मुख्य समाचार
थाइल्यान्डमा अलपत्र १ नेपालीको उद्धार गरी नेपाल ल्याइयो
थाइल्यान्डमा अलपत्र १ नेपालीको उद्धार गरी नेपाल ल्याइयो

। थाइल्यान्डमा अलपत्र परेका एक जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । थाइल्यान्डस्थित नेपाली दूतावासले १ जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ ।

दूतावासका अनुसार आकर्षक रोजगारीको प्रलोभनमा पारी लाओसको गोल्डन ट्र्याङ्गलमा लगेर गैरकानुनी रूपमा काम गर्न बाध्य बनेका ती नेपाली नागरिक भागेर थाइल्यान्ड छिरेका थिए ।




थाई सरकारी निकायको सहयोगमा उनलाई उद्धार गरी शुक्रबार नेपाल फिर्ता गरिएको थाइल्यान्डस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान दूतावासले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा ...
। कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमध्ये १२ जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन् । परराष्ट्र ...
। कतारको रस लाफान औद्योगिक क्षेत्रभित्रको ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विष्फोटमा नेपालीहरु पनि घाइते भएका छन् । विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ६६ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरु पनि रहेका छन् ...
। चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को आज बिहान अमेरिकामा निधन भएको छ । अमेरिकी समयअनुसार बेलुका ८ बजे बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायर अस्पतालमा उनले अन्तिम सास लिए । उक्त अस्पतालमा पुगेका कलाकार तथा मोडल मनिष शर्माले उपचारको क्रममा शर्माको निधन भएको जनाए । उनका अनुसार, बुधबार स्वास्थ्य असहज भएपछि शर्मालाई टाउसन अस्पतालमा भर्ना गरिएको थियो ...
। बेलायतको अल्डरसटमा भूतपूर्व गोर्खाहरूमाथि जातीय घृणाप्रेरित आक्रमण भएलगत्तै स्थानीय नेपाली र बेलायती समुदायले एकै ठाउँमा भेला भएर सामुदायिक एकता र सद्भावका लागि अपिल गरेका छन् । मंगलबार बेलुका नेपाली वृद्धहरूमाथि आक्रमण भएको अल्डरसटस्थित म्युनिसिपल पार्कमा बुधबार साँझ आयोजित सद्भाव कार्यक्रममा स्थानीय रसमेर बरो र ह्याम्पसायर काउन्टीलाई प्रतिनिधित्व गर्ने कयौं अधिकारीसहित बेलायती समुदायका उल्लेख्य सदस्य सहभागी ...