मुख्य समाचार
‘स्क्विड गेम’ सिजन २ नेटफ्ल्क्सिमा धेरै हेरिने तेस्रो शो
‘स्क्विड गेम’ सिजन २ नेटफ्ल्क्सिमा धेरै हेरिने तेस्रो शो

। ‘स्क्विड गेम’ सिजन २ नेटफ्ल्क्सिमा धेरै हेरिने तेस्रो शो बनेको छ । शीर्षस्थानमा रहेको ‘स्क्विड गेम’को पहिलो सिजनलाई २६५ मिलियन पटक हेरिएको छ । दोस्रो स्थानमा रहेको ‘वेनस्डे’लाई २५२ मिलियन पटक हेरिएको छ ।

‘स्क्विड गेम’को दोस्रो सिजनलाई १५२.५ मिलियन पटक हेरिएको छ । २६ डिसेम्बरमा प्रिमियर भएको यो शोलाई ४ दिनमै ६८ मिलियन पटक हेरिएको थियो, जुन प्लाटफर्मको इतिहासमा सबैभन्दा ठूलो टिभी डेब्यु रहेको जनाइएको छ ।


११ दिनसम्म यसलाई १२६.२ मिलियन पटक हेरियो जुन यो समयमा यति धेरैपटक हेरिने नेटफ्ल्क्सि श्रृंखला बनेको जनाइएको छ । रिलिजको केही दिनसम्म यो दक्षिण कोरियाली शो नेटफ्ल्क्सि प्लाटफर्ममा ९३ मुलुकको शीर्ष ट्रेन्डिङमा थियो ।

अंग्रेजी भाषाको सिरिजतर्फ हार्लन कोबेनको सिरिज ‘मिसिङ यू’ १५.२ मिलियन भ्यूजसहित जनवरी ६को सातामा शीर्षस्थानमा छ ।



स्क्विड गेमको तेस्रो सिजनको कुरा गर्दा, यो सिजन सन् २०२५ मै आउने जनाइएको छ । नेपालमा समेत यसको लोकप्रियता निकै देखिन्छ । भारतमा यो सिरिज धेरै हेरिनेमध्येको शीर्षस्थानमा समेत थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाकारका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट, मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र मिस ...
स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ । स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण ...
हलिउडको चर्चित जासुसी फिल्म श्रृंखला ‘जेम्स बन्ड’का लागि नयाँ अभिनेता खोज्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । लामो समयदेखि ‘००७’ को भूमिकामा ड्यानियल क्रेगपछि कसले अभिनय गर्ने भन्ने चर्चा चलिरहेकामा अब अडिसन प्रक्रिया नै अघि बढाइएको हो । अमेजन एमजीएम स्टुडियोले विज्ञप्ति जारी गर्दै ‘अर्काे जेम्स बन्डको खोजी सुरु भइसकेको छ’ जनाएको छ । हलिउड ...
। अमेरिकी र्‍याप गायक कान्ये वेस्ट अर्थात् ‘ये’ को भारतमा पहिलोपटक हुन लागेको सांगीतिक प्रस्तुति अन्ततः रद्द भएको छ । नयाँ दिल्लीमा २०२६ मे २३ मा आयोजना हुने तय भएको उक्त कन्सर्ट सुरक्षासम्बन्धी सरकारी निर्देशनपछि स्थगित गरिएको आयोजकले जनाएको छ । कन्सर्ट आयोजक कम्पनी ह्वाइट फक्सले इन्स्टाग्राममार्फत औपचारिक वक्तव्य जारी गर्दै सरकारी निकाय र सुरक्षा निकायबाट ...
। हलिउडका दिग्गज अभिनेता विल स्मिथले कानुनी लडाइँमा ठूलो राहत पाएका छन् । क्यालिफोर्नियाको एक अदालतले ५७ वर्षीय सुपरस्टारविरुद्ध दर्ता भएको यौन दुव्र्यवहारको मुद्दा खारेज गरिदिएको छ । यो मामिला सन् २०२५ मा स्मिथको ‘टुर टिम’ मा सहभागी एक सदस्यले लगाएको आरोपसँग सम्बन्धित थियो । ‘मेन इन ब्ल्याक’ र ’द परस्यूट अफ ह्याप्पिनेस’ जस्ता चर्चित फिल्महरूका ...