मुख्य समाचार
बागमतीले एन्फा वुमेन्स लिगमा पुलिससँग बहादुरीपूर्ण गोलरहित बराबरी
बागमतीले एन्फा वुमेन्स लिगमा पुलिससँग बहादुरीपूर्ण गोलरहित बराबरी

— बागमतीले एन्फा वुमेन्स लिगमा शनिबार पुलिससँग बहादुरीपूर्ण गोलरहित बराबरी खेलेको छ । यो यस्तो नतिजा रह्यो, जसले बागमतीलाई प्ले–अफको नजिक पनि पुर्‍याएको छ । पुलिसको भने क्वालिफायर–वान खेल्ने सम्भावना कमजोर बनाएको छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले विभागीय प्रतिद्वन्द्वी पुलिसको आक्रमणलाई निस्तेज मात्र पारेन, आफ्नो आक्रमणलाई कायम राख्न पनि सफल रहेको थियो । लिगको पहिलो चरणमा पुलिसले चन्द्रपुरसँग पनि गोलरहित बराबरी नै खेलेको थियो ।


यो नतिजापछि बागमतीको चार अंक भएको छ र चौथो स्थानमा छ । यो पाँचौं तथा अन्तिम स्थानमा रहेको वालिङसँग चारै अंकको दूरी हो । पुलिस भने ११ अंकमा तेस्रो स्थानमा रह्यो । बराबरीले गर्दा पुलिससामु इलिमिनेटर खेल्नु पर्ने बाध्यता आउने निश्चित जस्तै देखिएको छ ।

अब आइतबार हुने खेलमा आर्मीले वालिङको सामना गर्नेछ । त्यसको नतिजाले प्ले–अफ खेल्ने चार टिम र तिनको वरीयता निश्चित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...