मुख्य समाचार
लामिछानेको एउटा पोस्टले अहिले सामाजिक सञ्जालदेखि नेपाली क्रिकेटको माहोल ताते
लामिछानेको एउटा पोस्टले अहिले सामाजिक सञ्जालदेखि नेपाली क्रिकेटको माहोल ताते

। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेको एउटा पोस्टले अहिले सामाजिक सञ्जालदेखि नेपाली क्रिकेटको माहोल तातेको छ ।

सन्दीपले सामाजिक सञ्जालमा पोस्ट राख्दै नेपालका समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन् । उनले लेखेका छन्- सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । यो माया र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ ।


उनको यो स्टाटसलाई सामान्य रूपले लिने मान्छे एकतर्फ रहँदा लाखौंको मनमा भने कौतुहलता पनि ल्याएको छ । सन्दीपले केही ठुलो निर्णय लिन लागे कि भनेर । कतिले सन्यासको संकेत भएको समेत टिप्पणी गरेका छन् ।

यसबारेमा सन्दीपसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेको छैन । उनको फोन अफ आइरहेको छ । क्यानलाई उनले केही जानकारी गराएका छन् कि भनेर बुझ्दा क्यानका प्रवक्तासँग पनि सम्पर्क भएन ।



सन्दीपले यस्तो स्टाटस लेखेर सम्पर्कमा नहुनुले थप शंका उत्पन्न गराएको छ । उनले सन्यास नै लिन लागेका हुन् त ? वा केही अरू निर्णय लिन लागे ?

२४ वर्षीय सन्दीपका लागि सन्यास लिनका लागि त्यस्तो ठुलो कारण चाहिँ देखिँदैन । उनको व्यक्तिगत इच्छाबाहेक अन्य कारणले सन्यास लिनुपर्ने केही छैन ।

युवा उमेरमै सन्यास लिएको कुरा यसअघि भने पक्कै देखिएको छ । अफगानिस्तानका क्रिकेटर नवीन उल हकले २४ वर्षकै उमेरमा २०२३ को एकदिवसीय विश्‍वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यनस लिएका थिए । तर त्यो उनले टी२० करियरलाई थप स्तरीय बनाउनका लागि यस्तो निर्णय लिएको बताएका थिए ।

सन्दीपले यो स्टाटस राख्नुको पछाडि केहीले भने एटेन्सन पाउनका लागि हो भनिरहेका छन् । केहीले सन्यास र कतिपयले नेपाल छाडेर अर्कै देशबाट खेल्न लागेसम्म भन्न भ्याएका छन् ।

यी सबै कुराहरू एक अनुमानका भरमा गरिएका हल्ला मात्र हुन् । खास कुरा सन्दीपलाई मात्र थाहा छ र यसबारेमा उनले आफैं केही नभनेसम्म भने यथार्थ यही हो भनेर तोक्न पनि मिल्दैन ।

सन्दीपले नेपालका लागि ५८ एकदिवसीय र ५८ टी२०आई खेलेका छन् । नेपाली टोलीबाट विश्‍वकप पनि खेलिसकेका उनले आइपीएल र बीबीएललगायत विश्‍वका चर्चित लिगहरू खेलिसकेका छन् ।

युवा उमेरमै उच्चस्तरको सफलता हासिल गरेका सन्दीपको फर्ममा पछिल्लो समय एकरूपता नदेखिएपनि त्यही कारणले उनले केही निर्णय लिनुपर्ने भने देखिँदैन किनकि उनको करियर अझै लामो समय बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...