मुख्य समाचार
म्यानचेस्टर सिटीले इपस्विच टाउनलाई ६–० ले पराजित
म्यानचेस्टर सिटीले इपस्विच टाउनलाई ६–० ले पराजित

— इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी फेरि पुरानै लयमा फर्केको छ र उसले आइतबारको खेलमा इपस्विच टाउनलाई सजिलै ६–० ले पराजित गर्‍यो ।

रेलिगेसनको दबाबबाट गुज्रिरहेको इपस्विचविरुद्ध सिटीका लागि फिल फोडेनले दुई गोल गरे । यस्तै एक गोल इर्लिङ हालान्डको नाममा पनि रह्यो ।


यो जितपछि सिटी ३८ अंकमा लिग तालिकाको चौथो स्थानमा उक्लेको छ । यो शीर्ष स्थानमा रहेको लिभरपुलसँग १२ अंकको दूरी हो ।

तेस्रो स्थानमा रहेको नटिंघम फरेस्टले पनि साउथह्याम्पटनलाई ३–२ ले हरायो । उसको भने ४४ अंक भएको छ । अन्य खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई ३–१ र एभरटनले टोटनहमलाई ३–२ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित भएको छ। एन्फा निर्वाचन समितिको मंगलबार बसेको बैठकले तत्कालका लागि एन्फाको निर्वाचन कार्यक्रम तत्कालका लागि निर्वाचन समितिका सदस्यसचिव लोकेन्द्र ओलीले एक सूचना जारी गर्दै जानकारी दिएका हुन्। ‘उच्च अदालत पाटनले माघ ४ गते निर्वाचन सम्बन्धि प्रक्रिया यथास्थितिमा राख्नु भनी जारी भएको अन्तरिम आदेशको म्याद सूचना माघ ६ ...
— युरोपेली च्याम्पियन्स लिगमा मंगलबार आर्सनलको शतप्रतिशत प्रदर्शन कायम रह्यो । तर म्यानचेस्टर सिटी र डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) भने पराजित रहे । आर्सनलले इन्टर मिलानलाई उसकै घरमा ३–१ ले हराएको हो । सानसिरोमा भएको खेलमा आर्सनलका लागि ग्याब्रिल जेससले दुई गोल गरे । उसको सात खेलबाट २१ अंक भएको छ र शीर्ष स्थानमा छ ...
: साफ महिला फुटसल च्याम्पियसिपमा नेपालले दोस्रो जित दर्ता गरेको छ। नोनथाबुरी स्टेडियमको फुटसल एरिनामा भएको खेलमा नेपालले पाकिस्तानलाई ५–१ ले हराएको हो। पहिलो पिरियडमा ३ गोल गरेको नेपालले दोस्रो पिरियडमा २ गोल गर्दै १ गोल बेहोर्‍यो। नेपालका लागि मनिषा थापा मगरले दुई गोल गरिन्। रोशनी बोहोरा, दिपा राई र जेनिफर रानाले १–१ गोल ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलमा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले फ्रेन्च क्लब पीएसजीलाई २-१ ले पराजित गरेको छ । स्पोर्टिङको जितमा लुइस जेभियर स्वारेजले दुवै गोल गरे । पीएसजीका लागि भिचा भरत्सखेलियाले १ गोल गरे । स्वारेजले ७४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ७९औं मिनेटमा भरत्सखेलियाले बराबरी गोल फर्काए । ९०औं मिनेटमा स्वारेजले विजयी गोल गरे । ...
। पोखरामा हुने साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार च्याम्पियनसिप खेल्ने २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट मुख्य प्रशिक्षक सुमन श्रेष्ठले अन्तिम टोली छनोट गरेका हुन् । यही जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म पोखरा रंगशालमा हुने साफ यू-१९ ...