मुख्य समाचार
लामिछानेको एउटा पोस्टले अहिले सामाजिक सञ्जालदेखि नेपाली क्रिकेटको माहोल ताते
लामिछानेको एउटा पोस्टले अहिले सामाजिक सञ्जालदेखि नेपाली क्रिकेटको माहोल ताते

। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेको एउटा पोस्टले अहिले सामाजिक सञ्जालदेखि नेपाली क्रिकेटको माहोल तातेको छ ।

सन्दीपले सामाजिक सञ्जालमा पोस्ट राख्दै नेपालका समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन् । उनले लेखेका छन्- सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । यो माया र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ ।


उनको यो स्टाटसलाई सामान्य रूपले लिने मान्छे एकतर्फ रहँदा लाखौंको मनमा भने कौतुहलता पनि ल्याएको छ । सन्दीपले केही ठुलो निर्णय लिन लागे कि भनेर । कतिले सन्यासको संकेत भएको समेत टिप्पणी गरेका छन् ।

यसबारेमा सन्दीपसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेको छैन । उनको फोन अफ आइरहेको छ । क्यानलाई उनले केही जानकारी गराएका छन् कि भनेर बुझ्दा क्यानका प्रवक्तासँग पनि सम्पर्क भएन ।



सन्दीपले यस्तो स्टाटस लेखेर सम्पर्कमा नहुनुले थप शंका उत्पन्न गराएको छ । उनले सन्यास नै लिन लागेका हुन् त ? वा केही अरू निर्णय लिन लागे ?

२४ वर्षीय सन्दीपका लागि सन्यास लिनका लागि त्यस्तो ठुलो कारण चाहिँ देखिँदैन । उनको व्यक्तिगत इच्छाबाहेक अन्य कारणले सन्यास लिनुपर्ने केही छैन ।

युवा उमेरमै सन्यास लिएको कुरा यसअघि भने पक्कै देखिएको छ । अफगानिस्तानका क्रिकेटर नवीन उल हकले २४ वर्षकै उमेरमा २०२३ को एकदिवसीय विश्‍वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यनस लिएका थिए । तर त्यो उनले टी२० करियरलाई थप स्तरीय बनाउनका लागि यस्तो निर्णय लिएको बताएका थिए ।

सन्दीपले यो स्टाटस राख्नुको पछाडि केहीले भने एटेन्सन पाउनका लागि हो भनिरहेका छन् । केहीले सन्यास र कतिपयले नेपाल छाडेर अर्कै देशबाट खेल्न लागेसम्म भन्न भ्याएका छन् ।

यी सबै कुराहरू एक अनुमानका भरमा गरिएका हल्ला मात्र हुन् । खास कुरा सन्दीपलाई मात्र थाहा छ र यसबारेमा उनले आफैं केही नभनेसम्म भने यथार्थ यही हो भनेर तोक्न पनि मिल्दैन ।

सन्दीपले नेपालका लागि ५८ एकदिवसीय र ५८ टी२०आई खेलेका छन् । नेपाली टोलीबाट विश्‍वकप पनि खेलिसकेका उनले आइपीएल र बीबीएललगायत विश्‍वका चर्चित लिगहरू खेलिसकेका छन् ।

युवा उमेरमै उच्चस्तरको सफलता हासिल गरेका सन्दीपको फर्ममा पछिल्लो समय एकरूपता नदेखिएपनि त्यही कारणले उनले केही निर्णय लिनुपर्ने भने देखिँदैन किनकि उनको करियर अझै लामो समय बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...