मुख्य समाचार
ठूला कम्पनीमा कर्मचारीको सट्टा भटाभट एआई भर्ती गरिँदै
ठूला कम्पनीमा कर्मचारीको सट्टा भटाभट एआई भर्ती गरिँदै

— फेसबुक, इन्स्टाग्राम, म्यासेन्जरजस्ता चर्चित एपहरूको प्यारेन्ट कम्पनी ‘मेटा’ ले सन् २०२५ मा आफ्ना कुल कर्मचारीको ५ प्रतिशत अर्थात् झन्डै ४ हजार रोजगारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले एआई प्रविधिमा थप लगानी गर्ने र कार्यालयका नियमित कामलाई प्रतिस्थापन गर्दै लैजाने योजना सार्वजनिक गरेको हो ।

गत साता मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्गले जो रोगनसँगको चर्चित पडकास्टमा मध्यम तहका इन्जिनियर र प्राविधिकहरूलाई बिस्तारै एआईले प्रतिस्थापन गर्ने बताएका थिए । उनले यही वर्ष मेटाबाट झन्डै ५ प्रतिशत कर्मचारीलाई बिदा गर्ने तयारी गरिसकेको ब्लुमबर्गको रिपोर्टमा उल्लेख छ । जकरबर्गले कार्यालमा सबैभन्दा ‘कमजोर प्रदर्शन’ गर्नेहरूलाई भकाभक निकाल्ने तयारी गरेको ब्लुमकर्गको दाबी छ ।


अर्को ठूलो प्रविधि कम्पनी, सेल्सफोर्सले पनि सन् २०२५ मा एकजना पनि नयाँ सफ्टवेयर इन्जिनियर भर्ती नगर्ने घोषणा गरेको छ । एआईमा भर पर्ने कम्पनीको रणनीति रहेको बुझिन्छ । एजेन्टफोर्सजस्ता एआई प्रविधिको प्रयोगबाट सेल्स, मार्केटिङ, ग्राहक सेवासम्बन्धी जनशक्तिलाई प्रतिस्थापन गर्दै लाने सेल्सफोर्सको योजना छ ।

गोल्डम्यान स्याक्सको एक अध्ययन प्रतिवेदनअनुसार सन् २०३० सम्ममा झन्डै ३० करोड मानव श्रमशक्तीलाई एआईले विस्थापन गर्दै छ । गएका दुई वर्षमा नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षमता व्यापक वृद्धि भइसकेको र अब यो प्रविधि कन्टेन्ट जेनेरेट गर्ने वा साना-तिना काम सघाउनमा सीमित नरहने भएकाले मेटा र सेल्सफोर्सजस्ता ठूला कम्पनीहरू पनि मानिसको सट्टा एआई कर्मचारीतर्फ ढल्किन थालेका हुन् । जेनेरेटिभ मोडेल र स्वचालित सफ्टवेयरजस्ता एआई माध्यमले अब कार्यालयहरूको 'वर्क कल्चर' लाई रुपान्तरण गर्ने आँकलन भइरहेका छन् ।


केही क्षेत्रहरूमा तत्काल र केही क्षेत्रमा क्रमश: रोजगारी गुम्ने क्रम शुरु भएको अध्ययनहरूले देखाएका छन् । हालै प्रकासित विभिन्न तथ्यांकहरूले पनि एआईप्रति आधिकारिक रूपमै निर्भरता बढिरहेको चित्रण गरेका छन् । ब्लुमबर्गको पछिल्लो रिपोर्टअनुसार न्यु योर्क वाल स्ट्रिटका ठूला बैंकहरूमा एआईको प्रयोगका कारण करिब २ लाख रोजगारी कटौती हुनसक्ने अनुमान गरिएको छ । जेपी मोर्गन चेज एन्ड को, गोल्डम्यान स्याक्सजस्ता वित्तीय कम्पनीहरूले दक्षता र उत्पादकत्व बढाउन एआईको प्रयोग उल्लेख्य बढाउँदै लगेका छन् ।

विश्व आर्थिक मञ्चले केही समयअघि सार्वजनिक गरेको कामकाजको भविष्यसम्बन्धी प्रतिवेदनमा कार्यालयमा दैनिक हुने सामान्य प्रशासनिक कामहरू अब एआईको उपलब्धताले बिस्तारै स्वचालित विकल्पतिर जाने उल्लेख थियो । यस्तै, न्युजविकमा प्रकाशित एक रिपोर्टले पनि ग्राहक सेवासम्बन्धी कामहरू, तथ्यांक जम्मा गर्ने र विश्लेषण गर्ने, मार्केटिङ, बैंकका नोट गन्नेजस्ता काम, कार्यालयमा सहयोगीले गर्ने समय व्यवस्थापनजस्ता काम, सेल्ससँगै मिडिया र कन्टेन्ट सिर्जनाका कतिपय कामहरूमा बिस्तारै एआई हाबी हुने उल्लेख गरेको छ । कतिपय कामहरू एआईले पूर्ण प्रतिस्ठापन नगरी हाले पनि एआईको भूमिका आंशिक रूपमा बढ्दै जाने प्रतिवेदनहरूमा उल्लेख छ ।




