मुख्य समाचार
थाइल्यान्डमा अलपत्र १ नेपालीको उद्धार गरी नेपाल ल्याइयो
थाइल्यान्डमा अलपत्र १ नेपालीको उद्धार गरी नेपाल ल्याइयो

। थाइल्यान्डमा अलपत्र परेका एक जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । थाइल्यान्डस्थित नेपाली दूतावासले १ जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ ।

दूतावासका अनुसार आकर्षक रोजगारीको प्रलोभनमा पारी लाओसको गोल्डन ट्र्याङ्गलमा लगेर गैरकानुनी रूपमा काम गर्न बाध्य बनेका ती नेपाली नागरिक भागेर थाइल्यान्ड छिरेका थिए ।




थाई सरकारी निकायको सहयोगमा उनलाई उद्धार गरी शुक्रबार नेपाल फिर्ता गरिएको थाइल्यान्डस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान दूतावासले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका ...
: वुडसाइडका पुराना बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको डिस्ट्रिक्ट ३० का लागि उम्मेदवारी घोषणा गरेका छन् । उनका मुख्य एजेन्डाहरूमा सुलभ आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक हकहितको संरक्षण, र डिस्ट्रिक्ट ३० का सबै बासिन्दाहरूको समावेशी प्रतिनिधित्व रहेको उल्लेख छ। उम्मेदवारी घोषणा गर्दै घिमिरेले भने, "क्विन्स एउटा यस्तो ठाउँ हो जहाँ हरेक ...
— रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ । करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएका मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताए । भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन ...
— अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस जारी भएका उनलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) को फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट पक्राउ गरेको हो । बीआईले उनको फोटोसहितको विवरण वेबसाइटमा सार्वजनिक गरेको छ । जिल्ला ...
— सन् २०२५ को एक वर्षमा अमेरिकाबाट ४ सय ८४ नेपाली निष्कासित भएका छन् । अध्यागमनसम्बन्धी नियन्त्रण र नियमन गर्ने अमेरिकी निकाय यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले कागजातविहीन भएर गैरकानुनी रूपमा बसोबास गर्दै आएका ती नेपालीलाई चरणबद्ध निष्कासित गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रवासीलाई नियन्त्रण गर्ने, निष्कासित गर्ने र ...