिर हुने गरेको भएपनि यसपटक चिसोका कारण भवनभित्र गर्न लागिएको हो । शपथपछि ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्ने जनाइएको छ । शपथग्रहण समारोहमा करिब २ लाख समर्थकहरूले वासिङटन पुग्ने अनुमान गरिएको छ ।

समारोहमा राजनीतिक नेताहरू, पूर्वराष्ट्रपतिहरू र प्रभावशाली अर्बपतिहरू इलन मस्क र जेफ बेजोस लगायतको उपस्थिति रहनेछ । समारोहमा पूर्व अमेरिकन आइडल विजेता तथा गायिका क्यारी अन्डरवुडले 'अमेरिका द ब्यूटीफुल' गीत गाउने कार्यक्रम तय गरिएको छ ।

अमेरिकी डिस्को समूह 'द भिलेज पिपुल'ले पनि कार्यक्रममा प्रस्तुति दिने घोषणा गरेको छ । चुनावी अभियानका बेला ट्रम्पले आफ्ना र्‍यालीहरूमा उक्त समूहका वाइएमसीए र माचो म्यान गीतहरू बजाएका थिए । ट्रम्पका लामो समयदेखि मित्र र सहकर्मी गायिका ली ग्रीनवूड र ओपेरा गायक क्रिस्टोफर माचियोले पनि प्रस्तुति दिने अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

पद तथा गोपनीयताको शपथ लिएसँगै ट्रम्प र भान्स दुवैले तत्काल अध्यागमन लगायतका २ सयवटा कार्यकारी आदेशहरू जारी गर्ने अपेक्षा गरिएको छ । ती आदेशहरूमा आप्रवासन र सीमा, व्यापार तथा अर्थतन्त्र, जलवायु र ऊर्जा, लिखतहरूको गोप्यता, विदेश नीति, गर्भपतन, टिकटक लगायतका मुद्दा समावेश रहेका बीबीसीले जनाएको छ ।

कार्यकारी आदेश राष्ट्रपतिद्वारा संघीय सरकारलाई जारी गरिने लिखित आदेशहरू हुन् । नीतिगत परिवर्तनहरूका लागि राष्ट्रपतिले जारी गर्ने यस्ता आदेशका लागि संसद्को स्वीकृति आवश्यक पर्दैन । तर, यस्ता कार्यकारी आदेशहरूले कानूनको दायरा भित्र रहुनपर्छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा २ सय २० कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । तीमध्ये केहीले अदालतमा चुनौतीको सामना गरेका थिए ।




वर्तमान जो बाइडेनले १ सय ६० कार्यकारी आदेश जारी गरेका थिए । दुई कार्यकाल राषट्रपति बनेका बाराक ओबामा र जर्ज बुशले क्रमशः २ सय ७७ र २ सय ९१ वटा कार्यकारी आदेश जारी गरेका थिए ।

ट्रम्प नोभेम्बर ५ मा भएको चुनावमा रिपब्लिकन दलका तर्फबाट राष्ट्रपतिमा विजयी भएका थिए । उनले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गरेका हुन् । ट्रम्प ३ सय १४ इलेक्टोरल मतसहित विजयी भएका हुन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ मतमध्ये कम्तीमा २७० इलेक्टोरल मत ल्याउनुपर्छ । ह्यारिसले २ सय २६ इलेक्टोरल मत पाएकी थिइन् ।

यसअघि ट्रम्प सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए । २०१६ को चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराएका ट्रम्प सन् २०२० मा जो बाइडेनसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...