मुख्य समाचार
ठूला कम्पनीमा कर्मचारीको सट्टा भटाभट एआई भर्ती गरिँदै
ठूला कम्पनीमा कर्मचारीको सट्टा भटाभट एआई भर्ती गरिँदै

— फेसबुक, इन्स्टाग्राम, म्यासेन्जरजस्ता चर्चित एपहरूको प्यारेन्ट कम्पनी ‘मेटा’ ले सन् २०२५ मा आफ्ना कुल कर्मचारीको ५ प्रतिशत अर्थात् झन्डै ४ हजार रोजगारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले एआई प्रविधिमा थप लगानी गर्ने र कार्यालयका नियमित कामलाई प्रतिस्थापन गर्दै लैजाने योजना सार्वजनिक गरेको हो ।

गत साता मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्गले जो रोगनसँगको चर्चित पडकास्टमा मध्यम तहका इन्जिनियर र प्राविधिकहरूलाई बिस्तारै एआईले प्रतिस्थापन गर्ने बताएका थिए । उनले यही वर्ष मेटाबाट झन्डै ५ प्रतिशत कर्मचारीलाई बिदा गर्ने तयारी गरिसकेको ब्लुमबर्गको रिपोर्टमा उल्लेख छ । जकरबर्गले कार्यालमा सबैभन्दा ‘कमजोर प्रदर्शन’ गर्नेहरूलाई भकाभक निकाल्ने तयारी गरेको ब्लुमकर्गको दाबी छ ।


अर्को ठूलो प्रविधि कम्पनी, सेल्सफोर्सले पनि सन् २०२५ मा एकजना पनि नयाँ सफ्टवेयर इन्जिनियर भर्ती नगर्ने घोषणा गरेको छ । एआईमा भर पर्ने कम्पनीको रणनीति रहेको बुझिन्छ । एजेन्टफोर्सजस्ता एआई प्रविधिको प्रयोगबाट सेल्स, मार्केटिङ, ग्राहक सेवासम्बन्धी जनशक्तिलाई प्रतिस्थापन गर्दै लाने सेल्सफोर्सको योजना छ ।

गोल्डम्यान स्याक्सको एक अध्ययन प्रतिवेदनअनुसार सन् २०३० सम्ममा झन्डै ३० करोड मानव श्रमशक्तीलाई एआईले विस्थापन गर्दै छ । गएका दुई वर्षमा नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षमता व्यापक वृद्धि भइसकेको र अब यो प्रविधि कन्टेन्ट जेनेरेट गर्ने वा साना-तिना काम सघाउनमा सीमित नरहने भएकाले मेटा र सेल्सफोर्सजस्ता ठूला कम्पनीहरू पनि मानिसको सट्टा एआई कर्मचारीतर्फ ढल्किन थालेका हुन् । जेनेरेटिभ मोडेल र स्वचालित सफ्टवेयरजस्ता एआई माध्यमले अब कार्यालयहरूको 'वर्क कल्चर' लाई रुपान्तरण गर्ने आँकलन भइरहेका छन् ।


केही क्षेत्रहरूमा तत्काल र केही क्षेत्रमा क्रमश: रोजगारी गुम्ने क्रम शुरु भएको अध्ययनहरूले देखाएका छन् । हालै प्रकासित विभिन्न तथ्यांकहरूले पनि एआईप्रति आधिकारिक रूपमै निर्भरता बढिरहेको चित्रण गरेका छन् । ब्लुमबर्गको पछिल्लो रिपोर्टअनुसार न्यु योर्क वाल स्ट्रिटका ठूला बैंकहरूमा एआईको प्रयोगका कारण करिब २ लाख रोजगारी कटौती हुनसक्ने अनुमान गरिएको छ । जेपी मोर्गन चेज एन्ड को, गोल्डम्यान स्याक्सजस्ता वित्तीय कम्पनीहरूले दक्षता र उत्पादकत्व बढाउन एआईको प्रयोग उल्लेख्य बढाउँदै लगेका छन् ।

विश्व आर्थिक मञ्चले केही समयअघि सार्वजनिक गरेको कामकाजको भविष्यसम्बन्धी प्रतिवेदनमा कार्यालयमा दैनिक हुने सामान्य प्रशासनिक कामहरू अब एआईको उपलब्धताले बिस्तारै स्वचालित विकल्पतिर जाने उल्लेख थियो । यस्तै, न्युजविकमा प्रकाशित एक रिपोर्टले पनि ग्राहक सेवासम्बन्धी कामहरू, तथ्यांक जम्मा गर्ने र विश्लेषण गर्ने, मार्केटिङ, बैंकका नोट गन्नेजस्ता काम, कार्यालयमा सहयोगीले गर्ने समय व्यवस्थापनजस्ता काम, सेल्ससँगै मिडिया र कन्टेन्ट सिर्जनाका कतिपय कामहरूमा बिस्तारै एआई हाबी हुने उल्लेख गरेको छ । कतिपय कामहरू एआईले पूर्ण प्रतिस्ठापन नगरी हाले पनि एआईको भूमिका आंशिक रूपमा बढ्दै जाने प्रतिवेदनहरूमा उल्लेख छ ।




