मुख्य समाचार
टिकटकलाई अमेरिकी व्यवसाय बिक्री गर्न वा प्रतिबन्धित हुन अमेरिकी सरकारले दिएको अल्टिमेटम सर्वोच्च अदालतद्वारा सदर
टिकटकलाई अमेरिकी व्यवसाय बिक्री गर्न वा प्रतिबन्धित हुन अमेरिकी सरकारले दिएको अल्टिमेटम सर्वोच्च अदालतद्वारा सदर

— अमेरिकी सर्वोच्च अदालतले चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी सञ्चालन बिक्री गर्न वा आगामी आइतबारदेखि देशभर प्रतिबन्ध सामना गर्न सरकारले दिएको अल्टिमेटम सही भएको फैसला गरेको छ । अमेरिकी उच्च न्यायालयको यो निर्णयले अमेरिका र चीनबीचको भूराजनीतिक तनावलाई थप चर्काउने देखिएको छ ।

टिकटकको अपेक्षित प्रतिबन्धलाई लिएर अमेरिकाका दुई ठूला राजनीतिक दलबीच स्पष्ट दुई धार देखिएको छ । लामो समययता टिकटकलाई रोक्न प्रमुख भूमिका खेलेका वर्तमान राष्ट्रपति जो बाइडेन यसलाई लिएर जोखिम नलिने पक्षमा छन् । उनी प्रतिबन्ध सुरू हुने दिनको भोलिपल्ट पद छोड्दैछन् । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प भने आफ्नो अघिल्लो कार्यकालमा टिकटकसँग तिक्ततापूर्ण सम्बन्ध रहे पनि अहिले नरम देखिएका छन् र प्रतिबन्ध हुन नहुने वकालत गर्दै आएका छन् । ट्रम्पले टिकटकका प्रमुख कार्यकारी अधिकृत साउ चाउलाई आफ्नो शपथ ग्रहण समारोहमा निम्तासमेत दिइसकेका छन् । केही समययता ट्रम्प र टिकटक प्रमुखबीच उनकै निवासमा भेटघाट भइसकेको छ ।


यी सबै राजनीतिक खिचातानीले अमेरिकी न्यायालयलाई कुनै फरक परेको छैन । यसअघि अमेरिकी उच्च अदालतले पनि अमेरिकी सञ्चालन बिक्री नगरे टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणालाई सही ठहर्‍याएको थियो । अमेरिकी सर्वोच्च अदालतले आफ्नो फैसलामा राष्ट्रिय सुरक्षाको सवाल, प्रयोगकर्ताहरूमा परेको असर, भूराजनीतिक जटिलता, प्राविधिक र व्यावहारिक कठिनाइ र भविष्यमा आउनसक्ने समस्यालगायत कारणलाई आधार मान्दै सरकारको निर्णयलाई सदर गरेको हो ।

'टिकटकमार्फत अमेरिकी प्रयोगकर्ताहरूको विशाल व्यक्तिगत तथ्यांकमा चिनियाँ सरकारको पहुँच हुनसक्ने सम्भावनाले गम्भीर राष्ट्रिय सुरक्षा जोखिमको संकेत गर्छ,' फैसलामा भनिएको छ, 'यो पक्ष यस एपका प्रयोगकर्ताहरूको अभिव्यक्ति स्वतन्त्रता सिमित हुने वा नहुने भन्दा महत्वपूर्ण विषय हो ।' टिकटकको अमेरिकी सञ्चालन बिक्री अनिवार्य गर्ने कानुन राष्ट्रिय सुरक्षा हित संरक्षण गर्न आवश्यक रहेको अदालतको ठहर छ ।

टिकटकले सर्वोच्चको निर्णयप्रति आफ्नो गम्भीर असन्तुष्टि व्यक्त गर्दै प्रयोगकर्ताको डेटा सुरक्षामा आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ । कम्पनीले एक विज्ञप्तिमा ठोस डेटा सुरक्षा उपायहरू कार्यान्वयन गरिएको र चिनियाँ सरकारसँग प्रयोगकर्ताको डेटाको पहुँच कहिले पनि नदिइएको स्पष्ट पारेको छ । टिकटकका प्रमुख साउ चाउले भनेका छन्, 'सर्वोच्च अदालतको निर्णयले हाम्रो डेटा सुरक्षा अभ्यासको वास्तविक अवस्थाको प्रतिनिधित्व गर्दैन तर हामी यस निर्णयबाट अत्यन्तै निराश छौँ । हामी आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित र भरपर्दो प्लाटफर्म उपलब्ध गराउने प्रतिवद्धतामा अडिग छौं । टिकटकलाई अमेरिकामा उपलब्ध गराउन सबै विकल्पहरूको खोजी जारी राख्नेछौँ ।'

झन्डै १७ करोड सक्रिय प्रयोगकर्तासहित टिकटक अमेरिकामा अत्यन्तै लोकप्रिय प्लाटफर्म बनेको छ । विशेषगरी युवापुस्तामाझ यसको प्रभाव उल्लेखनीय रहेको मानिन्छ । यो तथ्यलाई नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमै स्वीकारेका पनि गरेका थिए । स्थानीय उत्पादकहरू, साना व्यवसाय र विज्ञापनदाताहरूका लागि यो प्लाटफर्म आकर्षक माध्यम बनेको छ ।

अमेरिकामा टिकटकको भविष्य के हुने भन्ने विषयको विवाद नयाँ विषय भने होइन । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको प्लाटफर्म भएका कारण डेटा सुरक्षा र प्रयोगकर्ताको जानकारीमा चिनियाँ सरकारको पहुँच हुनसक्ने चिन्ताले यसलाई थप जटिल बनाएको हो । संसद्देखि मिडियासम्म यो एपको चर्चा बाक्लै सुनिने गरेको छ । सन् २०२० मा तत्कालिन राष्ट्रपति ट्रम्पले टिकटकको अमेरिकी अपरेसन बिक्री गर्न दबाब दिएका थिए र त्यतिबेलै प्रतिबन्धको प्रयास गरेका थिए ।




त्यसलाई अमेरिकी अदालतले रोकेपछि आएको बाइडेन प्रशासनले पनि कडा नियमनको प्रयास जारी राख्दै २०२४ मा टिकटकसम्बन्धी एक विधेयक पारित गरेको थियो । त्यसमा बाइटडान्सलाई बिक्री गर्न वा प्रतिबन्ध स्वीकार गर्न बाध्य बनाउने प्रावधान राखिएको ‍थियो । पहिलेझैं यसपटक पनि अमेरिकी अदालतले प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्णय दिने टिकटकको अपेक्षा देखिन्थ्यो तर अमेरिकी उच्च न्यायालयको फैसलाले त्यसलाई सही ठानेन ।

विश्लेषकहरूले टिकटकको अमेरिकी अपरेसन बिक्री हुँदा यसको मूल्य ३० अर्बदेखि ५० अर्ब डलरसम्म हुनसक्ने अनुमान छ । तर, अमेरिकी कडाइका बीच चिनियाँ कानुनहरूले टिकटकका सफल एल्गोरिदमको हस्तान्तरणमा रोक लगाइदिएकाले बिक्री प्रक्रिया थप जटिल भएको छ । टिकटकले आधिकारिक रूपमै सर्वफच्चको फैसला आफू अनुकुल नभए अमेरिकामा आफ्नो व्यवसाय बन्द गर्ने घोषणा गरिसकेको छ ।

टिकटकमा निर्भर ७० लाखभन्दा बढी संख्याका साना व्यवसायहरूले सम्भावित प्रतिबन्धको असरको सामना गर्न तयारी गरिरहेका छन् । अक्सफोर्ड इकोनोमिक्सका अनुसार ४५ प्रतिशत साना र मध्यम व्यवसायहरूले टिकटकलाई आफ्नो व्यापारको लागि अत्यावश्यक मान्ने गरेका छन् । यो निर्णयले सामाजिक सञ्जाल र डेटा गोपनीयताको विषयमा व्यापक बहसलाई पनि जन्म दिएको छ । अमेरिकी सेनेटर एमी क्लोबसरले यस निर्णयले प्रविधि कम्पनीहरूको पारदर्शिता र डेटा संरक्षण कानुनहरूको आवश्यकता औंल्याएको बताइन् ।

जनवरी १९ को म्याद नजिकिँदै गर्दा आएको यो फैसलाले टिकटकको भविष्य थप अनिश्चित बनेको छ । प्रयोगकर्ता र व्यवसायीहरूले भने आगामी कदमको प्रतीक्षा गर्ने संकेत गरेका छन् । यस विषयमा चीन वा अमेरिका सरकारले भने आधिकारिक धारणा सार्वजनिक गरीसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम