मुख्य समाचार
करिब डेढ लाख पर्ने औषधि सरकारले निःशुल्क दिने
करिब डेढ लाख पर्ने औषधि सरकारले निःशुल्क दिने

। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।

थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महंगो मानिन्छ । साथै, यो औषधी सहज उपलब्ध हुन कठिन छ ।


अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको भनाइ छ । पक्षघातबाट हरेक वर्ष झण्डै आठ सयजनाले ज्यान गुमाइरहेको सरकारी तथ्यांक छ ।

‘उपचार गर्न सकिने भए पनि औषधी दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गइरहेको पायौं,’ पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले भने, ‘त्यसैले जीवनरक्षाका लागि सरकारले नै औषधी प्रदान गर्ने व्यवस्था मिलाउन लागेका हौँ ।’



रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।

थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान जोगिने चिकित्सकहरूले बताउने गरेका छन् । यो औषधीको एउटा मात्राको मूल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । र, सहजै उपलब्ध नहुने भएकाले पनि धेरैको ज्यान गइरहेको छ ।

अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।

मन्त्रालयले औषधी वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ । पक्षघातको औषधी र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालहरूमा लागू हुने छ । यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्वपूर्ण भएको न्यूरो चिकित्सक डा. राजु पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप गर्नुपर्ने भन्दै निर्वाचन आयोगमाथि दबाब बढेको छ । माघ ६ मा तोकिएको मनोनयनका लागि समय अभाव हुनुका साथै नेपाली कांग्रेससमेत विवादमा रहेकाले सार्नुपर्ने भन्दै दबाब आएको निर्वाचन आयाेगका एक पदाधिकारीले बताए । आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेर म‌ंगलबार नै सुनुवाइको पहिलाे ...
— गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको नयाँ अध्ययनले देखाएको छ । यसको प्रयोग गर्दा बच्चामा अटिजम वा विकास अवरोधजस्ता समस्या देखिने कुनै आधार पनि नरहेको यसले जनाएको छ । यसअघि गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारा सिटामोल स्वास्थ्यका लागि प्रतिकुल रहेकाले यसको प्रयोग गर्न आग्रह गरेका थिए । तत्कालै स्वास्थ्य संस्थाहरुदले उनको अभिव्यक्तीको आलोचना ...
— कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा रहेको बताएका छन् । सभापति थापाले शनिबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीमा देखिएका विमति तत्काल अन्त्य गर्नुपर्ने बताए । 'पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा ...
— नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले आइतबार राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने भएका छन् । बर्दिया क्षेत्र नम्बर १ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुने भएपछि उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिन लागेका हुन् । गुलरियामा शनिबार बिहान राष्ट्रियसभा सदस्य भएर प्रतिनिधिसभाको उम्मेदवार हुन नपाउने भएकाले राजीनामा दिन लागेको बताए। बर्दिया क्षेत्र नम्बर १ बाट २०४८ ...
— मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ओरालीबाट ढोढरीतर्फ आउँदै गरेको ईभी गाडी र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । बा प्र ०१–०३२च ७५५३ नम्बरको इभी गाडी विपरीत दिशातर्फ जाँदै गरेको भे ११ प १९२३ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब ९ बजे एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । मोटरसाइकल ...