मुख्य समाचार
अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) को खोजीमा ९७ नेपाली
अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) को खोजीमा ९७ नेपाली

— अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) को खोजीमा ९७ नेपाली छन्, जसमध्ये ७२ जनालाई रेड नोटिस जारी गरिएको छ भने २५ जनालाई डिफ्युजन नोटिस जारी छ । नेपालमा ५ विदेशीलाई रेड र ११ जनालाई डिफ्युजन नोटिस जारी गरेर खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १० वर्षयता ६६ जनालाई इन्टरपोल मार्फत नेपाल ल्याइएको छ । सबैभन्दा बढी युएईबाट २५ जनालाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको छ । त्यस्तै कतारबाट १०, कुवेतबाट ५, साउदी अरब र मलेसियाबाट ३–३ तथा भारत, मकाउ, चीन र कम्बोडियाबाट २–२ जनालाई नेपाल ल्याइएको छ । अमेरिका, पोर्चुगल, बहराइन, रोमानिया, युकेबाट १–१ जनालाई ल्याइएको थियो ।


सन् २०१५ यता नेपाल ल्याइएका ६६ मध्ये ५३ जनालाई रेड नोटिस जारी गरिएको थियो । १३ जनालाई भने डिफ्युजन नोटिस जारी गरिएको थियो । उनीहरुमध्ये सबैभन्दा धेरै हत्या आरोपमा १५, बलात्कारमा ९, सुन तस्करीमा ८, धोखाधडीमा ७, मानव वेचविखनमा ६, अपहरण, साइबर अपराधमा र बैदेशी रोजगारी ठगीमा ५–५, वन्यजन्तु अपराध, कर्पोरेट र बैकिङ्ग ठगिमा २–२ जना पक्राउ परेका थिए ।

प्रहरीका अनुसार उक्त अवधिमा ७ विदेशीलाई पक्राउ गरेर सम्बन्धित मुलुक पठाइएको छ । रेड नोटिस जारी भएका चीनका ४, स्वीडेन, कोरिया र भारतका १–१ जनालाई नेपालमा खोजी गरी फिर्ता पठाइएको छ । अदालतमा विचाराधीन मुद्दामा आरोपी लुकेको ठाउँ थाहा पाउन डिफ्युजन नोटिस जारी गरिन्छ भने ठाउँ पत्ता लागेमा पक्राउका लागि रेड नोटिस जारी हुन्छ । र, इन्टरपोलमार्फत सदस्य मुलुकमा खोजी हुन्छ । इन्टरपोलमा नेपालसमेत १९६ सदस्य राष्ट्र छन् ।

नेपालमा इन्टरपोलको खोजीमा अपराधीको सूचीमा सबैभन्दा धेरै भारतीय नागरिक छन् । इन्टरपोलमार्फत् खोजी भइरहेका ६ मध्ये ४ भारतीयलाई रेड नोटिस र २ भारतीयलाई डिफ्युजन नोटिस जारी गरेर खोजी भइरहेको छ । लागू औषध तस्करीमा संलग्न एक जनालाई रेड नोटिस, अपहरण र हत्याजस्ता गम्भीर अपराधमा संलग्न दुई जनालाई इन्टरपोलले डिफ्युजन नोटिसमा राखेर ८ वर्षदेखि खोजिरहेको छ ।

यस बाहेक यौन अपराधका एक र हत्यामा दुई जनालाई रेड नोटिसमा राखेर खोजी भैइरहेको प्रहरीको भनाइ छ । संरक्षित वन्यजन्तुको अवैध व्यापारमा संलगन एक कोरियन पनि रेड नोटिसमा छन् । सबैभन्दा लामो समयदेखि इन्टरपोलले खोजी गरिरहेका अपराधी भने पाकिस्तानी नागरिक हुन् ।

उनीमाथि नक्कली नोटको कारोबारमा संलग्न भएको आरोप छ । र, उनलाई सन् २०११ देखि डिफ्युजन नोटिस जारी गरेर खोजी भइरहेको छ । त्यस्तै, बैङ्किङ्ग ठगीमा पनि डिफ्युजन नोटिस जारी गरेर दुई रोमानियन नागरिकको खोजी भइरहेको छ । सुन तस्करीमा संलग्न ६ जना चिनियाँ नागरिक पनि इन्टरपोलको खोजी सूचीमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार भूतपूर्व ब्रिटिश गोर्खाहरुका माग सम्बन्धमा संयुक्त अधिराज्यका रक्षामन्त्री जोन हिली र भेट्रान मन्त्री श्रीमती लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरे । गोर्खा अभियन्ताहरुको आमरण अनसन अन्त्य गर्दै बेलायतले वार्ता थालेको झण्डै ५ वर्षमा सोमबार भएको बैठक विशेष थियो । किनभने, १९ अगष्ट, २०२१ मा बेलायत सरकार वार्तामा बस्न तयार भए यता ...
: दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिएको छ। सिओलस्थित कोएक्स प्रदर्शनी केन्द्रमा जुन ४ देखि ७ सम्म आयोजित एसआईटीएफ-२०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा गएको ७ वटा नेपाली पर्यटन व्यवसायीको टोलीले नेपालका आकर्षक एवं उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गरिएको हो। उक्त चारदिने अन्तर्राष्ट्रिय पर्यटन ...
। बेलायती राजा चार्ल्स तृतीयले नवगठित गोर्खा आर्टिलरी युनिटको प्रसंसा गरेका छन् । विल्टसायरको लार्कहिल ब्यारेकमा सैनिकहरूको परेडमा भाग लिँदै राजा चार्ल्सले गोर्खा सैनिकको दृढता र प्रतिबद्धताको प्रसंसा गरेका हुन् । सो अवसरमा राजालाई २१ तोपको सलामीसहित स्वागत गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै राजा चार्ल्सले भने, ‘यसले बेलायत र नेपालबीचको स्थायी र मूल्यवान सम्बन्धको गहिराइ ...
। पोर्चुगलमा गठन भएको तीन वटा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्ये सुजन लामा नेतृत्वको कार्यसमितिले सरकारी मान्यता पाएको छ । एक वर्ष अघि तीन वटा कार्य समिति गठन भई सबै एनआरएनएले समानान्तर गतिविधि गर्दै आएका थिए । एक वर्ष अघि सुजन लामाले आफ्नो नेतृत्वमा गठन भएको कार्यसमिति बैधानिक र कानूनसम्मत रहेकोले आधिकारिक मान्यता प्रदान गर्न पोर्चुगलको ...
: कोरियामा कार्यरत एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुंगाको मोलुंग गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षका गणेश थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । ३ वर्षअघि कृषि क्षेत्रको कामदारका रुपमा कोरिया आएका उनी गाई फर्ममा कार्यरत थिए । फर्ममा आवश्यक ...