मुख्य समाचार
लिभरपुलले ब्रेन्टफोर्डलाई २-० ले हराए
लिभरपुलले ब्रेन्टफोर्डलाई २-० ले हराए

। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिग लिडर लिभरपुलले रोमाञ्चक जित निकालेको छ । लिभरपुलले ब्रेन्टफोर्डलाई २-० ले हराएको हो ।

लिभरपुलको जितमा डार्विन नुनेजले २ गोल गरे । दुवै गोल खेल सकिन लाग्दा भएका थिए । इन्जुरी समयको पहिलो र तेस्रो मिनेटमा गोल गर्दै उनले लिभरपुलका लागि ५०औं अंक दिलाए ।




खेलभर कुल ३७ पटक शटको मौका पाएपनि लिभरपुलले ८ वटा मात्र टार्गेटमा राखेको थियो । ६५औं मिनेटमा मैदान प्रवेश गरेका डार्विनले लिभरपुललाई अवे मैदानमा ३ अंक हासिल गराए । जितसँगै लिभरपुलको २१ खेलबाट ५० अंक भएको छ । ब्रेन्टफोर्ड २२ खेलबाट २८ अंकसहित ११औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा आर्सनल घरेलु मैदानमै बराबरीमा रोकिएको छ । आर्सनललाई एस्टन भिल्लाले २-२ को बराबरीमा रोकेको हो ।



खेलमा दुई गोलको अग्रता लिएको भएपनि आर्सनलले जोगाउन सकेन । ३५औं मिनेटमा गाब्रियल मार्टिनेली तथा ५५औं मिनेटमा काइ हाभेर्ट्जले गोल गरेपछि आर्सनल २-० ले अघि बढेको थियो ।

तर ६०औं मिनेटमा युरी टिलेमान्स र ६८औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै खेल बराबरीम ल्याएका थिए । बराबरीपछि आर्सनल २२ खेलबाट ४४ अंकमा छ भने भिल्लाको २२ खेलबाट ३६ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...