मुख्य समाचार
खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली उपविजेता
खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली उपविजेता

— प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्कने भएको छ । दुवै टोली उपविजेता बन्यो । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो ।

आइतबार साँझ नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको फाइनलमा दुवै टोली आयोजक भारतसँग पराजित भएपछि उपविजेतामा सीमित भएको थियो । नेपालले रजत पदकको लक्ष्य बनाएर दिल्ली यात्रा गरेको हो । त्यो पूरा गर्न सक्नु नै नेपालका लागि ऐतिहासिक उपलब्धि बनेको छ ।


नेपाल खो–खो संघका अध्यक्ष प्रदीप महर्जन भने, ‘विश्वकपमा हामीले जे लक्ष्य बनाएका थियौं, त्यसलाई खेलाडीको मिहिनेत र परिश्रमका कारण पूरा गरेका छौं । यो नै हाम्रा लागि ऐतिहासिक उपलब्धि हो ।’ ‘खो–खो भारतको सदियौं पुरानो खेल हो । त्यसमा भारतको पकड बलियो छ । त्यसलाई तोड्दै हामी विश्व च्याम्पियन हुन्छौं भन्नु मूर्खता हुन्थ्यो, त्यसैले हामीले पदक लक्ष्यमात्र बनाएका थियौं, त्यो प्राप्त गरेका छौं,’ अध्यक्ष महर्जनले थपे ।

फाइनलमा नेपालले पुरुषतर्फको खेल ५४–३६ स्कोरले भारतलाई सुम्पेको थियो । महिलातर्फ नेपाल प्रियन्काको कप्तानीमा रहेको भारतीय टिमसँग ७८–४० स्कोरले पराजित भएको हो । दुवै नेपाली टिमले फाइनलमा टस जितेर पहिले डिफेन्स गर्ने निर्णय गरेका थिए । सुरुआती एट्याकिङ पाएको भारतले राम्रो अंक बटुलेको थियो ।

महिलातर्फ भारतले पहिलो टर्नमा एट्याकिङ हुँदा ३४–० ले बनायो । दोस्रो टर्नमा नेपालले एट्याकिङमा हुँदा २२ स्कोर जोड्दा डिफेन्सिभ भारतले १ अंक थप्यो । तेस्रो टर्नमा भारत एट्याकिङमा हुँदा ७३ रन बनायो भने डिफेन्सिभ नेपालले २ स्कोर थप्यो । चौथो टर्नमा नेपालले एट्याकिङमा हुँदा १६ स्कोर थप्दा डिफेन्सिभ भारतले पनि ५ स्कोर बटुल्यो ।

पुरुषतर्फ नेपाली टिम हेमराज पनेरुको कप्तानीमा उत्रेको थियो । दोस्रो र चौथो टर्नमा एट्याकिङ रहेको नेपालले १८–१८ स्कोर जोड्दा पहिलो र तेस्रो टर्नमा एट्याकिङ रहेको भारतले २६ र २८ स्कोर बटुलेको थियो ।




सरस्वती कडायतको कप्तानीमा विश्वकप खेलेको महिला नेपाली टिम अपराजित रहँदै फाइनल पुगेको थियो । पुरुषतर्फ नेपाली टिम समूह चरणमा भारतसँग मात्र पराजित भएको हो । प्रतियोगितामा पुरुषतर्फ नेपालका रोहित वर्मा र महिलामा मानमति धामी बेस्ट डिफेन्डर भएका थिए ।

महिलाको फाइनल नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनल पुनरावृत्तिको रूपमा रह्यो । सन् २०१९ मा भएको सागमा भारतले नेपाललाई १७–५ स्कोरले हराएर स्वर्ण जितेको थियो । खो–खो विश्वकपको पहिलो संस्करणमा पुरुषतर्फ २० र महिलातर्फ १९ राष्ट्रको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...