मुख्य समाचार
स्याङ्जाका किशोरीलाई लक्षित गर्दै माघ २२ देखि २७ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने
स्याङ्जाका किशोरीलाई लक्षित गर्दै माघ २२ देखि २७ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने

: स्याङ्जाका किशोरीलाई लक्षित गर्दै माघ २२ देखि २७ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ। स्याङ्जाका ११ पालिकाका ९ हजार ३१९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग गरिने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको हो।


एचपीभी अभियानका लागि सरकारले पहिलो पटक खोप लगाउन लागेको हो। यहाँका १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई एचपीभी खोप लगाइने भएको जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रमुख केशव चापागाईले जानकारी दिए।

प्रमुख चापागाईले भने,'यहाँका ५ नगरपालिकासहित ६ गाउँपालिकामा अध्ययनरत कक्षा ६ देखि १० कक्षाका ९ हजार २८८ जना छात्राहरू र विद्यालय नजाने ३१ जना किशोरीलाई खोप लगाइनेछ।’




तीमध्ये कक्षा ६ मा अध्ययरत १ हजार ८७७ जना छन् भने कक्षा ७ देखि १० सम्म अध्ययरत छात्राको संख्या ७ हजार ४११ छ। बिद्यालय नगएका मध्ये १० वर्ष उमेरका ७ जना र ११ देखि १४ वर्ष उमेरका २४ जना रहेको जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले जनाएको छ।

पुतलीबजार नगरपालिका १ हजार ७२०,वालिङ्का १ हजार ९८०,गल्याङका १ हजार १११ जना,चापाकोटका ८९० र भीरकोटका ८३३ जना किशोरीले खोप लगाउनेछन्।

यसैगरी, फेदीखोलाका ४६४, आँधीखोलाका ३९९, हरिनासका ४६१, बिरुवाका ४२६,अर्जुनचौपारीका ४३७ र कालीगण्डकीका ५९८ जना किशोरी छन्। एचपीभी खोप लगाउँदा एचपीभीको सङ्क्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। करिब दुई महिनायता देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण फेला परिरहेको छ । गएको चैत पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्डफ्लुले हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा असर पारेको छ । सुनसरी, मोरङ, काठमाडौं, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ । चालु आर्थिक वर्ष बर्डफ्लुको पहिलो ...
। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल कालागाउँलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने कानुन तर्जुमा गरिने बताए । प्रदेश सरकारले उक्त आयोजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ल्याएको थियो ...
— प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदाका दिनमासमेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले सूचना जारी गर्दै बिदाका दिनमा पनि सेवा सञ्चालन गरिने जानकारी दिएको छ । अस्पतालका निर्देशक डा. गणेश थापाले जारी गरेको सूचनाअनुसार गणतन्त्र दिवस, राष्ट्रिय धान दिवस, साउने सक्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापना तथा सहिद दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा, ...
। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बन्दै गएको छ । प्रतिष्ठानबाट चालु आर्थिक वर्षको एक महिनामा ३ सय ४८ जना महिलाले निःशुल्क प्रसूति सेवा प्राप्त गरेका हुन् । यो संख्या १-२९ वैशाखसम्मको हो । प्रतिष्ठानका प्रसूति रोग विशेषज्ञ प्राध्यापक डा. बसन्त लामिछाने नेतृत्वमा अन्य प्रसूति रोग ...
। पाल्पामा विषालु च्याउबाट एक महिनामै तीन जनाको मृत्यु भएको छ । ११ जना बिरामीको उपचार भइरहेको छ । च्याउ सेवनबाट बिरामी परेका तानसेन नगरपालिका ८ कोकलका ८ वर्षीय बालकको जेठ ९ गते राति मृत्यु भएपछि एक महिनामै मृतकको संख्या तीन पुगेको हो । गत जेठ ३ गते च्याउ खाएर बिरामी भएका ती बालक सामान्य उपचारपछि घर ...