मुख्य समाचार
ट्रम्पले चर्चित अमेरिकी अभिनेताहरू सिल्वेस्टर स्टेलोन, मेल गिब्सन र जोन भोइटलाई हलिउडको ‘विशेष दूत’ नियुक्त
ट्रम्पले चर्चित अमेरिकी अभिनेताहरू सिल्वेस्टर स्टेलोन, मेल गिब्सन र जोन भोइटलाई हलिउडको ‘विशेष दूत’ नियुक्त

। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले चर्चित अमेरिकी अभिनेताहरू सिल्वेस्टर स्टेलोन, मेल गिब्सन र जोन भोइटलाई हलिउडको ‘विशेष दूत’ नियुक्त गरेका छन् ।

हलिउडलाई पहिलेभन्दा बलियो बनाउने र विदेशी बजारमा हराएको ब्यापारलाई देशमा फिर्ता गर्ने उद्देश्यले आफूले उनीहरूलाई दूत नियुक्त गरेको ट्रम्पको भनाइ छ ।



ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा विहीबार लेखेका छन्, ‘जोन भोइट, मेल गिब्सन र सिल्भेस्टर स्टेलोनलाई ठूलो तर धेरै समस्याग्रस्त ठाउँ, हलिउड, क्यालिफोर्नियाका लागि विशेष राजदूतको रूपमा घोषणा गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो ।’

उनले अघि लेखेका छन्, ‘विगत चार वर्षमा धेरै व्यापार गुमाएको हलिउडलाई विदेशी देशमा फर्काउने उद्देश्यका लागि उनीहरूले मेरो लागि विशेष दूतको रूपमा काम गर्नेछन् । पहिलेको भन्दा ठूलो, राम्रो र बलियो हलिउड हुनेछ ।’



‘यी तीन धेरै प्रतिभाशाली व्यक्तिहरू मेरो आँखा र कान हुनेछन्, र म तिनीहरूले जे सुझाव दिन्छन्, म पूरा गर्नेछु । संयुक्त राज्य अमेरिका जस्तै, हलिउड को स्वर्ण युग हुनेछ’ उनले लेखेका छन् ।

ट्रम्पको यो घोषणा राजधानी वासिङ्टन डीसीमा राष्ट्रपतिमा सपथ लिनुको केही दिनअघि आएको छ । साथै, हलिउडको घर मानिने लस एन्जलस सहरमा जंगली आगलागीले हजारौं घर र भवन ध्वस्त पारेको पृष्ठभूमिमा आएको छ ।

धेरै व्यवसाय रिकभरका लागि संघर्ष गरिरहेका छन् र यसको लागि २५० बिलियन डलरभन्दा धेरै हुने अनुमान छ । सन् २०२४ मा घरेलु बक्स अफिस पनि अघिल्लो वर्षको तुलनामा घटेको थियो । किनकी सो वर्ष हलिउड रिलिज क्यालेन्डर लेखक र कलाकारको हड्तालको कारण प्रभावित भयो ।

हालैका वर्षहरूमा स्टेलोन, गिब्सन र भोइट ट्रम्पका समर्थकहरू हुन् । स्ट्यालोनले नोभेम्बरमा ट्रम्पको फ्लोरिडास्थित निवास मार-ए-लागोमा आयोजित गाला समारोहमा निर्वाचित राष्ट्रपतिलाई दोस्रो जर्ज वासिङ्टनको रुपमा परिचय गराए । गिब्सनले ट्रम्पको समर्थनमा आवाज उठाए र २०२४ को चुनाव अघि कमला ह्यारिसको बुद्धिमत्ताको आलोचना गरे । भोइटले गतवर्ष भेराइटीको कभर स्टोरीमा ट्रम्पको प्रशंसाको बारेमा गहिरो कुरा गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...