मुख्य समाचार
नेपाल एपीएफ क्लब एन्फा महिला लिग फुटबलको क्वालिफायर–१ का लागि छनोट
नेपाल एपीएफ क्लब एन्फा महिला लिग फुटबलको क्वालिफायर–१ का लागि छनोट

— नेपाल एपीएफ क्लब एन्फा महिला लिग फुटबलको क्वालिफायर–१ का लागि छनोट हुने पहिलो टिम बनेको छ । यससँगै एपीएफको फाइनल खेल्ने सम्भावना बढेको छ । एपीएफले शुक्रबार अर्को एकपक्षीय जित निकालेको हो । यसपल्ट टोलीको सिकार बन्यो, वालिङ नगरपालिका टिम ।

रश्मिकुमारी घिसिङको ह्याट्रिकप्रेरित एपीएफले वालिङमाथि ठूलो अन्तरको जित पाएको हो । रश्मिले ४ गोल गरिन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफ १०–० ले सजिलै विजयी रह्यो ।


एपीएफको प्रतियोगितामा दोस्रो चरणको शीर्ष दुई स्थानमा रहने निश्चित भएको छ । यो जितपछि एपीएफको १८ अंक भएको छ । टोली शीर्षमा छ । आर्मी १३ अंकसहित दोस्रो र पुलिस १० अंकसहित तेस्रो स्थानमा छ ।

अब यिनै दुई टिमबीच क्वालिफायर–१ खेल्ने दोस्रो टिमका लागि प्रतिस्पर्धा चल्नेछ । दोस्रो चरणमा प्रत्येक टिमले दुई खेलमात्र खेल्न बाँकी रहेको स्थितिमा एपीएफ शीर्ष दुईमा रहने निश्चित भएको हो ।

अन्तिम दुई चरणका खेलमा जस्तै नतिजा आएपछि पुलिसले अब एपीएफलाई उछिन्न सक्ने छैन । ‘दुई खेलअगाडि नै हामी क्वालिफायर–१ का लागि छनोट भएका छौं, त्यसैले खुसी छौं । यो सबै टिमकै मिहिनेतले सम्भव भएको हो,’ प्रशिक्षक जीवेश पाण्डेले भने ।

उनले थपे, ‘यहाँसम्मको यात्रामा सबै खेलाडीले राम्रो खेलका छन् । हाम्रोसामु चुनौती अझै बाँकी छ । हाम्रो अबको लक्ष्य भनेको नयाँ ढाँचाको लिग जित्ने नै हो ।’

रश्मिले ७, ८, ५४ र ५९ औं मिनेटमा गोल गरिन् । सरु लिम्बू र सविता रानामगरले समान २ गोल गरिन् । सरुले २३ र २७ औं मिनेटमा गोल गरिन् भने सविताबाट ८३ र ८५ औं मिनेटमा गोल निस्केको हो ।




प्रीति राईले २० र कप्तान रेनुका नगरकोटेले २४ औं मिनेटमा गोल गरेका थिए । दोस्रो चरणमा एपीएफ आफूले खेलेका सबै ६ खेलमा विजयी छ । पहिलो चरणको समेत गरेर एपीएफको यो लगातार १४ औं जित हो ।

वालिङ अंकविहीन भएर पुछारमा छ । टोलीले अहिलेसम्म दोस्रो चरणमा कुनै पनि जित निकाल्न सकेको छैन । बागमती र वालिङमध्ये एक टिमले इलिमिनेटर खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...