मुख्य समाचार
इजरायल-हमास युद्धविराम सम्झौता, विपिन रिहाइको खुल्यो बाटो
इजरायल-हमास युद्धविराम सम्झौता, विपिन रिहाइको खुल्यो बाटो

। इजरायल र हमास गाजामा १५ महिनादेखि जारी युद्ध अन्त्य गर्न युद्धविराम सम्झौतामा पुगेका छन् ।

स्रोतहरूलाई उदृत गर्दै बीबीसीलाई जनाएअनुसार स्थायी युद्धविरामको लागि दुवैपक्ष तयार भएका हुन् । सम्झौताको औपचारिक रूपमा घोषणा भने गरिएको छैन ।


यो सम्झौताले लाखौं विस्थापित गाजाहरूलाई घर फर्कन अनुमति दिनेछ भने बन्धकहरूको रिहाइको सुनिश्चितता गरेको छ ।

हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरी १२ सय बढीको ज्यान लिएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो ।



नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन् । यो सम्झौतासँगै विपिनको रिहाइको पनि बाटो खुलेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म ४६ हजार बढी प्यालेस्टाइनीहरू मारिएका छन्।



इजरायलले अझै पनि ९४ जनालाई हमासले बन्धक बनाएको छ जसमध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

यसैबीच अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरूको रिहाइका लागि सम्झौता भएको र उनीहरूलाई छिट्टै रिहा गरिने बताएका छन्।

सम्झौताको पहिलो चरणमा हमासले ५० वर्षभन्दा माथिका महिला, बालबालिका र पुरुषसहित ३३ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने छ ।

पहिलो चरणको १६ औँ दिनदेखि सुरु हुने दोस्रो चरण कार्यान्वयन सुरू हुने र बाँकी रहेका सबै बन्धकहरूको रिहाइ हुने मध्यस्थकर्ताहरूले जनाएका छन् ।

स्थायी युद्धविराम र गाजाबाट इजरायली सेनाको फिर्ती सम्झौतामा उल्लेख रहेको बीबीसीले जनाएको छ ।

तेस्रो चरणले मृत बन्धकहरूको बाँकी सबै शवहरू फिर्ता गर्ने र गाजाको पुनर्निर्माणको सुरुवातलाई सम्बोधन गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...