१७ करोड नयाँ रोजगारी सिर्जना हुने, १० करोड विस्थापित हुने

ठूला प्रविधि कम्पनीहरूले आक्रामक रूपमा विभिन्न कामलाई अटोमेसन र एआईमा आधारित बनाउँदै जाने घोषणा गरेका छन् । सेल्सफोर्सले अलि फरक किसिमको र सकारात्मक दृश्य पनि प्रक्षेपण गरेको छ । आईडीसी र सेल्सफोर्सद्वारा गरिएको अध्ययनले सन् २०२८ सम्ममा विश्वभर झन्डै डेढ करोड नयाँ रोजगारी सिर्जना हुने देखाएको छ । प्रारम्भिक चरणमा केही रोजगारी गुम्नसक्ने भए पनि दीर्घकालीन रूपमा आर्थिक वृद्धि र नयाँ रोजगारीका अवसरहरू खुल्दै जाने सो अध्ययनको निश्कर्ष छ ।

आईबीएमले त वर्ष २०२४ मै करिब ७ हजार ८ सय पदहरू (कार्यालयमा आधारित काममध्ये ३० प्रतिशत) एआईद्वारा स्वचालित गर्ने योजना बनाइसकेको थियो । एआईपीआरएम अध्ययनले ३७ प्रतिशत कम्पनीहरूले क्रमश: केही पदहरू एआईद्वारा प्रतिस्थापन गर्दै लगेको जनाएको छ । त्यस्तै, ४४ प्रतिशत कम्पनी‍ले आगामी वर्षहरूमा कर्मचारीको सट्टा एआई भर्ती गर्ने योजना बनाएको उल्लेख गरेको छ । माइक्रोसफ्ट, गुगल, अमेजनजस्ता ठूला प्रविधि कम्पनीहरूले पनि विस्तारै पुराना शैलीका कर्मचारी भर्तीलाई पूर्ण वा आंशिक रूपमा एआईमा आधारित बनाउँदै लाने योजना सुनाउँदै आएका छन् ।

स्रोत : विश्व आर्थिक मञ्ज
आगामी केही वर्षमा फिलिपिन्सका झन्डै ५० लाख कर्मचारीहरू एआई क्षेत्रको उभारका कारण विस्थापित वा प्रभावित हुने अध्ययनहरूले देखाएका छन् । अमेरिकाका झन्डै ८० प्रतिशत कामदारको कार्यक्षेत्रमा एआईले सानो वा ठूलो रूपमा असर गर्ने ब्लुमबर्गको अध्ययन छ । माइक्रोसफ्टको एक सर्वेक्षणले सूचना प्रविधि क्षेत्रमा उल्लेख्य रूपमा आश्रित भारतको ठूलो युवा जनशक्तिमध्ये झन्डै ७४ प्रतिशतलाई एआईका कारण आफ्नो रोजगारी गुम्ने चिन्ता रहेको देखाएको थियो । विश्व आर्थिक मञ्चकै प्रतिवेदनले पनि सन् २०३० सम्ममा एआईका कारण लगभग १७ करोड नयाँ रोजगारीका अवसर सिर्जना हुने र झन्डै १० करोड अहिलेका रोजगारलाई एआईले पूर्णतया प्रतिस्थापन गर्ने प्रक्षेपण गरेको छ ।

अध्ययनहरूले एआईको पछिल्लो छलाङले चीन, भारत, जर्मनी, जापान, दक्षिण कोरियासँगै अमेरिकाको झन्डै अढाइ करोड रोजगारमा असर पार्ने र त्यसको ठूलो संख्यालाई विस्थापनसमेत गर्ने देखाएका छन् । अमेरिकामा एक्लै झन्डै ४ करोड रोजगारीलाई एआईको बढ्दो प्रयोगले यही वर्ष आंशिक वा पूर्णरूपमा असर गर्ने दाबी गरिएको छ । ठूला प्रविधि र वित्तीय कम्पनीहरूले जनशक्तिको विकास र बिस्तारसम्बन्धी आफ्ना रणनीतिमै पुनर्विचार गरिरहेकाले यी अध्ययनको अनुमानमा विश्वास गर्ने प्रशस्त ठाउँ देखिन्छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...