मुख्य समाचार
डोनाल्ड ट्रम्पले शपथ लिनुअघि आफ्नै क्रिप्टोकरेन्सी ल्याएका छन्
डोनाल्ड ट्रम्पले शपथ लिनुअघि आफ्नै क्रिप्टोकरेन्सी ल्याएका छन्

— अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शपथ लिनुअघि आफ्नै क्रिप्टोकरेन्सी ल्याएका छन् । मिम कोइन 'डलर ट्रम्प' नाम दिइएको डिजिटल मुद्रा केही घण्टामा नै कैयौं अर्ब डलरमा परिणत भएको बीबीसीले जनाएको छ ।




त्यस्तै, उनकी पत्नी मेलानिया ट्रम्पले पनि क्रिप्टोकरेन्सी घोषणा गरेकी छन् । उनले आफ्नो क्रिप्टोकरेन्सीको नाम 'डलर मेलानिया' राखेकी छन् । उनले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै 'डलर मेलानिया' खरीद गर्न सकिने जनाएकी छन् ।

गत नोभेम्बरमा भएको चुनावमा विजयी ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा सोमबार शपथ लिँदैछन् । ट्रम्प अर्गनाइजेशनको एउटा भातृ निकाय सीआईसी डिजिटल एलएलसीले उक्त भेञ्चरको संयोजन गरेको बीबीसीले जनाएको छ । सीआईसी डिजिटल एलएलसीले ट्रम्पको ब्रान्ड प्रयोग गरिएका जुत्ता तथा अत्तरहरू बिक्री गर्नेगर्थ्यो ।

मिम कोइनहरू इन्टरनेटमा भाइरल रहेका ट्रेन्डलाई थप लोकप्रिय बनाउन ल्याउने गरिन्छ । तर त्यस्ता मिम कोइनको वास्तविक मूल्य धेरै नहुने र लगानीको हिसाबले जोखिम हुने बताइन्छ । तर 'डलर ट्रम्प'को पूँजी घोषणा गरिएको केही घण्टामा नै ५.५ अर्ब डलर पुगेको कोइन मार्क्रेट क्याप डट कमले जनाएको छ ।

यसबाट ट्रम्पले कति आम्दानी गर्छन भन्ने प्रस्ट छैन । यसका झन्डै २० करोड डिजिटल टोकनहरू सार्वजनिक गरिसकिएको र आगामी तीन वर्षमा थप ८० करोड सार्वजनिक गरिने जनाइएको छ । कोइनको कुनै राजनीतिक अभियान, कार्यालय वा सरकारी निकायसँग कुनै सम्बन्ध नभएको बताइएको छ ।

तर आलोचकहरूले भने ट्रम्पलाई राष्ट्रपतीय पदको प्रयोग गरेर लाभ लिन खोजेको आरोप लगाएका छन् । 'ट्रम्पले ८० प्रतिशत स्वामित्व राख्नु र शपथअघि सार्वजनिक गर्नु अरूलाई सिकार बनाउनु जस्तै हो र यसले धेरैलाई चोट पुर्‍याउन सक्छ,' क्रिप्टो भेन्चर क्यापिटालिस्ट निक टोमाइनोले भनेका छन् ।




पछि आउने लगानीकर्ताहरूलाई ठूलो नोक्सानी गराउने भएकाले यस्ता डिजिटल मुद्राहरूबारै आम बुझाइ गलत छ । सुरूमा चर्चासँगै ह्वातै मूल्य बढ्ने भएपनि पछि बजार मूल्य निकै कम हुने जोखिम रहन्छ । ट्रम्प प्रशासनले क्रिप्टोकरेन्सी उद्योगलाई बढवा दिने यस क्षेत्रका लगानीकर्ताहरूको अपेक्षा छ ।

राष्ट्रपति जो बाइडन प्रशासनले ठगी र सम्पत्ति शुद्धीकरण लगायतमा प्रयोग भएको भन्दै यस्ता कम्पनीहरूविरुद्ध कडा नीति अख्तियार गरेका थिए । विगतमा ट्रम्प पनि क्रिप्टोकरेन्सीका विषयमा खासै उत्साहित थिएनन् । तर अघिल्लो वर्ष बिटकोइनको एक कार्यक्रममा बोल्दै आफू राष्ट्रपति भएपछि अमेरिकालाई 'पृथ्वीको क्रिप्टो राजधानी' बनाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम