मुख्य समाचार
नेपाल एपीएफ क्लब एन्फा महिला लिग फुटबलको क्वालिफायर–१ का लागि छनोट
नेपाल एपीएफ क्लब एन्फा महिला लिग फुटबलको क्वालिफायर–१ का लागि छनोट

— नेपाल एपीएफ क्लब एन्फा महिला लिग फुटबलको क्वालिफायर–१ का लागि छनोट हुने पहिलो टिम बनेको छ । यससँगै एपीएफको फाइनल खेल्ने सम्भावना बढेको छ । एपीएफले शुक्रबार अर्को एकपक्षीय जित निकालेको हो । यसपल्ट टोलीको सिकार बन्यो, वालिङ नगरपालिका टिम ।

रश्मिकुमारी घिसिङको ह्याट्रिकप्रेरित एपीएफले वालिङमाथि ठूलो अन्तरको जित पाएको हो । रश्मिले ४ गोल गरिन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफ १०–० ले सजिलै विजयी रह्यो ।


एपीएफको प्रतियोगितामा दोस्रो चरणको शीर्ष दुई स्थानमा रहने निश्चित भएको छ । यो जितपछि एपीएफको १८ अंक भएको छ । टोली शीर्षमा छ । आर्मी १३ अंकसहित दोस्रो र पुलिस १० अंकसहित तेस्रो स्थानमा छ ।

अब यिनै दुई टिमबीच क्वालिफायर–१ खेल्ने दोस्रो टिमका लागि प्रतिस्पर्धा चल्नेछ । दोस्रो चरणमा प्रत्येक टिमले दुई खेलमात्र खेल्न बाँकी रहेको स्थितिमा एपीएफ शीर्ष दुईमा रहने निश्चित भएको हो ।

अन्तिम दुई चरणका खेलमा जस्तै नतिजा आएपछि पुलिसले अब एपीएफलाई उछिन्न सक्ने छैन । ‘दुई खेलअगाडि नै हामी क्वालिफायर–१ का लागि छनोट भएका छौं, त्यसैले खुसी छौं । यो सबै टिमकै मिहिनेतले सम्भव भएको हो,’ प्रशिक्षक जीवेश पाण्डेले भने ।

उनले थपे, ‘यहाँसम्मको यात्रामा सबै खेलाडीले राम्रो खेलका छन् । हाम्रोसामु चुनौती अझै बाँकी छ । हाम्रो अबको लक्ष्य भनेको नयाँ ढाँचाको लिग जित्ने नै हो ।’

रश्मिले ७, ८, ५४ र ५९ औं मिनेटमा गोल गरिन् । सरु लिम्बू र सविता रानामगरले समान २ गोल गरिन् । सरुले २३ र २७ औं मिनेटमा गोल गरिन् भने सविताबाट ८३ र ८५ औं मिनेटमा गोल निस्केको हो ।




प्रीति राईले २० र कप्तान रेनुका नगरकोटेले २४ औं मिनेटमा गोल गरेका थिए । दोस्रो चरणमा एपीएफ आफूले खेलेका सबै ६ खेलमा विजयी छ । पहिलो चरणको समेत गरेर एपीएफको यो लगातार १४ औं जित हो ।

वालिङ अंकविहीन भएर पुछारमा छ । टोलीले अहिलेसम्म दोस्रो चरणमा कुनै पनि जित निकाल्न सकेको छैन । बागमती र वालिङमध्ये एक टिमले इलिमिनेटर खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...