मुख्य समाचार
बैंकहरूलाई आफूले लिएका उद्देश्य हासिल गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह
बैंकहरूलाई आफूले लिएका उद्देश्य हासिल गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह

— उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरूलाई आफूले लिएका उद्देश्य हासिल गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् ।

कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले बैंकको क्षमता विकास, सामर्थ्य, प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन् ।


बैंक सवल र प्रभावकारी भएमात्रै बैंकका कर्मचारीहरूको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्ने उपप्रधानमन्त्री पौडेलले बताए । बैंकका कर्मचारीहरूले पहिलो प्राथमिकतामा बैंकको उन्नति र प्रगतिलाई राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

‘अहिले बैंकको व्यवस्थापन र कर्मचारीहरूको बीचमा जहाँ जीवन्त सम्बन्ध हुन्छ, जहाँ राम्रो सम्बन्ध हुन्छ, त्यस्तो बैंकले प्रगति गर्ने सम्भावना ज्यादा हुन्छ । म आग्रह गर्न चाहन्छु, बैंकका सबै कर्मचारीलाई पनि आग्रह गर्न चाहन्छु, बैंकमा गठन भएका ट्रेड युनियनहरूलाई पनि आग्रह गर्न चाहन्छु, यहाँहरूले सबैभन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामर्थ्य, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाउनु पर्दछ,' पौडेलले भने, 'बैंक सवल भयो, प्रभावकारी भयो, बैंकको इज्जत माथि उठ्यो भने समस्त कर्मचारीको इज्जत माथि उठ्छ । त्यसमा हरेकले सेभिङ गर्न पाउँछ, बैंकको प्रतिष्ठा कमजोर भयो, बैंकको पर्फमेन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिन पुग्छ । पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिनुहोला । बैंक जुन उद्देश्यले स्थापना भएको छ, ती उद्देश्य हासिल गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्छ ।’

उपप्रधानमन्त्री पौडेलले व्यवस्थापन र कर्मचारीका बीचमा राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरूले अपेक्षित प्रगति गर्न नसकेको बताए । बैंकको डिपोजिटको अनुपात चिन्ताको विषय रहेको पनि उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ...
— चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले विनियोजनको ४६ प्रतिशत मात्र सरकारी खर्च गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यो १०.७५ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो । गत पुससम्म ९ खर्ब ४ अर्ब ६४ करोड ४३ लाख खर्च भएको अर्थ ...
— वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा ३१ प्रतिशतले आयात ...
: सिम्रिक एयरले नयाँ हेलिकप्टर थप गरेको छ। उच्च हिमाली तथा दुर्गम भौगोलिक क्षेत्रमा सञ्चालन क्षमता थप सुदृढ गर्ने उद्देश्यसहित एयरबस एच१२५ (एएस३५० बी३ ई) हेलिकोप्टर आफ्नो फ्लीटमा थप गरेको कम्पनीले जानकारी दिएको छ। ९ एन–एओओ दर्ता नम्बरको उक्त हेलिकप्टर २०२६ जनवरी ३० देखि औपचारिक रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ। यससँगै सिम्रिक एयरको फ्लीटमा तीनवटा ...
: आर्थिक वर्ष २०८२/८३ को कार्तिकदेखि पुस मसान्तसम्म (दोस्रो त्रैमासिक)को विवरणअनुसार कुल बजेटमध्ये चालु खर्चको हिस्सा उच्च देखिएको छ। पुँजीगत खर्च अपेक्षाकृत कमजोर देखिएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसमध्ये चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड (६०.०१ ...