मुख्य समाचार
डोनाल्ड ट्रम्पले शपथ लिनुअघि आफ्नै क्रिप्टोकरेन्सी ल्याएका छन्
डोनाल्ड ट्रम्पले शपथ लिनुअघि आफ्नै क्रिप्टोकरेन्सी ल्याएका छन्

— अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शपथ लिनुअघि आफ्नै क्रिप्टोकरेन्सी ल्याएका छन् । मिम कोइन 'डलर ट्रम्प' नाम दिइएको डिजिटल मुद्रा केही घण्टामा नै कैयौं अर्ब डलरमा परिणत भएको बीबीसीले जनाएको छ ।




त्यस्तै, उनकी पत्नी मेलानिया ट्रम्पले पनि क्रिप्टोकरेन्सी घोषणा गरेकी छन् । उनले आफ्नो क्रिप्टोकरेन्सीको नाम 'डलर मेलानिया' राखेकी छन् । उनले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै 'डलर मेलानिया' खरीद गर्न सकिने जनाएकी छन् ।

गत नोभेम्बरमा भएको चुनावमा विजयी ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा सोमबार शपथ लिँदैछन् । ट्रम्प अर्गनाइजेशनको एउटा भातृ निकाय सीआईसी डिजिटल एलएलसीले उक्त भेञ्चरको संयोजन गरेको बीबीसीले जनाएको छ । सीआईसी डिजिटल एलएलसीले ट्रम्पको ब्रान्ड प्रयोग गरिएका जुत्ता तथा अत्तरहरू बिक्री गर्नेगर्थ्यो ।

मिम कोइनहरू इन्टरनेटमा भाइरल रहेका ट्रेन्डलाई थप लोकप्रिय बनाउन ल्याउने गरिन्छ । तर त्यस्ता मिम कोइनको वास्तविक मूल्य धेरै नहुने र लगानीको हिसाबले जोखिम हुने बताइन्छ । तर 'डलर ट्रम्प'को पूँजी घोषणा गरिएको केही घण्टामा नै ५.५ अर्ब डलर पुगेको कोइन मार्क्रेट क्याप डट कमले जनाएको छ ।

यसबाट ट्रम्पले कति आम्दानी गर्छन भन्ने प्रस्ट छैन । यसका झन्डै २० करोड डिजिटल टोकनहरू सार्वजनिक गरिसकिएको र आगामी तीन वर्षमा थप ८० करोड सार्वजनिक गरिने जनाइएको छ । कोइनको कुनै राजनीतिक अभियान, कार्यालय वा सरकारी निकायसँग कुनै सम्बन्ध नभएको बताइएको छ ।

तर आलोचकहरूले भने ट्रम्पलाई राष्ट्रपतीय पदको प्रयोग गरेर लाभ लिन खोजेको आरोप लगाएका छन् । 'ट्रम्पले ८० प्रतिशत स्वामित्व राख्नु र शपथअघि सार्वजनिक गर्नु अरूलाई सिकार बनाउनु जस्तै हो र यसले धेरैलाई चोट पुर्‍याउन सक्छ,' क्रिप्टो भेन्चर क्यापिटालिस्ट निक टोमाइनोले भनेका छन् ।




पछि आउने लगानीकर्ताहरूलाई ठूलो नोक्सानी गराउने भएकाले यस्ता डिजिटल मुद्राहरूबारै आम बुझाइ गलत छ । सुरूमा चर्चासँगै ह्वातै मूल्य बढ्ने भएपनि पछि बजार मूल्य निकै कम हुने जोखिम रहन्छ । ट्रम्प प्रशासनले क्रिप्टोकरेन्सी उद्योगलाई बढवा दिने यस क्षेत्रका लगानीकर्ताहरूको अपेक्षा छ ।

राष्ट्रपति जो बाइडन प्रशासनले ठगी र सम्पत्ति शुद्धीकरण लगायतमा प्रयोग भएको भन्दै यस्ता कम्पनीहरूविरुद्ध कडा नीति अख्तियार गरेका थिए । विगतमा ट्रम्प पनि क्रिप्टोकरेन्सीका विषयमा खासै उत्साहित थिएनन् । तर अघिल्लो वर्ष बिटकोइनको एक कार्यक्रममा बोल्दै आफू राष्ट्रपति भएपछि अमेरिकालाई 'पृथ्वीको क्रिप्टो राजधानी' बनाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...