१७ करोड नयाँ रोजगारी सिर्जना हुने, १० करोड विस्थापित हुने

ठूला प्रविधि कम्पनीहरूले आक्रामक रूपमा विभिन्न कामलाई अटोमेसन र एआईमा आधारित बनाउँदै जाने घोषणा गरेका छन् । सेल्सफोर्सले अलि फरक किसिमको र सकारात्मक दृश्य पनि प्रक्षेपण गरेको छ । आईडीसी र सेल्सफोर्सद्वारा गरिएको अध्ययनले सन् २०२८ सम्ममा विश्वभर झन्डै डेढ करोड नयाँ रोजगारी सिर्जना हुने देखाएको छ । प्रारम्भिक चरणमा केही रोजगारी गुम्नसक्ने भए पनि दीर्घकालीन रूपमा आर्थिक वृद्धि र नयाँ रोजगारीका अवसरहरू खुल्दै जाने सो अध्ययनको निश्कर्ष छ ।

आईबीएमले त वर्ष २०२४ मै करिब ७ हजार ८ सय पदहरू (कार्यालयमा आधारित काममध्ये ३० प्रतिशत) एआईद्वारा स्वचालित गर्ने योजना बनाइसकेको थियो । एआईपीआरएम अध्ययनले ३७ प्रतिशत कम्पनीहरूले क्रमश: केही पदहरू एआईद्वारा प्रतिस्थापन गर्दै लगेको जनाएको छ । त्यस्तै, ४४ प्रतिशत कम्पनी‍ले आगामी वर्षहरूमा कर्मचारीको सट्टा एआई भर्ती गर्ने योजना बनाएको उल्लेख गरेको छ । माइक्रोसफ्ट, गुगल, अमेजनजस्ता ठूला प्रविधि कम्पनीहरूले पनि विस्तारै पुराना शैलीका कर्मचारी भर्तीलाई पूर्ण वा आंशिक रूपमा एआईमा आधारित बनाउँदै लाने योजना सुनाउँदै आएका छन् ।

स्रोत : विश्व आर्थिक मञ्ज
आगामी केही वर्षमा फिलिपिन्सका झन्डै ५० लाख कर्मचारीहरू एआई क्षेत्रको उभारका कारण विस्थापित वा प्रभावित हुने अध्ययनहरूले देखाएका छन् । अमेरिकाका झन्डै ८० प्रतिशत कामदारको कार्यक्षेत्रमा एआईले सानो वा ठूलो रूपमा असर गर्ने ब्लुमबर्गको अध्ययन छ । माइक्रोसफ्टको एक सर्वेक्षणले सूचना प्रविधि क्षेत्रमा उल्लेख्य रूपमा आश्रित भारतको ठूलो युवा जनशक्तिमध्ये झन्डै ७४ प्रतिशतलाई एआईका कारण आफ्नो रोजगारी गुम्ने चिन्ता रहेको देखाएको थियो । विश्व आर्थिक मञ्चकै प्रतिवेदनले पनि सन् २०३० सम्ममा एआईका कारण लगभग १७ करोड नयाँ रोजगारीका अवसर सिर्जना हुने र झन्डै १० करोड अहिलेका रोजगारलाई एआईले पूर्णतया प्रतिस्थापन गर्ने प्रक्षेपण गरेको छ ।

अध्ययनहरूले एआईको पछिल्लो छलाङले चीन, भारत, जर्मनी, जापान, दक्षिण कोरियासँगै अमेरिकाको झन्डै अढाइ करोड रोजगारमा असर पार्ने र त्यसको ठूलो संख्यालाई विस्थापनसमेत गर्ने देखाएका छन् । अमेरिकामा एक्लै झन्डै ४ करोड रोजगारीलाई एआईको बढ्दो प्रयोगले यही वर्ष आंशिक वा पूर्णरूपमा असर गर्ने दाबी गरिएको छ । ठूला प्रविधि र वित्तीय कम्पनीहरूले जनशक्तिको विकास र बिस्तारसम्बन्धी आफ्ना रणनीतिमै पुनर्विचार गरिरहेकाले यी अध्ययनको अनुमानमा विश्वास गर्ने प्रशस्त ठाउँ देखिन्छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम